कथा संकलनमा बृज सिमेन्टले सघाउने

काठमाडौं । २२औं पटक सगरमाथाको सफल आरोहण गरेका कामीरिता शेर्पालाई बृज सिमेन्टले बधाई ज्ञापन गरेको छ । बृज सिमेन्ट र पुष्पतारा केडिया सेवा संस्थाले आज काठमाडौंमा विशेष कार्यक्रमका बीच सम्मान गरेको हो ।

साथै शेर्पाले सन् २०१९ मा सगरमाथा वरिपरिका बस्तीहरूमा यात्रा गरी सो हिमाली भेगका कथाहरू संकलन गर्ने उद्देश्य लिएकाले त्यसमा पनि बृज सिमेन्टले सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । खासगरि शेर्पा समूदायको सांस्कृतिक, आर्थिक, सामाजिक तथा मौलिक कथाहरू विश्वसामू चिनाउन कथा संकलन गर्न लागिएको शेर्पाले बताए ।

‘स्टोरी साइकल’सँगको सहकार्यमा गरिन लागिएको कथा संकलनका क्रममा २०७२ बैशाख १२ गते गएको आम विनासकारी भूकम्प पश्चातको पुर्ननिर्माणका कथाहरू समेट्ने उद्देश्य लिइएको छ ।

२०१८ को सिजनमा २२ औं पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान गरेका कामीरिताले आगामी दिनमा सगरमाथा वरिपरिको क्षेत्रमा बसोबास गर्ने शेर्पा समूदाय र सगरमाथा वरिपरिको वातावरण संरक्षणमा भूमिका खेल्ने बताए ।

कार्यक्रममा बृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक मनोज केडियाले नेपाललाई विश्वसामू सगरमाथा आरोहणबाट चिनाउन सफल शेर्पालाई बधाई दिँदै आगामी दिनमा पनि थप सहकार्य हुने प्रष्ट पारे । उनले बृज सिमेन्टको सामाजिक उत्तरदायित्व अभियान अन्तरतग राम्रा कामगर्नेलाई सधैं प्रोत्साहन गर्ने पनि उल्लेख गरे ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com