नेपाल–भारत पर्यटन प्रवद्र्धन मिसन सम्पन्न

काठमाडौं, २४ असार ।  नेपाल–भारत पर्यटन व्यवसाय प्रवद्र्धन (विजनेश टु विजनेश सेसन) अभियान सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर(सोट्टो) को आयोजनामा पश्चिम भारतका तीन क्षेत्रमा नेपालको पर्यटन व्यवसाय प्रवद्र्धन अभियान सम्पन्न भएको छ ।


भारतको अहमदावाद, सुरत र पुनेमा कार्यक्रम आयोजना गरिएको टुरिजम बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले बताए । पाँच दिनको कार्यक्रममा नेपालको तर्फबाट १३ वटा टुर अपरेटर र दुई सय १० वटा पश्चिम भारतका टुर अपरेटर बिच नेपाल–भारत पर्यटन व्यवसाय प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको बोर्डले जनाएको छ । हेरिटेज टुरिजमका लागि पशुपतिनाथ, मुक्तीनाथ, मनकामनालगायतका धार्मिक क्षेत्रबारे प्रस्तुतिमा जोड दिइएकोे छ ।


‘अहमदाबादको अक्षरधामस्थित शीलालेखमा १९औँ शताब्दीमा स्वामी नारायणले मुक्तिनाथमा आएर तपस्या गरेको इतिहास रहेको छ । इतिहासअनुसार भारतीय धर्मावलम्बी मुक्तिनाथ दर्शन गर्न आउने गरेको पाइएको छ,’ काठमाडौंस्थित भारतीय दसतावासले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ’भारतीय प्रधानमन्त्री मोदी नेपाल आएर पशुपतिनाथ, जनकपुर, मुक्तीनाथलगायत विभिन्न धार्मिक क्षेत्रमा भ्रमण गरिसकेपछि भारतीय पर्यटकको संख्या थप वृद्धि भएको छ ।’ नेपाल भारतको पर्यटन व्यवसाय प्रवद्र्धनका लागि पारस्परिकताका आधारमा दुई राष्ट्र मिलेर अघि बढ्नुपर्ने सोट्टोका अध्यक्ष अनिल लामाले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com