शुद्धोधन गाउँपालिकाको बजेट ४० करोड ३८ लाख

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २६ असार । शुद्धोधन गाउँपालिका कपिलवस्तु लवनीको नीति, कार्यक्रम तथा बजेट पारित गर्दै तेस्रो गाउँसभा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि कुल रु. ४० करोड ३८ लाख ९५ हजार रुपैयाँ बजेट प्रस्तावसहित गाउँसभा सम्पन्न भएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष सुधादेवी पाण्डेयले सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तावित बजेट पारित समेत गरिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि अनुमानित आयतर्फ संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु. १३ करोड ६१ लाख७५ हजार, राजश्व बाँडफाँडबाट प्राप्त हुने बजेट रु. ८ करोड ७८ लाख २० हजार र अन्य सशर्त अनुदानमा रु. १० करोड ४९ लाख, गाउँपालिकाको आन्तरिक आम्दानीतर्फ रु. ५० लाख, सामाजिक सुरक्षा कार्यक्रमतर्फ रु ५ करोड ५० लाख समेत गरी ४० करोड ३८ लाख ९५ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको शुद्धोधन गाउपालिकाकी उपाध्यक्ष सुधादेवी पाण्डेयले बताइन् ।

उक्त रकममध्ये चालु तथा साधारण खर्चतर्फ रु. ७ करोड ९० लाख, पुंजीगत एवं विकास बजेट तर्फ १६ करोड ४९ लाख ९५ हजार, सशर्त अनुदान चालुतर्फ १५ करोड ९९ लाख बिनियोजन गरिएको छ ।

भौतिक पूर्वाधारतर्फ ९ करोड ५८ लाख ५९ हजार, आर्थिक बिकास तर्फ १ करोड ८४ लाख, सामाजिक बिकासतर्फ ३ करोड ३४ लाख १० हजार, वन वातावरण तथा बिपद ब्यबस्थापनतर्फ ६३ लाख र सेवाप्रवाह सुशासन एवं संस्थागत बिकास तर्फ १ करोड १० लाख ५ हजार बिनियोजन भएको छ ।

सो अवसरमा गाउँपालिका अध्यक्ष निसार अहमद खांले सम्रग गाउँपालिकाको विकासका लागि नीति तथा कार्यक्रम पेश गरी गाउँ सभाबाट पारित गराए । गाउँपालिकामा १ वर्षमा बनाएका योजनाहरु ९५ पतिशतभन्दा बढी सम्पन्न भएकोले आगामी दिनमा समेत योजना तथा विकासमा गाउँपालिकाले तीव्रता दिने बताए ।

सभाबाट आगामी एक वर्षका लागि आवश्यक पर्ने नीति तथा कामकारबाहीका विषयहरु निर्णय समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद पोखरेलले बताए । जनप्रतिनिधि र कर्मचारी मिलेर नै गाउँपालिकाको विकास हुने हुँदा गाउँपालिकाले प्रगति हासिल गरेको समेत पोखरेलले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com