नेविसंघ र तरुण दलले राजमार्ग क्षेत्रको फोहर नगरपालिकामा थुपारे

लहान, १९ साउन । सिरहाको लहान नगरपालिका राजमार्ग क्षेत्रको फोहर उठाएर नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलका कार्यकर्ताले नगरपालिकाको कार्यालय परिसरमा थुपारेका छन् ।

लहान नगरपालिकाले सरसफाइ नगरेको भन्दै सोको विरोधमा नेविसंघ र तरूण दलका नेता कार्यकर्ताहरुले सडकको फोहर नगरपालिका कार्यालय परिसरमा थुपारेका हुन् ।

राजमार्ग क्षेत्रबाट संकलन गरिएको दुई ट्र्याक्टर फोहर नगरपालिकाको मुख्यद्वार र परिसरमा थुपारे विरोध जनाएको नेविसंघका केन्द्रीय सदस्य अशोक चौधरीले जानकारी दिए ।

नगरपालिकाले सरसफाइ कर लिने तर फोहर नउठाउने गरेकाले त्यसको विरोधस्वरुप फोहर उठाएर नगरपालिकामा थुपारेको केन्द्रीय सदस्य चौधरीले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com