विद्यार्थी फोरम पुनर्गठन र विद्यार्थी युथ फोर्स गठन

वीरगंज, २३ साउन । पर्सामा संघिय सामाजवादी फोरम नेपालको भातृ संगठन सामाजवादी विद्यार्थी फोरमको पुनर्गठन र सामाजबादी विद्यार्थी युथ फोर्सको नयाँ कमिटी चयन भएको छ ।

मधेश केन्द्रित विद्यार्थी राजनीतिमा सक्रिय रहेका एजाजबाबु राँकीको अध्यक्षतामा विद्यार्थी फोरमको २१ सदसीय जिल्ला कमिटी पुनर्गठन भएको हो ।

पुर्नगठित कमिटीको उपाध्यक्षमा कृष्णा चौरसिया ,राकेश महतो , सचिवमा राजुराज गिरी,सह सचिवमा सुशिल यादव कोषाध्यक्षमा उज्जवल पटेल लगायतका रहेका छन् । यसैगरि अनुज गुप्ताको अध्यक्षतामा ३१ सदस्यीय सामाजवादी विद्यार्थी युथ फोर्सको नयाँ कमिटी गठन भएको छ ।

नवगठित कमिटीको उपाध्यक्षमा मुन्ना गिरी,सचिवमा मनमोहन पाण्डेय,कोषध्यक्षमा दिलखुश देवान ,सहसचिवमा भुवन गिरी लगायतका रहेका छन् ।

विद्याथी नेता तथा सामाजबादी विद्यार्थी फोरमका केन्द्रिय सदस्य सुजित गिरीको सभापतित्व तथा प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गदीको प्रमुख आतिथ्यमा सम्पन कार्यक्रममा प्रदेशसभा सदस्य प्रहलाद गिरी, सिहासन साह कलवार, मंजुर अंसारी करिमा बेगम,जन्नत अंसारी,करिमा बेगम ,पार्टीका केन्द्रिय सदस्य विरेन्द्र यादव , पार्टीका कार्यबाहक अध्यक्ष सुन्दर कुर्मी ,पार्टीका पर्सा प्रवक्ता रामनरेश यादव ,पोखरिया नगरपालिकाकी नगर उपप्रमुख सल्मा खातुन,सामाजबादी विद्यार्थी फोरम नेपाल प्रदेश नं.२ का संयोजक दिपेश यादव लगायतका विद्यार्थी तथा युवा नेताहरुको उपस्थिति रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com