उत्कृष्ट प्रदेश बनाउन उपलब्ध साधन श्रोतको अधिकतम् उपयोग : मुख्यमन्त्री पोखरेल

रुपन्देही, २४ साउन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रदेशलाई उत्कृष्ट बनाउन प्रदेशमा उपलब्ध साधन श्रोतको अधिकतम् उपयोग गर्ने बताएका छन् ।

प्रदेश नम्बर ५ को प्रदेश सभाको दोश्रो अधिवेशनको अन्तिम दिन सम्बोधन गर्दे पोखरेलले चालु आर्थिक वर्षलाई कानुन निर्माण र योजना निर्माण वर्षका रुपमा सरकारले बिशेष प्राथमिकताका साथ काम गर्ने बताए ।

उनले भने प्रदेशमा रहेको सबै श्रोत साधन प्रयोग गरेर भएपनि अन्य प्रदेशभन्दा फरक पहिचान हुने तरिकाले अघि बढाउने बताए । सभाको दोश्रो अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य भएको छ ।

प्रदेश सरकारको शिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले बिहीबार राति १२ वजेदेखि दोश्रो अधिवेशन अन्त्य गरेको पत्र बसेको प्रदेश सभा बैठकमा सभामुख पूर्ण बहादुर घर्तीले पढेर सुनाएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com