संघीयतालाई सफल कार्यान्वयनको पक्षमा हामी उभिएका छौं : यादव

जनकपुरधाम, २४ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रचण्ड बहुमत प्राप्त ओली नेतृत्वको सरकारलाई संविधान संशोधनको प्रतिबद्धता अनुसार समर्थन गरे पनि सरकार त्यस स्प्रिटभन्दा बाहिर गएको टिप्पणी गरेका छन् ।

संविधानको मुख्य तीन आत्मालाई समर्थन गर्दै सरकारलाई समावेशी, संघीयता र लोकतन्त्रिक पद्दतिको मूल्यमान्यतालाई संस्थागत गर्न सरकारलाई समर्थन दिए पनि विधिको शासन पद्धतिमा चल्न नसकेको यादवले आरोप लगाए ।

जनकपुरधाममा पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘राजपा नेपाल सरकारमा जाने वा नजाने सवाल ठूलो होइन, हाम्रो प्रमुख मुद्दा भनेको संघीयतालाई सफल बनाउनु हो । यहाँ संघीयता असफल भयो, भने मधेश आन्दोलनको मूल मर्म समाप्त हुन्छ, त्यसैले संघीयतालाई सफल कार्यान्वयनको पक्षमा हामी उभिएका छौँ ।’

अझ मधेशको राष्ट्रियतालाई स्थापित गर्ने काम भएपनि देश विखण्डनको आरोप संकुचित मानसिकता भएका व्यक्तिहरूले लगाउने गरेको उनको भनाइ छ ।

प्रदेश २ को सरकारको कामकाज बारे असन्तुष्टि जनाउँदै यादवले संघीयताको नयाँ अभ्यास रहेको तथा प्रदेश सरकार स्वायत्त नभएकोले समस्या उत्पन्न भएको स्पष्ट पारे । उनले आफूहरूले स्वायत्त शासनसहितको संघीयताका लागि मधेशी जनताले लडेको र त्यसलाई पूरा हुन अझै समय लाग्ने बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com