हिन्दू राष्ट्र नेपाल सम्पूर्ण नेपालीहरुको पहिचान हो : अध्यक्ष पटेल

वीरगंज, २४ साउन । हिन्दू राष्ट्र नेपाल सम्पूर्ण नेपालीहरुको पहिचान रहेको हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले बताएका छन् ।

विश्व सामु सम्पूर्ण नेपालीको पहिचान हिन्दू राष्ट्र केही निहित नेताहरु एवं विदेशी राष्ट्रहरुको चलखेलमा नेपालबाट हटाउने प्रयास गरियो तर, परिषद् पुनः नेपालीहरुको विश्व सामु रहेको पहिचान स्थापित गराउन लागीपरेको बताए ।

हिन्दू परिसद नेपाल प्रदेश न २ ले गोपाल मण्डली वीरगंजमा गरेको एकदिने विस्तारिक बैठक प्रदेश अध्यक्ष सचितनन्द दुबेको सभापतित्वमा सम्पन भएको थियो ।

बैठकले प्रदेश २ का बुद्धिजीवी परिषदको अध्यक्षमा साहेब ठाकुर र युवा परिषद्को उपाध्यक्षमा राजकुमार गुप्तालाई चयन गरेको छ । बैठकले प्रदेश न. २ को आठ जिल्लामा संगठन बिस्तार, सरसफाई र अन्तर्क्िरया कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com