विद्यालयमा छिट्टै मिल्क–डे कार्यक्रम लागु हुँदैछ : मेयर सरावगी

वीरगंज, २५ साउन । माध्यमिक शिक्षालाई अझ प्रभावकारी बनाउन प्राविधिक शिक्षा लागू गर्ने आवश्यकता रहेको धारणा नगर प्रमुख विजय कुमार सरावगीले व्यक्त गरेका छन् । श्रीसुरजी देवी माध्यमिक विद्यालयमा आयोजित छात्रबृत्ति वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले सो कुरा व्यक्त गरेका छन् ।

उनले विद्यालयको अध्ययन अध्यापनलाई निजि विद्यालय जस्तै प्रभावकारी बनाउन अँग्रेजी माध्यम लागू गरिएको बताउदै उनले विद्यालयबाट प्रदान गरिने शिक्षालाई परिणाममुखी बनाउन शिक्षकहरुलाई अनुरोधसमेत गरे । उनले साना विद्यार्थीहरुलाई विद्यालय मैत्री बनाउन छिट्टै विद्यालयहरुमा मिल्क डे कार्यक्रम लागू गरिने छात्रवृत्ति कार्यक्रममा बताए ।

वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदरश कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको छात्रवृत्ति कार्यक्रममा ३ सय ५५ छात्रा र १ सय ६५ दलित छात्रहरुलाइ छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रधानाध्यापक अनिल वर्णवालले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नगरकार्यपालिका सदस्य अरविन्द कुमार गुप्ता, व्यवस्थापन समितिका सल्लाहकार शम्भु गुप्ता र अर्पण गिरी लगायतका व्यक्तिहरुले विद्यालयको वर्तमान अवस्था लगायतका विषयमा नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com