Madhesh

Nepali | English
 राजेन्द्र महतो

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो जेष्ठ ७ गतेदेखि आमरण अनसनमा ।

  1. राजेन्द्र महतो

    सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो जेष्ठ ७ गतेदेखि आमरण अनसनमा ।

  2. सदरुल मियाँ हक

    पूर्व स्वतन्त्र सभासद् सदरुल मियाँ हकको हत्या भएको खबरले उनको पेट्रोल पम्प अगाडी जम्मा भएका सर्वसाधारण । फोटो : शुभनारायण यादव

  3. अध्यक्ष राजेन्द्र महतो

    सरकारसँगको वार्ता सफल नभएपछि सद्भावनाका अध्यक्ष राजेन्द्र महतो मंगलबारदेखि काठमाडौंस्थित शान्तिबाटिकामा आमरण अनसनमा ।

  4. नेपाल–भारत संयुक्त सैनिक

    नेपाल–भारत संयुक्त सैनिक सगरमाथा आरोहण तथा सरसफाई अभियानका आरोही सगरमाथा चढ्ने क्रममा । फोटो : नेपाली सेना

  5. नेपाल आदिवासी जनजाति महासंघ

    नेपाल आदिवासी जनजाति महासंघका नवनियुक्त पदाधिकारीहरुको जिम्मेवारी हस्तानान्तरण कार्यक्रममा सहभागीहरु । फोटो : कमल मण्डल

Headlines

महतो आमरण दोस्रो दिन पनि जारी

काठमाडौं, ८ जेष्ठ । विभिन्न १० बुँदे माग राखी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मंगलबारदेखि सुरु गरेको आमरण अनसन दोस्रो दिन बुधबार पनि जारी रहेको छ ।

सरकार सामु गुप्ताको आठबुँदे माग

काठमाडौं, ८ जेष्ठ । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले अन्तरिम चुनावी सरकारसामु आठ बुँदे माग प्रस्तुत गरेका छन् । गुप्ताले आफ्नो माग सम्बोधन नभए निर्वाचनमा पनि भाग नलिने चेतावनी दिएका छन् ।

bottom

News Updates

गणतन्त्र स्वीकारे ज्ञानेन्द्रलाई पनि टिकट दिन सकिन्छ : महरा

दिनेश ठाकुर, नेपालगञ्ज, ८ जेष्ठ । एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले कुनै व्यक्तिको विगत हेरेर पूर्वाग्रही हुन नहुने भन्दै ज्ञानेन्द्रले गणतन्त्र स्वीकारे उनलाई जुनसुकै पार्टीले टिकट दिने बताएका छन् ।

पत्रकार कर्णलाई प्रहरीद्वारा केरकार

विनोद कुमार महतो, जनकपुरधाम, ८ जेष्ठ । क्रान्तिकारी पत्रकार महासंघ धनुषाका अध्यक्ष किरण कर्णलाई समाचार संकलनको क्रममा मंगलबार दिउँसो जानकी प्रहरी चौकीका प्रहरी जवानले आधी घण्टा नियन्त्रणमा लिएर केरकार गरेका छन् ।

पोखराका फर्निचर व्यवसायीलाई बुटवलमा स्वागत

बुटवल, ८ जेष्ठ । बुटवल फर्निचर उद्योग संघले एक कार्यक्रमकाबीच पोखरा फर्निचर तथा फर्निसिङ्ग व्यवसायीलाई बुटवलमा स्वागत गरेको छ । संघका अध्यक्ष सूर्य शर्मा सुवेदीको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रम रुपन्देही उद्योग संघमा आयोजना गरिएको थियो ।

प्रधानसेनापति र भारतीय जर्नेलबीच शिष्टाचार भेटघाट

काठमाडौं ८ जेष्ठ। प्रधानसेनापति गौरव शम्शेर ज.ब.रा संग भारतीय सेनाका वेष्टर्न कमान्ड जर्नेल ज्ञानभुषण नेतृत्वको टोलीसँग जंग्गी अड्डामा शिष्टाचार भेट गरेको छ ।

वर्तमान सरकार अवैधानिक : हरिभक्त

रौतहट, ८ जेष्ठ । नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य हरिभक्त कँडेलले वर्तमान सरकार अवैधानिक रहेको दाबी गरेका छन् ।

रुपन्देहीमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू

रुपन्देही, ७ जेष्ठ । रुपन्देही जिल्लाको सालझण्डी र रुद्र्रपुर गाविसको जङगलमा परीक्षण स्वरुप वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ ।

विद्युत प्राधिकरण र उद्योगीबीच छलफफल, समस्या समाधान नभए थप आन्दोलन गर्ने चेतावनी

चन्द्रकान्त खनाल, रुपन्देही, ७ जेष्ठ । हालको लोडसेडिङ्ग, ट्रिपिङ्ग र लो भोल्टेजका विरुद्ध रुपन्देही उद्योग संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका उद्योगी एवं आम उपभोक्ताहरुले मंगलबार तेस्रो दिन पनि विद्युत प्राधिकरण वितरण शाखामा धर्ना दिएका छन् ।

सदरुलको गाउँ शोकमग्न, गृहमन्त्री आउनुपर्ने माग

शुभनारायण यादव, सप्तरी, ७ जेष्ठ । पूर्व सभासद् सदरुल मियाँ हकको हत्याको खबरले उनको परिवारजनका साथै पुरै कल्याणपुरवासी शोकाकुल भएका छन् । हकको घरमा रुवाबासी चलेको छ भने परिवारलाई सम्हाल्न छिमेकीलाई हम्मे हम्मे परेको छ ।

महतो आमरण अनसनमा

काठमाडौं, ७ जेष्ठ । चरणबद्ध रुपमा आन्दोलनरत रहेका सद्भावना पार्टीको मंगलबारको वार्ता पनि बिनानिष्कर्ष टुंगिएपछि अध्यक्ष राजेन्द्र महतो आमरण अनसन सुरु गरेका छन् । अध्यक्ष महतो काठमाडौंस्थित शान्तिबाटिकामा अनिश्चितकालीन आमरण अनसनमा बसेका छन् ।

तमलोपाद्वारा मियाँको हत्यारालाई कारबाहीको माग

काठमाडौं, ७ जेष्ठ । पूर्व सवतन्त्र सभासद् सदरुल मियाँ हकका हत्यारालाई कारबाही गर्न तराई–मधेश लोकतान्त्रिक पार्टीले माग गरेको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो कायरतापूर्ण कार्यको घोर भत्र्सना गरेको छ ।

सद्भावनाको वार्ता बिना निष्कर्ष टुंगियो, महतो आमरण अनसनमा बस्दै

काठमाडौं, ७ जेष्ठ । चरणबद्ध रुपमा आन्दोलनरत रहेका सद्भावना पार्टीको सोमबार राती अबेरसम्म चलेको वार्ता बिनानिष्कर्ष टुंगिएपछि आज भएको वार्ताबाट पनि सहमति हुन सकेन ।

आर्थिक क्षेत्रलाई साझा मुद्दाका रुपमा लिन दलहरुलाई आग्रह

चन्द्रकान्त खनाल, रुपन्देही, ७ जेष्ठ । यस क्षेत्रका उद्योगी÷व्यवसायीहरुले आर्थिक क्षेत्रलाई सबैको साझा मुद्दाका रुपमा लिन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

पूर्व स्वतन्त्र सभासद् मियाँको हत्या

सप्तरी, ७ जेष्ठ । पूर्व संविधानसभाका स्वतन्त्र सभासद् सदरुल मियाँ हकको हत्या भएको छ । सप्तरीको कल्याणपुर गाविस–२ विसनपुर घर भएका ५० वर्षीय मियाँको सोमबार राती हत्या गरिएको छ ।

राष्ट्रिय माछा महोत्सव सुरु

सर्लाही, ७ जेष्ठ । जिल्लाको भक्तिपुरमा प्रथम राष्ट्रिय माछा महोत्सव २०७० सुरु भएको छ । दुई सयभन्दा बढी पोखरी भएको गाउँ भक्तिपुरको माछा गाउँ बनाउन नेपालमा पहिलोचोटि सर्लाहीको भक्तिपुरमा प्रथम राष्ट्रिय माछा महोत्सव आयोजना गरिएको जिल्ला कृषि कार्यालय सर्लाहीले जनाएको छ ।

निःशुल्क ह्विल चियर वितरण शिविर शुरु

चन्द्रकान्त खनाल, बुटवल, ६ जेष्ठ । अपाङ्गता भएका व्यक्तिहरुका लागि बुटवलमा निःशुल्क ह्विल चियर वितरण शिविर शुरु भएको छ । तीन दिनसम्म संचालन हुने शिविरमा ७५ जनाले निःशुल्क सेवासहित ह्विल चियर पाउने छन् ।

नेपाल–भारतका सैनिकहरुको दोस्रो टोलीद्वारा सफलतापूर्वक सगरमाथा आरोहण

काठमाडौं, ६ जेष्ठ । विगत १ महिनादेखि सगरमाथा वेश क्याम्प र सोभन्दा माथि संयुक्त रुपमा रहेको नेपाल–भारत संयुक्त सेना सगरमाथा आरोहण तथा सफाई अभियान–२०१३ अन्तर्गत दोस्रो तथा अन्तिम आरोहण टोलीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

पुरस्कार स्थापनाका लागि एक लाखको चेक प्रदान

दिनेश ठाकुर, नेपालगञ्ज, ६ जेष्ठ । नेपाल पत्रकार महासंघ बाँके शाखाको नाममा पुरस्कार स्थापनाका लागि दाता गोपाल वैरागीले एक लाखको चेक प्रदान गरेका छन् । नेपालगञ्ज –१३ निवासी वैरागीले स्व धर्मपत्नी माधवी शर्माको नाममा माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार...

विद्युत प्राधिकरणमा उद्योग संघको धर्ना

चन्द्रकान्त खनाल, रुपन्देही, ६ जेष्ठ । नेपाल विद्युत प्राधिकरणद्वारा हाल जारी अनियमित लोडसेडिङ्ग, लो भोल्टेज र ट्रिपिङ्ग समस्या उत्पन्न भएको भन्दै रुपन्देही उद्योग संघले आइतबार विद्युत प्राधिकरण वितरण शाखामा धर्ना दिएको छ ।

एमाओवादीले बुनेको जालो च्यात्नैपर्छ : पौडेल

सर्लाही, ६ जेष्ठ। कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादीको घुर्की र धम्कीको कुनै तुक नरहेको बताएका छन् । उनले एमाओवादीले आफ्नो प्रभाव बढाउन सुकुमबासी समस्या समाधान

श्रीमतीलाई गोली हानी हत्या

सिरहा, ६ जेष्ठ । सिरहाको दक्षिणी गाढा गाविस–९ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् ।

btm