Madhesh

Nepali | English

Interviews

मधेशवादी पार्टीहरू पहिला आफै मिल्नुपर्यो : रामचन्द्र झा (नेता - एनेकपा माओवादी)

पहिला मधेशी पार्टीहरू मिल्नुपर्यो, त्यसपछि मोर्चा र माओवादीको बीचमा तालमेल हुनसक्छ । अब मोर्चामा नै तालमेल हुँदैन र उहाँहरू अलग—अलग चुनाव उठ्नुहुन्छ भने माओवादी कोसँग तालमेल गर्ने समस्या उसको अगाडि रहन्छ । त्यसैले यो विषय मधेशमा आधारित पार्टीहरूको हो ।

more »

कांग्रेसले सबैलाई राजनीति गर्ने आधार दियो : चित्रलेखा यादव (कोषाध्यक्ष - नेपाली कांग्रेस)

मधेशी दलहरू खुलेको भन्ने कुरा त प्रष्ट भईसकेको छ, केका लागि भन्ने कुरा । संविधानसभाको चुनावमा एक ढिक्का भएर आएको मधेशी पार्टी कति संख्यामा पुगे त किन फुटे ? त्यसकारणले कांग्रेस त राष्ट्रियस्तरको पार्टी हो । जसको ७५ जिल्लामा संगठन छ । यस्तो पार्टीलाई राष्ट्रिय स्तरको पार्टी भनिन्छ ।

more »

महन्थ ठाकुरको नेतृत्वमा नयाँ पार्टीको सम्भावना छ : शरत्सिंह भण्डारी (अध्यक्ष–राष्ट्रिय मधेश समाजवादी पार्टी)

मधेश राजनीतिमा अत्यन्तै शालिन व्यक्तिको रूपमा महन्थ ठाकुरजी अगाडि हुनुहन्छ र उहाँले मुद्दालाई राम्रोसँग बुझ्नुभएको हुनाले उहाँकै नेतृत्वको सेरोफेरोमा नयाँ पार्टीको सम्भवना भइरहेको छ । र, हाम्रो पार्टीले पनि यस कुरालाई अत्यन्तै सकारात्मक रूपमा हेरेर अगाडि बढिरहेको छ ।

more »

कुनै दल जाँदा वा आउँदा मोर्चामा खासै असर पर्दैन : राजकिशोर यादव (अध्यक्ष–मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

हामी त छिट्टोभन्दा छिट्टो निर्वाचन होस् भन्ने चाहन्छौं । यदि मंसिरमा निर्वाचन भएन भने यो सरकारको औचित्य सकिन्छ । यो सरकार भ्रम पालेर बसेको छ भने चुनाव नगरे मेरो सत्ता लम्बिछ भन्ने सोचमा छ भने त्यो उहाँहरूको लागि बढ्दो कष्टप्रद कुरा हुन्छ ।

more »

मधेशमा अलगाववादी र पलायनवादी चिन्तनको विकास हुँदैछ : रामेश्वर राय यादव (वरिष्ठ उपाध्यक्ष–मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)

हिजोसम्म सद्भावना पार्टीको अध्यक्ष राजेन्द्र महतोले मोर्चामा बसेर काम गर्दाको अवस्थामा उहाँले सबै कुरामा सहमति देखाइरहनु भएको थियो । तर, आज सरकारबाट हटिसकेपछि हुटीट्याई जस्तो आकाश एक्लै रोक्ने उहाँको प्रयास छ, त्यो राजनीतिक रूपमा न्यूनतम् नैतिकता मेनटेन नगर्ने कुराहरू आएको जस्तो महसुस भइरहेको छ ।

more »

एकीकरण र मोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्छ : रामसहाय यादव (महासचिव–मधेशी जनअधिकार फोरम, नेपाल)

नेतृत्वको निहुंमा अन्य कुराहरू गर्ने भन्दा पनि मधेशको सवालमा हामी राजनीति गरिरहेका छौं भने त्यो कुरालाई ध्यान राखेर अगाडी बढ्नुपर्छ ।

more »

निर्वाचनमा थुप्रै मधेशीवादी नेताहरूको जमानत जफ्त हुन्छ : मो. अफताब आलम (नेता–नेपाली कांग्रेस)

मोर्चाले मधेशबाट प्रतिनिधित्व त ग¥यो तर मधेशी जनताको अधिकारको बारेमा उनीहरूले लडाइँ नै लडेन । उनीहरूको मधेश मुद्दाप्रति इमान्दारिता भएको भए संसदमा किन आवाज उठाएनन् ? सरकारमा जाने कुरा परै जाओस् हामी पार्लियमेन्टबाट राजीनामा गर्छौं भनेर साहस गर्न सकेन । पैसा र पावरका लागि एउटा मधेशी पार्टी कयौं टुक्रामा विभाजित भइसकेका छन् । यिनीहरू मधेशी मुद्दा वा जनताका लागि त फुटेका छैनन् ।

more »

संसदवादी पार्टीहरूसँग हाम्रो एकीकरण वा मोर्चाबन्दी हुँदैन : मनोज कुमार मण्डल (वार्ता टोली संयोजक–जनतान्त्रिक तराई/मधेश मुक्ति पार्टी (भगत सिंह)

हामीले मोर्चाबन्दी वा एकीकरण गैरसंसदीय दलहरूसँग गर्नेछौ । संसदवादी दलहरू भनेको विगतका दिनमा राजतन्त्र हुँदा पनि यी अनुहारहरू थिए र अहिले पनि उनीहरूको मानसिकतामा परिवर्तन हुन सकेको छैन । त्यसैले उनीहरूसँग हाम्रो पार्टीको कुनै पनि सन्धी सम्झौता हुने छैन ।

more »

मधेशवादी दलसँग मिलेर जान सकिन्छ : विश्वनाथ साह (नेता–एकीकृत नेकपा माओवादी)

राज्य पुनर्संरचना आयोगले दिएको रिपोर्टले मधेशलाई दुई वटा कित्तामा छुट्याएको छ नारायणी पूर्व एउटा र नारायणीदेखि पश्चिम अर्को । त्यसैले हामी अहिले हाम्रो पार्टी पनि त्यसमा सहमत छ । मधेशमा दुईवटा प्रदेश बनाउनु पर्छ भन्नेमा हामी एकमत छौं ।

more »

नेकपा एमालेले मधेशमा जरा गाडेको छ : युवराज ज्ञवाली (सचिव–नेकपा एमाले)

एकीकृत नेकपा माओवादी देशव्यापी रूपमा विभाजित भएको छ । त्यसैले यस पटकको चुनावमा एकीकृत माओवादी धेरै खुम्चिएर आउने निश्चित छ । त्यसको आँकलन उहाँलाई छ ।

more »

जनताको धार सद्भावना पार्टीतर्फ मोडिएको छ : राजेन्द्र महतो (अध्यक्ष–सद्भावना पार्टी)

मधेश र थरूहट एकै ठाउँमा बस्न चाहेमा एउटै प्रदेश बनाउन मिल्छ । यदि यो सम्भव छैन भने थरूहट प्रदेश र मधेश प्रदेश गरी दुई प्रदेश हुन सक्छ । दुईभन्दा बढी प्रदेशको पक्षमा छैनौं ।

more »

मधेशको हितका लागि एमाले क्रियाशील रहँदै आएको छ : रामप्रित पासवान (नेता–नेकपा एमाले)

संघीयतामा जानैपर्छ भन्ने किसिमको निर्णय सबभन्दा एमालेले नै ग¥यो । दलित, आदिवासी–जनजाति र मधेशीको मुद्दा लिएर मत माग्नु तर समस्या समाधानका लागि काम गरेर देखाउनुमा जनताको विश्वास रहेन ।

more »

हाम्रो पार्टीमा मधेशको सही सम्बोधन भएको छैन : प्रभु साह (केन्द्रीय सदस्य–एमाओवादी)

मधेशको सही एप्रोच पार्टीमा यदि काम गर्ने हो भने पार्टीको विभिन्न निकायमा मधेशको एप्रोच हुनु जरूरी छ । हाम्रा नेतृत्वपंक्तिकै नेता मधेशको जिम्मेवारी नदिएको कारण मधेशको एप्रोच भएको छैन । हाम्रो पार्टीभित्र नीतिगत तहमा मधेशीहरूको उपस्थिति हुनुपर्छ ।

more »

सबै मधेशीहरूलाई एकढिक्का भएर बढ्नैपर्छ : खडानन्द यादव (केन्द्रीय सदस्य–संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा)

अहिलेसम्म त हामीले केही सहयोग पाएको छैनौं । सहयोग पाएको भए हाम्रो वार्ता सफल हुने थियो । अहिलेसम्म वार्ता सफल नहुनुको कारण हाम्रो वार्ता हुदाँ खेरि गृहमन्त्री मधेशवादी थियो हाम्रा वार्ता हुदाँ खेरि जे पनि ठूलै मन्त्रीहरू सञ्चार मन्त्री पनि मधेशवादी नै थियो । तर वार्तामा सबैभन्दा कुघात गर्ने मधेशवादी दल नै हो ।

more »

मधेशमा एउटै पार्टी प्रस्तावको पक्षमा जानुपर्छ : अनिल कुमार झा (अध्यक्ष—संघीय सद्भावना पार्टी)

सबै मधेशवादी दल र नेतालाई एउटै ठाउँमा ल्याउनुपर्छ । यसका लागि एउटै पार्टी बनाउने प्रयत्न गर्नुपर्छ । यदि यो सम्भव भएन भने मोर्चाबन्दी गरेर जानुपर्छ । त्यो भन्दा तल गयो भने यसले शक्ति छिन्न हुन्छ । जो–जो यसको विपक्षमा हुन्छ, त्यसलाई मधेशी जनताले मूल्यांकन गर्नुपर्छ भन्ने हो ।

more »

फोरम गणतान्त्रिकसँग हाम्रो कुनै सम्बन्ध छैन : राजीव झा (सदस्य–तराई मधेश राष्ट्रिय अभियान)

राजकिशोर जुन साथीहरूसँग उहाँहरू अलगिएका थिए अहिले पनि हामीसँग आएर राजकिशोर धोकेबाज साबित भयो, राजकिशोरको राजनीतिक जीवन समाप्त भयो, अब राजकिशोर विदेश कमाउन जान्छ भनेर भन्न आउनुहुन्छ । अब मधेशमा उसको कुनै पनि हैसियत छैन ।

more »

अर्को पार्टी गठन नगरेसम्म जेपी हाम्रै नेता : बि.पि. यादव (सह–अध्यक्ष, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

हामीहरू अहिले पनि विश्वस्त छौं उहाँले सबैलाई समेटेर मधेशको राजनीतिमा एउटा अलगै छाप र रूपान्तरित जयप्रकाश गुप्ता हामी पाउँछौं ।

more »

सत्ताका लागि मधेश मुद्दाको प्रयोग छाड्नुपर्छ : आत्माराम प्रसाद साह (संस्थापक महासचिव–मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

मधेशका राजनीतिक दलहरू जस्तै, उपेन्द्र यादव, शरत्सिंह भण्डारीलगायतले के–के गर्नुभयो मधेशका लागि त्यसबारेमा पनि हामी छलफल गर्छौं । सबभन्दा महत्वपूर्ण कुरा मधेशमा हालसम्म कुनै पार्टी निर्माण भईनसकेको अवस्था छ ।

more »

नागरिकता समस्याको सर्वकालीन समाधान हुनुपर्छ : मनिष कुमार सुमन (महासचिव–सद्भावना पार्टी)

मधेशको मुद्दालाई सशक्त बनाउनका लागि पहाडका कुनै जाति, जनजाति, समूहहरू हामीसँग आउँछ भने स्वागत गरेका छौं । सोही अनुरूप हामीले अब देशको ७५ वटै जिल्लामा पार्टी संगठन विस्तार गर्ने निर्णय पनि गरेका छौं ।

more »

म अरूभन्दा फरक रूपमा अगाडी बढ्ने छु : जयप्रकाश गुप्ता

पुरानो सोचको राजनीतिक पार्टीले अब काम गर्दैन । मधेशमा, देशमा नयां चुनैतिहरू थपिएका छन् । यी कुराहरूलाई सम्बोधन गर्ने वातावरण बनाउनु आवश्यक छ । तत्काल एक संगठित प्रयासलाई अगाडी बढाउन र संधर्षको पूर्वाधार खडा गर्न एक संयोजित राजनीतिक अभियानको शूरूवात गर्ने सोचाई छ ।

more »
btm