Madhesh

Nepali | English

Interviews

एमाले संघीयता विरोधी पार्टी होइन - लालबाबु पण्डित नेता - नेकपा (एमाले)

नेपालको भूगोल सुदूरपश्चिमदेखि लिएर पूर्वसम्म भन्ने हो भने एउटा पाटो मात्र मधेश भएकोले एक मधेश एक प्रदेश यदि भयो भने त्यसले मधेशको हित गर्दैन । जनताले संघीयतामा आफ्नो राज्य नजिक आएको देख्न चाहेकोले एक मधेश एक प्रदेश भन्नु र सिंगो एकीकृत नेपाल भन्नुमा कुनै फरक हुँदैन । मात्र केहो भने अहिले एकीकृत माओवादीले जातीयतालाई नै राष्ट्रियता मानेर राष्ट्रियताको पहिचान हो भनिरहेका छन् भने मधेश केन्द्रित कतिपय पार्टीले तीन राष्ट्रियताको कुरा उठाएका छन् ।

more »

मधेशी जनताको विश्वास जित्न प्रयासरत् छौं - विजय यादव युवा नेता (राष्ट्रिय मधेश समाजवादी पाटी)

मधेशी जनताको चाहाना र चिन्तन के छ भने यो राष्ट्रको प्रमुख तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा मधेशी समुदायको सहभागिता हुनुपर्ने हो । सम्पूर्ण नेपालीले यो कुरा बुझिराखेका छन् कि मधेशको भूगोलमा बसोबास गरिराखेका मधेशी समुदायका चाहे त्यो जुनसुकै जाति, धर्म, सस्कृंति, वर्ग, लिंगमा आबद्ध भएका हुन् उहाँहरूको उपस्थिती ५१ प्रतिशत भन्दा बढी छ

more »

चुनौतीको सामना गर्न मधेशवादी दल एक हुनुपर्छ - जितेन्द्र देव महासचिव, मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)

पहिचान सहितको संघीयताको निमित्त स्वायत्त मधेश प्रदेशको निमित्त, समावेशी राज्य सत्ताको निमित्त, स्थानीय प्राकृतिक स्रोत र साधनमाथि स्थानीय व्यक्तिहरूको हक स्थापना हुनुपर्छ । एउटा शक्तिशाली संघीय शासन प्रणाली यो मुलुकमा लागू हुनुपर्छ भन्ने कुरामा हामी निरन्तर लडिराखेका छौं ।

more »

मधेशवादीलाई तेस्रो शक्ति बनाउने हाम्रो लक्ष्य हो - सर्वेन्द्रनाथ शुक्ला महामन्त्री तथा प्रवत्ता (तराई–मधेश लोकतान्त्रिक पार्टी )

हाम्रो एकताको कदर गर्दै अब फेरि मधेशवादी दल एक भएर अगाडि बढ्नुपर्छ र यो चौथो शक्तिलाई हामीले तेस्रो शक्तिमा पु¥याउने हाम्रो सपना, कल्पना र प्रयास छ । त्यसको लागि हामी एकजुट भएर जानुपर्छ ।

more »

मधेश राजनीतिमा नयाँ नेतृत्वको आवश्यकता छ - तुलानारायण साह (राजनीतिक विश्लेषक)

आजको मधेश राजनीतिमा एकीकरणको आश्यकता छैन, नयाँ नेतृत्वको आवश्यकता छ । हरेक आन्दोलनपछि एक ब्याच नयाँ नेताहरू नेपाली समाजले पाउँछ । २००७ सालको आन्दोलन हेर्दा नेपाली कांगेसको एक ब्याच नेताहरू आए जसले लामो समयसम्म नेपालमा प्रजातान्त्रिक आन्दोलनलाई नेतृत्व प्रदान गरे ।

more »

मधेशी जनतासँग ठूलो विश्वासघात भएको छ -अकवाल अहमद शाह, महासचिव मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

मोर्चा माओवादीसँग बस्यो तर मोर्चाको जुन एउटा दायित्व थियो, जुन मधेशी जनताले नेतृत्व गरेर पठाए त्यसमा उनीहरूले कुठाराघात गरे । मधेशी जनतामाथि ठूलो विश्वासघात गरे । यी मधेशी नेतामाथि मधेशी जनताको विश्वास टुटिसक्यो र यिनीहरू गन्हाइसके ।

more »

मधेशवादी पार्टीहरू पहिला आफै मिल्नुपर्यो : रामचन्द्र झा (नेता - एनेकपा माओवादी)

पहिला मधेशी पार्टीहरू मिल्नुपर्यो, त्यसपछि मोर्चा र माओवादीको बीचमा तालमेल हुनसक्छ । अब मोर्चामा नै तालमेल हुँदैन र उहाँहरू अलग—अलग चुनाव उठ्नुहुन्छ भने माओवादी कोसँग तालमेल गर्ने समस्या उसको अगाडि रहन्छ । त्यसैले यो विषय मधेशमा आधारित पार्टीहरूको हो ।

more »

कांग्रेसले सबैलाई राजनीति गर्ने आधार दियो : चित्रलेखा यादव (कोषाध्यक्ष - नेपाली कांग्रेस)

मधेशी दलहरू खुलेको भन्ने कुरा त प्रष्ट भईसकेको छ, केका लागि भन्ने कुरा । संविधानसभाको चुनावमा एक ढिक्का भएर आएको मधेशी पार्टी कति संख्यामा पुगे त किन फुटे ? त्यसकारणले कांग्रेस त राष्ट्रियस्तरको पार्टी हो । जसको ७५ जिल्लामा संगठन छ । यस्तो पार्टीलाई राष्ट्रिय स्तरको पार्टी भनिन्छ ।

more »

महन्थ ठाकुरको नेतृत्वमा नयाँ पार्टीको सम्भावना छ : शरत्सिंह भण्डारी (अध्यक्ष–राष्ट्रिय मधेश समाजवादी पार्टी)

मधेश राजनीतिमा अत्यन्तै शालिन व्यक्तिको रूपमा महन्थ ठाकुरजी अगाडि हुनुहन्छ र उहाँले मुद्दालाई राम्रोसँग बुझ्नुभएको हुनाले उहाँकै नेतृत्वको सेरोफेरोमा नयाँ पार्टीको सम्भवना भइरहेको छ । र, हाम्रो पार्टीले पनि यस कुरालाई अत्यन्तै सकारात्मक रूपमा हेरेर अगाडि बढिरहेको छ ।

more »

कुनै दल जाँदा वा आउँदा मोर्चामा खासै असर पर्दैन : राजकिशोर यादव (अध्यक्ष–मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

हामी त छिट्टोभन्दा छिट्टो निर्वाचन होस् भन्ने चाहन्छौं । यदि मंसिरमा निर्वाचन भएन भने यो सरकारको औचित्य सकिन्छ । यो सरकार भ्रम पालेर बसेको छ भने चुनाव नगरे मेरो सत्ता लम्बिछ भन्ने सोचमा छ भने त्यो उहाँहरूको लागि बढ्दो कष्टप्रद कुरा हुन्छ ।

more »

मधेशमा अलगाववादी र पलायनवादी चिन्तनको विकास हुँदैछ : रामेश्वर राय यादव (वरिष्ठ उपाध्यक्ष–मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)

हिजोसम्म सद्भावना पार्टीको अध्यक्ष राजेन्द्र महतोले मोर्चामा बसेर काम गर्दाको अवस्थामा उहाँले सबै कुरामा सहमति देखाइरहनु भएको थियो । तर, आज सरकारबाट हटिसकेपछि हुटीट्याई जस्तो आकाश एक्लै रोक्ने उहाँको प्रयास छ, त्यो राजनीतिक रूपमा न्यूनतम् नैतिकता मेनटेन नगर्ने कुराहरू आएको जस्तो महसुस भइरहेको छ ।

more »

एकीकरण र मोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्छ : रामसहाय यादव (महासचिव–मधेशी जनअधिकार फोरम, नेपाल)

नेतृत्वको निहुंमा अन्य कुराहरू गर्ने भन्दा पनि मधेशको सवालमा हामी राजनीति गरिरहेका छौं भने त्यो कुरालाई ध्यान राखेर अगाडी बढ्नुपर्छ ।

more »

निर्वाचनमा थुप्रै मधेशीवादी नेताहरूको जमानत जफ्त हुन्छ : मो. अफताब आलम (नेता–नेपाली कांग्रेस)

मोर्चाले मधेशबाट प्रतिनिधित्व त ग¥यो तर मधेशी जनताको अधिकारको बारेमा उनीहरूले लडाइँ नै लडेन । उनीहरूको मधेश मुद्दाप्रति इमान्दारिता भएको भए संसदमा किन आवाज उठाएनन् ? सरकारमा जाने कुरा परै जाओस् हामी पार्लियमेन्टबाट राजीनामा गर्छौं भनेर साहस गर्न सकेन । पैसा र पावरका लागि एउटा मधेशी पार्टी कयौं टुक्रामा विभाजित भइसकेका छन् । यिनीहरू मधेशी मुद्दा वा जनताका लागि त फुटेका छैनन् ।

more »

संसदवादी पार्टीहरूसँग हाम्रो एकीकरण वा मोर्चाबन्दी हुँदैन : मनोज कुमार मण्डल (वार्ता टोली संयोजक–जनतान्त्रिक तराई/मधेश मुक्ति पार्टी (भगत सिंह)

हामीले मोर्चाबन्दी वा एकीकरण गैरसंसदीय दलहरूसँग गर्नेछौ । संसदवादी दलहरू भनेको विगतका दिनमा राजतन्त्र हुँदा पनि यी अनुहारहरू थिए र अहिले पनि उनीहरूको मानसिकतामा परिवर्तन हुन सकेको छैन । त्यसैले उनीहरूसँग हाम्रो पार्टीको कुनै पनि सन्धी सम्झौता हुने छैन ।

more »

मधेशवादी दलसँग मिलेर जान सकिन्छ : विश्वनाथ साह (नेता–एकीकृत नेकपा माओवादी)

राज्य पुनर्संरचना आयोगले दिएको रिपोर्टले मधेशलाई दुई वटा कित्तामा छुट्याएको छ नारायणी पूर्व एउटा र नारायणीदेखि पश्चिम अर्को । त्यसैले हामी अहिले हाम्रो पार्टी पनि त्यसमा सहमत छ । मधेशमा दुईवटा प्रदेश बनाउनु पर्छ भन्नेमा हामी एकमत छौं ।

more »

नेकपा एमालेले मधेशमा जरा गाडेको छ : युवराज ज्ञवाली (सचिव–नेकपा एमाले)

एकीकृत नेकपा माओवादी देशव्यापी रूपमा विभाजित भएको छ । त्यसैले यस पटकको चुनावमा एकीकृत माओवादी धेरै खुम्चिएर आउने निश्चित छ । त्यसको आँकलन उहाँलाई छ ।

more »

जनताको धार सद्भावना पार्टीतर्फ मोडिएको छ : राजेन्द्र महतो (अध्यक्ष–सद्भावना पार्टी)

मधेश र थरूहट एकै ठाउँमा बस्न चाहेमा एउटै प्रदेश बनाउन मिल्छ । यदि यो सम्भव छैन भने थरूहट प्रदेश र मधेश प्रदेश गरी दुई प्रदेश हुन सक्छ । दुईभन्दा बढी प्रदेशको पक्षमा छैनौं ।

more »

मधेशको हितका लागि एमाले क्रियाशील रहँदै आएको छ : रामप्रित पासवान (नेता–नेकपा एमाले)

संघीयतामा जानैपर्छ भन्ने किसिमको निर्णय सबभन्दा एमालेले नै ग¥यो । दलित, आदिवासी–जनजाति र मधेशीको मुद्दा लिएर मत माग्नु तर समस्या समाधानका लागि काम गरेर देखाउनुमा जनताको विश्वास रहेन ।

more »

हाम्रो पार्टीमा मधेशको सही सम्बोधन भएको छैन : प्रभु साह (केन्द्रीय सदस्य–एमाओवादी)

मधेशको सही एप्रोच पार्टीमा यदि काम गर्ने हो भने पार्टीको विभिन्न निकायमा मधेशको एप्रोच हुनु जरूरी छ । हाम्रा नेतृत्वपंक्तिकै नेता मधेशको जिम्मेवारी नदिएको कारण मधेशको एप्रोच भएको छैन । हाम्रो पार्टीभित्र नीतिगत तहमा मधेशीहरूको उपस्थिति हुनुपर्छ ।

more »

सबै मधेशीहरूलाई एकढिक्का भएर बढ्नैपर्छ : खडानन्द यादव (केन्द्रीय सदस्य–संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा)

अहिलेसम्म त हामीले केही सहयोग पाएको छैनौं । सहयोग पाएको भए हाम्रो वार्ता सफल हुने थियो । अहिलेसम्म वार्ता सफल नहुनुको कारण हाम्रो वार्ता हुदाँ खेरि गृहमन्त्री मधेशवादी थियो हाम्रा वार्ता हुदाँ खेरि जे पनि ठूलै मन्त्रीहरू सञ्चार मन्त्री पनि मधेशवादी नै थियो । तर वार्तामा सबैभन्दा कुघात गर्ने मधेशवादी दल नै हो ।

more »
btm