News
अबिरल वर्षाका कारण रुपन्देहीका निजि विद्यालय चार दिनका लागि बन्द
चन्द्रकान्त खनाल, रुपन्देही, ४ असार । आईतबारदेखि लगातार परेको अबिरल वर्षाले रुपन्देही जिल्लाको जनजीवन प्रभावित भएको छ । जिल्लाको विभिन्न भागहरु समान्य डुवानमा परेका छन् । सडकमा पानी जमेको र हिलाम्य समेत भएकाले आवतजावतमा समस्या भएपछि मंगलबारदेखि चार दिनसम्मका लागि जिल्लाका सबै निजि विद्यालयहरु बन्द गरिएका छन् ।
कपिलवस्तुमा विद्यालय भवन निर्माणका लागि भारतीय सहयोग
कपिलवस्तु, ४ असार । जिल्लामा तीनतले विद्यालय भवन निर्माणका लागि भारतले आर्थिक सहयोग गरेको छ । भारतीय राजदूतावास, काठमाडौं, जिल्ला विकास समिति, कपिलवस्तु र श्री उच्च माध्यमिक विद्यालयबीच नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत भारत
खोलाले बगाउँदा एकको मृत्यु
रौतहट, ४ असार । खोलाले बगाउँदा एकको जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भसेडवा–१ बस्ने रामचन्द्र ठाकुरको छोरा ३१ वर्षीय जयनारायण ठाकुरलाई सोमबार लालबकैया नदीमा आएको बाढीले बगाएको थियो ।
बाढी पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार गर्न आग्रह
काठमाडौं, ४ असार । केही दिनदेखि परेको मनसुनी वर्षाले देशको विभिन्न भागमा जनधनमाथि पु¥याएको क्षति र त्यसबाट उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यान केन्द्रित भएको छ ।
आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७० को आह्वान
काठमाडौं, ४ असार । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७०’ को आह्वान गरेको छ । फोनिजको संयोजकत्वमा यसवर्ष (२०१३) तीनजना आदिवासी जनजाति पत्रकारहरुलाई (नेपाली छापा, रेडियो, टेलिभिजन) पुरस्कार प्रदान गर्न लागेको हो ।
राजेन्द्र महतो मधेशी एकताको विपक्षमा : अनिल झा
भैरहवा, ४ असार । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेशी एकताको विपक्षमा रहेको आरोप लगाएका छन् । झाले मोर्चाबन्दीबाट विगत पाँच वर्षमा सर्वाधिक फाइदा उठाएका राजेन्द्र महतो मधेशी एकताको विपक्षमा रहेको आरोप लगाएका छन् ।
मजदुरको आन्दोलनले पेपर मिल अनिश्चितकालीन बन्द
विनोद कुमार महतो, जनकपुरधाम, ४ जेष्ठ । मजदुरहरुको आन्दोलनका कारण धनुषा जिल्लाको सखुवा महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिल अनिश्चितकालीन बन्द भएको छ । जिल्लाकै सबैभन्दा ठूलो एभरेष्ट पेपर मिल व्यवस्थापन पक्षले मजदुरहरुको मागलाई बेवास्ता गरेको भन्दै मजदुरहरुले
दाङ, बाँके र बर्दिया बर्डफ्लुको उच्च जोखिममा
नेपालगन्ज, ४ असार । दाङ, बाँके र बर्दिया जिल्ला बर्डफ्लुको उच्च जाखिममा रहेकोले सतर्कता अपनाउन क्षेत्रीय पशु सेवा निर्देशानलयले सम्बन्धित सबैसँग आग्रह गरेको छ ।
समानुपातिकको सिट संख्या पूरानै कायम राख्न नौ दलको माग
काठमाडौं, ४ असार । निर्वाचन आयोगमा दर्ता भएका दलमध्ये नौ वटा दलले संविधानसभामा समानुपातिकको सिट संख्या पूरानै कायम गर्न माग गरेको छ । ती नौ दलहरुद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमार्फत निर्वाचन सम्बन्धि ऐनमा पूर्वाग्रही रुपले समानुपातिकको सिट संख्या घटाएर अध्यादेश पारित गरिएको आरोप लगाएको छ ।
निर्वाचनको मिति घोषणासँगै नेताहरु चुनावी प्रचारमा व्यस्त
शुभ नारायण यादव, सप्तरी, ४ असार । संविधानसभा–२ को निर्वाचन मिति घोषणासँगै विभिन्न दलका नेता तथा कार्यकर्ताहरु चुनावी अभियानमा जुटीसकेका छन् । मंसिर ४ गते संविधानसभाको निर्वाचन हुने मिति घोषणा भएपछि विभिन्न दलका नेता, कार्यकर्ताहरु निर्वाचनलाई
भैरहवाका केही क्षेत्र डुबानमा
चन्द्रकान्त खनाल, रुपन्देही, ३ असार । अबिरल वर्षाका कारण सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडा र केही सरकारी कार्यालय डुबानमा परेका छन् ।
तिनाउ खोलाले अन्सारीलाई बगायो
बुटवल, ३ असार । वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले सोमबार बुटवलका एक व्यक्तिलाई बगाएकोे छ । बुटवल वार्ड नं ७ मा बस्ने ५५ वर्षीय हकिज अन्सारीलाई बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटबलको गाडी दुर्घटनाग्रस्त, एक घाइते
चन्द्रकान्त खनाल, रुपन्देही, ३ असार । इलाका प्रहरी कार्यालय बुटवलको गस्तीमा हिडेको बा१ग २०९६ नम्बरको वनटन गाडीले पैदलयात्री ३६ वर्षीय दोलक मगरलाई बुटवलको गोलपार्कमा ठक्कर दिएर घाइते बनाएको छ ।
समानुपातिक सिट संख्या घटाएकोप्रति आपत्ति
काठमाडौं, ३ असार । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले समानुपातिक सिट संख्या घटाएकोमा आपत्ति जनाएका छन् ।
आन्दोलनरत दलहरुको जायज माग सम्बोधन गरिने : प्रचण्ड
विराटनगर, ३ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्चस्तरीय राजनीतिक समितिको बैठकले आन्दोलनरत दलहरुको जायज माग सम्बोधन गरिने बताएका छन् ।
राष्ट्रिय निकुन्जतर्फ लैजादै गरेको बन्यजन्तुको छाला लगायतका सामान लुटपाट
कपिलवस्तु, ३ असार । शिवनगर–१ चोरखोलास्थित महेन्द्र रामाजर्गमा जिल्ला बन कार्यालय दार्चुलाबाट बा.१ झ ५०८५ नम्वरको गाडीमा बन संरक्षण अधिकृत शेर सिंह ठगुन्नाको जिम्मामा चितवन राष्ट्रिय निकुन्जतर्फ लैजादै गर्दा बाटोमै लुटपाट भएको छ ।
चट्याङ लागेर चार जनाको मृत्यु, एक घाइते
पर्सा, ३ असार । बैरीयाबिर्ता–७ स्थित मनिक मियाको घरमा सोमबार बिहान साढे सात बजे परेको चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
संविधानसभा निर्वाचनको मिति घोषणा र थ्रेस होल्डबिनाको निर्वाचन सकारात्मक : झा
नवलपरासी, ३ असार। संघीय सदभावना पार्र्टीका अध्यक्ष अनिल कुमार झाले संविधानसभा निर्वाचनको मिति घोषणा र थ्रेसहोल्ड बिना निर्वाचन सम्बन्धि अध्यादेश पारित यी दुबै निर्णय सकारात्मक रहेको बताएका छन् । उनले यसले संविधानसभाको निर्वाचन हुने वातावरण बनाउने कुरा प्रति विश्वस्त रहेको बताए ।
शान्ति प्रकृया सहयोग आयोजनाको प्रभावकारिता लागि सह–आयोजना सुरु
मणि प्रसाद गैहे्र, कपिलवस्तु, ३ असार । शान्ति प्रकृया सहयोग आयोजनाको प्रभावकारिताका लागि सह–आयोजना सुरु भएको छ । शान्ति मन्त्रालयलाई विश्व बंैकले उपलब्ध गराएको रकम वितरणको सहयोगको प्रभावकारिता लेखाजोखाका लागि सो परियोजना कपिलवस्तुसहित आठ जिल्लामा सो कार्यक्रम लागू गरिएको हो.
दुर्घटना न्यूनीकरणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण
बुटवल, ३ असार । वर्षेनी १७ सयभन्दा बढीको ज्यान जाने गरि हुने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि संचारमाध्यमको भूमिका महत्वपूर्ण र प्रभावकारी हुने बुटवलमा आयोजित एक कार्यक्रममा सहभागीहरुले औंल्याएका छन् ।





