Madhesh

Nepali | English

News

तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

विराटनगर, ११ जेष्ठ । पुर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा सूचना संकलनको प्रकृया र तत्पश्चात गरिने सूचनाको विश्लेषण र व्यवस्थापन कार्यलाई समय सापेक्ष तथा बस्तुपरक बनाई नेपाल प्रहरीलाई अझ प्रभावकारी तथा संभावित घटना समेतलाई

सद्भावना पार्टीद्वारा आइतबार मधेश बन्दको घोषणा

काठमाडौं, ११ जेष्ठ । संविधानसभाको मिति घोषणालगायत विभिन्न १० बुँदे माग राखी आमरण अनसनमा बसेको सद्भावना पार्टीको अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले अपहरण गरेको भन्दै आइतबार मधेश बन्दको आह्वान गरेको छ ।

महतोलाई भेट्न भारतीय राजदुत वीर अस्पतालमा

काठमाडौ, ११ जेष्ठ । संविधानसभाको निर्वाचन र यससँगसम्बन्धित विभिन्न माग राख्दै आमरण अनसन बसेपछि स्वास्थ्य अवस्था गम्भिर भएर अस्पताल भर्ना भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेट्न भारतीय राजदूत जयन्त प्रसाद वीर अस्पताल पुगेका छन् ।

फेरी एक महिलाको घाँटी रेटेर हत्या

बारा, ११ जेष्ठ । बारामा एक महिलाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । हरैया नयाँ वस्तीकी ३५ वर्षीया प्रमिला लोहनी दाउरा लिन गएको गाँउ नजिकैको चारकोशे जंगलमा हत्या भएको प्रहरीले जनाएको छ ।

‘राष्ट्र र जनता पहिलो प्राथमिकता’ पाँच जिल्लामा सम्पन्न

धनुषा, ११ जेष्ठ । नेपाल परिवार दलले “राष्ट्र र जनता पहिलो प्राथमिकता” राष्ट्रिय जनजागरण अभियान तराई मधेशका ५ जिल्लामा सम्पन्न गरेको छ । प्रथम चरणमा यहि जेठ ५ गतेदेखि ९ गतेसम्म धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सिन्धुलीमा विभिन्न कार्यक्रमहरुका साथ सम्पन्न भएको छ ।

विभिन्न अभियोगमा समातिएका १६ जना सार्वजनिक

चन्द्रकान्त खनाल, रुपन्देही, ११ जेष्ठ । इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न अभियोगमा समातिएका १६ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेर लागुऔषध कारोबारमा संलग्न १४ जना र मोटरसाईकल चोरी गर्ने २ जनालाई सार्वजनिक गरेको हो ।

चट्याङ लागेर दुईको मृत्यु

कैलाली, १० जेष्ठ । चौरमा बाख्रा चराइरहेको बेलामा चट्याङ पर्दा दुई बालकको मृत्यु भएको छ ।

निर्वाचनमा सघाउन अमेरिका तत्पर : राजदूत बोडी

काठमाडौं, १० जेष्ठ । संयुक्त राज्य अमेरिकाको २३७ औैं स्वतन्त्रता दिवस शुक्रबार उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा मनाइएको छ ।

अवरुद्ध राजमार्ग सुचारु

सप्तरी, १० जेष्ठ । गृहमन्त्री आए मात्र अन्त्येष्टि तथा आवागमन खुल्ला गर्ने अडान राखेर अवरुद्ध गर्दै आएको राजमार्ग शुक्रवार अपरान्हदेखि सुचारु भएको छ ।

मियाँको अन्त्येष्टि गरियो

शुभनारायण यादव, सप्तरी, १० जेष्ठ । सप्तरीका पूर्व सभासद् स्व. सदरुल मियाँ हकको शुक्रबार बिहान ईस्लाम धर्म अनुसार अन्त्येष्टि गरिएको छ । गत सोमवार राति हत्या गरिएका हकलाई सप्तरीको कल्याणपुर २ स्थित उनकै घर नजिक रहेको कब्रगाहमा दफनाईएको (अन्त्येष्टि गरिएको) हो ।

विद्युत महसुल बाँकी रहेका ग्राहकको लाइन काटिदै

प्रेमचन्द्र झा, १० जेष्ठ, गौर । नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख राजेन्द्र कुमार चौधरीले विद्युत महशुल बाँकी रहेका ग्राहकको लाइन काटेर बक्यौता रकम असुल्ने काम तिब्र रुपले भईरहेको कुरा बताएका छन् ।

सवारी साधनको लिलामीबाट करोडौं राजस्व संकलन

चन्द्रकान्त खनाल, रुपन्देही, १० जेष्ठ । बेलहियामा रहेको भैरहवा भन्सार कार्यालय परिसरमा थन्किएका सवारी साधनको लिलामीबाट झण्डै डेढ करोड राजस्व संकलन भएको छ । लामो समयदेखि झन्झटिलो कानुनी प्रक्रिया देखाउँदै लिलाम हुन नसकेका सयौं मोटरसाईकल र गाडी भन्सार कार्यालयमा थन्किदा कयौ थोत्रा र कवाडमा बेच्न पर्ने अवस्थामा पुगेका थिए ।

सामाजिक परिचालनद्वारा मुस्लिम किशोरीहरुको सशक्तिकरण

दिनेश ठाकुर, नेपालगञ्ज, १० जेष्ठ । सामाजिक परिचालनद्वारा मुस्लिम किशोरीहरुको सशक्तिकरण कार्यक्रमअन्तर्गत किशोरीहरुको अवस्था र अभिभावकको दायित्व विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग संघको आन्दोलन स्थगित

रुपन्देही, ९ जेष्ठ । रुपन्देही उद्योग संघले विगत १० दिनदेखि गरेको विभिन्न चरणको आन्दोलन स्थगित गरेको छ । उद्योग संचालनको लागि अपरिहार्य रहेको विद्युत प्रशारणमा उत्पन्न समस्याले औद्यौगिक वातावरण खल्बलिनुका साथै आम उपभोक्तामा परेको ...

इप्रकाको नयाँ भवन बन्ने

कपिलवस्तु, ९ जेष्ठ । इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुको नयाँ भवन बन्ने भएको छ । पश्चिम लोकमार्गस्थित बाणगंगा १ पिपरामा रहेको इप्रका पिपराको नयाँ भवन बन्न थालेको हो ।

नदीमा युवक बेपत्ता

कैलाली, ९ जेष्ठ । नदीमा नुहाउने क्रममा बिहीबार एक युवक डुबेर बेपत्ता भएका छन् ।

महतोको स्वास्थ्य अवस्था बिग्रिँदै

काठमाडौं, ९ जेष्ठ । संविधानसभाको निर्वाचन मिति घोषणा, निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग गठन, नागरिकता वितरण निर्देशिका संशोधन, अन्य प्रमाणपत्रको आधारमा मतदाता नामावली संकलनलगायत १० बुँदे माग राखी जेष्ठ ७ गतेदेखि आमरण अनसनमा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अवस्था बिग्रिदै गइरहेको छ ।

एमाले मोरङमा हानाहान

विराटनगर ९ जेष्ठ । पार्टीले ‘डन’ पर्शुराम बस्नेतलाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा कुर्सी हानाहानसम्मको स्थिति उत्पन्न भएको छ ।

पूर्व सभासद् हत्याबारे छानबिन सुरु

सप्तरी, ९ जेष्ठ । सप्तरीका पूर्व सभासद् सदरुल मियाँ हकको हत्यारा पत्ता नलागेको भन्दै यहाँ शुरु भएको आन्दोलन बुधबार पनि जारी रहेको छ । सोमवार राती सप्तरीको कल्याणपुर २ स्थित विसनपुर चोकमा रहेको हकको आफ्नै पेट्रोल पम्पमा सुतेको अवस्थामा विभत्स हत्या भए पछि आन्दोलन चर्केको हो ।

उद्योग संघले विद्युत प्राधिकरणमा तालाबन्दी गर्ने

चन्द्रकान्त खनाल, रुपन्देही, ८ जेष्ठ । हालको अनियमित लोडसेडिङ्ग, ट्रिपिङ्ग र लो भोल्टेज समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणले कुनै चासो नदेखाएका कारण बिहीबारदेखि रुपन्देही उद्योग संघले नेपाल विद्युत प्राधिकरण वितरण शाखा बुटवलमा अनिश्चितकालीन तालाबन्दी गर्ने भएको छ ।

btm