Madhesh

Nepali | English

News

सद्भावना अध्यक्ष महतो पनि आमरण अनसनमा बस्ने

नेपालगञ्ज ४ जेठ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सद्भावना पार्टीले उठाएका १० सूत्रीय मागप्रति सरकार गम्भीर नभएको भन्दै आफू पनि भोली(आइतबार)देखि काठमाडौंमै आमरण अनसनमा बस्ने घोषणा गरेका छन् ।

संविधानसभाको चुनाव अति आवश्यक : निधि

चन्द्रनिगाहपुर, ४ जेष्ठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले संविधानसभा निर्वाचनका लागि सबै मिलेर जानुपर्ने बताएका छन् ।

बाँकेमा पत्रकार कल्याण कोष स्थापना हुने

दिनेश ठाकुर, नेपालगञ्ज, ४ जेष्ठ । नेपाल पत्रकार महासंघ बाँकेले जिल्लामा पत्रकार कल्याण कोष स्थापना गर्ने भएको छ । शाखा अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा शुक्रबार बसेको मासिक बैठकले पत्रकारहरुको हकहित, उपचार लगायतका लागि पत्रकार कल्याण कोष स्थापना

ट्रयाक्टरको ठक्करले एकको ज्यान गयो

बर्दिया, ४ जेष्ठ । बर्दियाको कण्ठपुरमा ट्रयाक्टरको ठक्करले शुक्रबार एक जनाको ज्यान गएको छ । नेपालगञ्जबाट गुलरियातर्फ जाँदै गरेको अनटेष्ट ट्रयाक्टरले मैनापोखर ६ का ४५ वर्षीया बतासिया थारुलाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो ।

डेन्टल हाईजेनिष्ट एसोसिएसन गठन

चन्द्रकान्त खनाल, रुपन्देही, ४ जेष्ठ । नेपाल डेन्टल हाईजेनिष्ट एसोसिएसन केन्द्रीय कार्यसमितिको आयोजनामा डेन्टिष्टहरुको बुटवलमा शुक्रबार भेला सम्पन भएको छ ।

उत्खनन्मा बुद्धकालीन सामग्री भेटिए

चन्द्रकान्त खनाल, रुपन्देही, ४ जेष्ठ । पुरातात्विक स्थल नवलपरासीको पण्डितपुरमा गरिएको उत्खनन्मा बुद्धकालीन सामग्री भेटिएको छ । पुरातत्व विभागले तीन सातासम्म गरेको उत्खनन्मा माटाका मूर्ति, खैरो माटोका भाडा र कालो पालिस गरेका माटाका भाडाका टुक्रा पाइएको उत्खननमा सहभागी पुरातत्वविद्हरुले जनाएका छन् ।

सद्भावनाको वार्ता असफल, भोली फेरी हुने आश्वासन

काठमाडौं, ३ जेष्ठ । सद्भावना पार्टी र नेपाल सरकारबीच आज भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । सद्भावना पार्टीले जारी गरेको आमरण अनसन फिर्ता लिन सरकारले आह्वान गरेको वार्तामा कुनै ठोस बुँदा सहमति हुन नसकेपछि बिनानिष्कर्ष टुंगिएको सद्भावनाका महासचिव मनिष सुमनले ...

युवा संघद्वारा रक्तदान

बारा, ३ जेष्ठ । नेकपा एमाले निकटको युवा संघ नेपाल जिल्ला कमिटी बाराको आयोजनामा शुक्रबार कलैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा संघ नेपालको २३औं स्थपना दिवश तथा २० औं मदन आश्रित स्मृति दिवशको अवसरमा संघले रक्तदान कार्यक्रम गरेको संघका प्रचार बिभाग प्रमुख अनिता साहले बताएकी छन् ।

आदिवासी जनजाति महासंघमा जिम्मेवारी हस्तान्तरण

काठमाडौं, ३ जेष्ठ । आदिवासी जनजाति महासंघको निवर्तमान नेतृत्वले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेको छ । निवर्तमान समितिले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गत साता चितवनमा सम्पन्न आठौं महाधिवेशनमार्फत निर्वाचित नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।

मन्त्रिपरिषद्द्वारा सद्भावना पार्टीलाई वार्ताका लागि आह्वान (मन्त्रिपरिषद्को पत्रसहित)

काठमाडौं, ३ जेष्ठ । विभिन्न दशबुँदे माग राखी विगत पाँचदेखि सद्भावना पार्टीले मधेशका सबै जिल्लाहरुमा जारी राखेको आमरण अनसनप्रति सरकारको ध्यानाकर्षण भएको छ । शुक्रबार मन्त्रिपरिषद्को कार्यालयबाट जारी विज्ञप्तिमार्फत् सद्भावना पार्टीलाई यथाशीघ्र अनुकूल समयमा वार्ताका लागि आउन आमन्त्रण गरिएको छ ।

ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु, एक घाइते

कैलाली, ३ जेष्ठ । माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएका छन् ।

गोली प्रहारबाट व्यापारी सख्त घाईते

विनोद कुमार महतो, जनकपुरधाम, ३ जेष्ठ । अज्ञात समूहले चलाएको गोलीबाट धनुषा जिल्लाको कुर्था गाविसमा गएराति एक जना व्यापारी सख्त घाईते भएका छन् । घाईते हुनेमा कुर्थाका किराना व्यापारी परमेश्वर साह रहेको प्रहरीले जनाएको छ । साहको पिठ्यूमा एक गोली लागेको छ ।

दुर्घटनामा एकको मृत्यु

मणि प्रसाद गैहे्र । कपिलवस्तु,३ जेष्ठ । कपिलवस्तुको चन्द्रौटामा ट्रक र मोटरसइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज जुत्ता–चप्पल व्यवसायी संघ गठन

नेपालगञ्ज, ३ जेष्ठ । नेपालगञ्जका जुत्ता–चप्पल व्यवसायीको बिहीवार भएको भेलाले जुत्ता–चप्पल व्यवसायी संघ गठन गरेको छ ।

तालिमी रहेनुमा पुस्तक विमोचन

दिनेश ठाकुर, नेपालगञ्ज, ३ जेष्ठ । नेपालगञ्जमा तामिली रहेनुमा पुस्तक एक कार्यक्रमका बिच बिमोचन गरेको छ । हजरत सैथ्यद सुहेलमिया बाहिदको प्रमुख अतिथीमा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा उक्त किताव विमोचन भएको हो ।

गणतन्त्र संस्थागत गर्ने नसकिएकोले फेरी संबिधान सभाको चुनाब

चन्द्रकान्त खनाल, रुपन्देही ,३ जेष्ठ । पूर्व प्रधानमन्त्री एवं माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्राईले पहिलो संविधानसभाबाट गणतन्त्र संस्थागत गर्न नसकिएकोले फेरी संविधानसभाको चुनाव गर्न लागिएको बताएका छन् ।

उल्टै कुटपिट गरी प्रहरीले युवकलाई फसाए

सुनसरी, ३ जेष्ठ । सुनसरीको रासी गाविस–९ जिरगुवास्थित अस्थाई प्रहरी चौकीका असई र एक सिपाहीले उल्टै कुटपिट गरी मेहता थरका एक युवकलाई प्रहरीमाथि कुटपिट गरेको आरोपमा मुद्दा चलाएको रहस्यदोघाटन भएको छ ।

कार्कीको नियुक्तिबाट तर्सिएका छन् राजस्वमारा

काठमाडौं, ३ जेष्ठ । लोकमानसिंह कार्की अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नियुक्त भएसँगै भ्रष्टचारीहरूको खुट्टा काम्न थालेको छ । अख्तियार जस्तो महत्वपूर्ण संवैधानिक निकायमा कार्कीको नियुक्ति हुन नदिन राजस्वमारा व्यापारीहरूले प्रत्यक्ष÷अप्रत्यक्ष लगानी गरी मिडियालाई विभाजित गर्न समेत सफल भएका थिए ।

संयुक्त सशस्त्र मोर्चा गठन हुँदै

सर्लाही, ३ जेष्ठ । मधेशका विपक्षमा रहेका राजनीतिक दल र राज्यसत्ताका विरूद्ध मधेशमा सशस्त्र समूहहरू मोर्चाबन्दी गर्न थालेका छन् । राजनीतिक, मानसिक र शारिरीक मृत्युवरणबाट जोगिएका मधेशवादी सशस्त्र समूहहरूले आफ्नो आफ्नो मोर्चाको नेतृत्व स्वीकार गरिदिन जयकृष्ण गोइतलाई आग्रह गरेका छन् ।

पत्रकारका लागि अनुशिक्षण

दिनेश ठाकुर, नेपालगञ्ज, २ जेष्ठ । पे्रस स्वतन्त्रताको पूर्ण प्रत्याभुतीले नै पत्रकारहरुलाई व्यवसायिक र जिम्मेवार बनाउने एक कार्यक्रमका अगुवा सञ्चारकर्मीले बताएका छन् ।

btm