Madhesh

Nepali | English

News

विद्युत महसुल बाँकी रहेका ग्राहकको लाइन काटिदै

प्रेमचन्द्र झा, १० जेष्ठ, गौर । नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख राजेन्द्र कुमार चौधरीले विद्युत महशुल बाँकी रहेका ग्राहकको लाइन काटेर बक्यौता रकम असुल्ने काम तिब्र रुपले भईरहेको कुरा बताएका छन् ।

सवारी साधनको लिलामीबाट करोडौं राजस्व संकलन

चन्द्रकान्त खनाल, रुपन्देही, १० जेष्ठ । बेलहियामा रहेको भैरहवा भन्सार कार्यालय परिसरमा थन्किएका सवारी साधनको लिलामीबाट झण्डै डेढ करोड राजस्व संकलन भएको छ । लामो समयदेखि झन्झटिलो कानुनी प्रक्रिया देखाउँदै लिलाम हुन नसकेका सयौं मोटरसाईकल र गाडी भन्सार कार्यालयमा थन्किदा कयौ थोत्रा र कवाडमा बेच्न पर्ने अवस्थामा पुगेका थिए ।

सामाजिक परिचालनद्वारा मुस्लिम किशोरीहरुको सशक्तिकरण

दिनेश ठाकुर, नेपालगञ्ज, १० जेष्ठ । सामाजिक परिचालनद्वारा मुस्लिम किशोरीहरुको सशक्तिकरण कार्यक्रमअन्तर्गत किशोरीहरुको अवस्था र अभिभावकको दायित्व विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग संघको आन्दोलन स्थगित

रुपन्देही, ९ जेष्ठ । रुपन्देही उद्योग संघले विगत १० दिनदेखि गरेको विभिन्न चरणको आन्दोलन स्थगित गरेको छ । उद्योग संचालनको लागि अपरिहार्य रहेको विद्युत प्रशारणमा उत्पन्न समस्याले औद्यौगिक वातावरण खल्बलिनुका साथै आम उपभोक्तामा परेको ...

इप्रकाको नयाँ भवन बन्ने

कपिलवस्तु, ९ जेष्ठ । इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुको नयाँ भवन बन्ने भएको छ । पश्चिम लोकमार्गस्थित बाणगंगा १ पिपरामा रहेको इप्रका पिपराको नयाँ भवन बन्न थालेको हो ।

नदीमा युवक बेपत्ता

कैलाली, ९ जेष्ठ । नदीमा नुहाउने क्रममा बिहीबार एक युवक डुबेर बेपत्ता भएका छन् ।

महतोको स्वास्थ्य अवस्था बिग्रिँदै

काठमाडौं, ९ जेष्ठ । संविधानसभाको निर्वाचन मिति घोषणा, निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग गठन, नागरिकता वितरण निर्देशिका संशोधन, अन्य प्रमाणपत्रको आधारमा मतदाता नामावली संकलनलगायत १० बुँदे माग राखी जेष्ठ ७ गतेदेखि आमरण अनसनमा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अवस्था बिग्रिदै गइरहेको छ ।

एमाले मोरङमा हानाहान

विराटनगर ९ जेष्ठ । पार्टीले ‘डन’ पर्शुराम बस्नेतलाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा कुर्सी हानाहानसम्मको स्थिति उत्पन्न भएको छ ।

पूर्व सभासद् हत्याबारे छानबिन सुरु

सप्तरी, ९ जेष्ठ । सप्तरीका पूर्व सभासद् सदरुल मियाँ हकको हत्यारा पत्ता नलागेको भन्दै यहाँ शुरु भएको आन्दोलन बुधबार पनि जारी रहेको छ । सोमवार राती सप्तरीको कल्याणपुर २ स्थित विसनपुर चोकमा रहेको हकको आफ्नै पेट्रोल पम्पमा सुतेको अवस्थामा विभत्स हत्या भए पछि आन्दोलन चर्केको हो ।

उद्योग संघले विद्युत प्राधिकरणमा तालाबन्दी गर्ने

चन्द्रकान्त खनाल, रुपन्देही, ८ जेष्ठ । हालको अनियमित लोडसेडिङ्ग, ट्रिपिङ्ग र लो भोल्टेज समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणले कुनै चासो नदेखाएका कारण बिहीबारदेखि रुपन्देही उद्योग संघले नेपाल विद्युत प्राधिकरण वितरण शाखा बुटवलमा अनिश्चितकालीन तालाबन्दी गर्ने भएको छ ।

आदिवासी जनजातिद्वारा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीलाई ज्ञापनपत्र

काठमाडौं, ८ जेष्ठ । नेपाल आदिवासी जनजाति महासंघले चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाएको छ । आदिवासी जनजातिका मागलाई सम्बोधन गर्ने अध्यक्ष रेग्मीले प्रतिबद्धता जनाएको छ ।

करेन्ट लागेर पासवानको मृत्यु

पर्सा, ८ जेष्ठ । सिर्सिया–७ बस्ने २१ वर्षीय आवत पासवानको करेन्ट लागेर मृत्यु भएको छ ।

महतो आमरण दोस्रो दिन पनि जारी

काठमाडौं, ८ जेष्ठ । विभिन्न १० बुँदे माग राखी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मंगलबारदेखि सुरु गरेको आमरण अनसन दोस्रो दिन बुधबार पनि जारी रहेको छ ।

गणतन्त्र स्वीकारे ज्ञानेन्द्रलाई पनि टिकट दिन सकिन्छ : महरा

दिनेश ठाकुर, नेपालगञ्ज, ८ जेष्ठ । एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले कुनै व्यक्तिको विगत हेरेर पूर्वाग्रही हुन नहुने भन्दै ज्ञानेन्द्रले गणतन्त्र स्वीकारे उनलाई जुनसुकै पार्टीले टिकट दिने बताएका छन् ।

पत्रकार कर्णलाई प्रहरीद्वारा केरकार

विनोद कुमार महतो, जनकपुरधाम, ८ जेष्ठ । क्रान्तिकारी पत्रकार महासंघ धनुषाका अध्यक्ष किरण कर्णलाई समाचार संकलनको क्रममा मंगलबार दिउँसो जानकी प्रहरी चौकीका प्रहरी जवानले आधी घण्टा नियन्त्रणमा लिएर केरकार गरेका छन् ।

पोखराका फर्निचर व्यवसायीलाई बुटवलमा स्वागत

बुटवल, ८ जेष्ठ । बुटवल फर्निचर उद्योग संघले एक कार्यक्रमकाबीच पोखरा फर्निचर तथा फर्निसिङ्ग व्यवसायीलाई बुटवलमा स्वागत गरेको छ । संघका अध्यक्ष सूर्य शर्मा सुवेदीको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रम रुपन्देही उद्योग संघमा आयोजना गरिएको थियो ।

सरकार सामु गुप्ताको आठबुँदे माग

काठमाडौं, ८ जेष्ठ । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले अन्तरिम चुनावी सरकारसामु आठ बुँदे माग प्रस्तुत गरेका छन् । गुप्ताले आफ्नो माग सम्बोधन नभए निर्वाचनमा पनि भाग नलिने चेतावनी दिएका छन् ।

प्रधानसेनापति र भारतीय जर्नेलबीच शिष्टाचार भेटघाट

काठमाडौं ८ जेष्ठ। प्रधानसेनापति गौरव शम्शेर ज.ब.रा संग भारतीय सेनाका वेष्टर्न कमान्ड जर्नेल ज्ञानभुषण नेतृत्वको टोलीसँग जंग्गी अड्डामा शिष्टाचार भेट गरेको छ ।

वर्तमान सरकार अवैधानिक : हरिभक्त

रौतहट, ८ जेष्ठ । नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य हरिभक्त कँडेलले वर्तमान सरकार अवैधानिक रहेको दाबी गरेका छन् ।

रुपन्देहीमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू

रुपन्देही, ७ जेष्ठ । रुपन्देही जिल्लाको सालझण्डी र रुद्र्रपुर गाविसको जङगलमा परीक्षण स्वरुप वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ ।

btm