News
निःशुल्क ह्विल चियर वितरण शिविर शुरु
चन्द्रकान्त खनाल, बुटवल, ६ जेष्ठ । अपाङ्गता भएका व्यक्तिहरुका लागि बुटवलमा निःशुल्क ह्विल चियर वितरण शिविर शुरु भएको छ । तीन दिनसम्म संचालन हुने शिविरमा ७५ जनाले निःशुल्क सेवासहित ह्विल चियर पाउने छन् ।
नेपाल–भारतका सैनिकहरुको दोस्रो टोलीद्वारा सफलतापूर्वक सगरमाथा आरोहण
काठमाडौं, ६ जेष्ठ । विगत १ महिनादेखि सगरमाथा वेश क्याम्प र सोभन्दा माथि संयुक्त रुपमा रहेको नेपाल–भारत संयुक्त सेना सगरमाथा आरोहण तथा सफाई अभियान–२०१३ अन्तर्गत दोस्रो तथा अन्तिम आरोहण टोलीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
पुरस्कार स्थापनाका लागि एक लाखको चेक प्रदान
दिनेश ठाकुर, नेपालगञ्ज, ६ जेष्ठ । नेपाल पत्रकार महासंघ बाँके शाखाको नाममा पुरस्कार स्थापनाका लागि दाता गोपाल वैरागीले एक लाखको चेक प्रदान गरेका छन् । नेपालगञ्ज –१३ निवासी वैरागीले स्व धर्मपत्नी माधवी शर्माको नाममा माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार...
विद्युत प्राधिकरणमा उद्योग संघको धर्ना
चन्द्रकान्त खनाल, रुपन्देही, ६ जेष्ठ । नेपाल विद्युत प्राधिकरणद्वारा हाल जारी अनियमित लोडसेडिङ्ग, लो भोल्टेज र ट्रिपिङ्ग समस्या उत्पन्न भएको भन्दै रुपन्देही उद्योग संघले आइतबार विद्युत प्राधिकरण वितरण शाखामा धर्ना दिएको छ ।
एमाओवादीले बुनेको जालो च्यात्नैपर्छ : पौडेल
सर्लाही, ६ जेष्ठ। कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादीको घुर्की र धम्कीको कुनै तुक नरहेको बताएका छन् । उनले एमाओवादीले आफ्नो प्रभाव बढाउन सुकुमबासी समस्या समाधान
श्रीमतीलाई गोली हानी हत्या
सिरहा, ६ जेष्ठ । सिरहाको दक्षिणी गाढा गाविस–९ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् ।
सद्भावनाको वार्ता सकारात्मक, माग पूरा गर्ने प्रतिबद्धता
काठमाडौं, ६ जेष्ठ । सद्भावना पार्टीले विगत सात दिनदेखि गर्दै आइरहेको आमरण अनसन स्थगित गरेको छ । सरकारले माग पूरा गर्ने आश्वासन दिएपछि सद्भावना पार्टीले जारी गरेको आमरण अनसन स्थगित गरेको हो ।
१ सय ६ वर्षमा नागरिकता
मणि प्रसाद गैहे्र, कपिलवस्तु, ५ जेष्ठ । १ सय ६ वर्षमा नागरिकता प्राप्त भयो भन्दा जो कोहीलाई पनि अचम्म भने होइन । कपिलवस्तु जिल्ला हथौसा–७ भड्हिवा निवासी नन्दीदेवी गैरेले १ सय ६ वर्षमा घरैमा नारिकता पाप्त गरेकी छन् ।
नेपाल–भारतका सैनिकद्वारा सफतापूर्वक सगरमाथा आरोहण
काठमाडौं, ५ जेष्ठ । विगत १ महिनादेखि सगरमाथा वेश क्याम्प र सो भन्दा माथि संयुक्त रुपमा रहेको नेपाल—भारत सगरमाथा आरोहण तथा सरसफाई टोलिमध्ये पहिलो टोलीले सगरमाथाको सफल आरोहण गरेको छ ।
सद्भावनाका अध्यक्ष र महासचिव आमरण अनसन बस्दै
काठमाडौं, ५ जेष्ठ । सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष र महासचिव मनिषकुमार सुमन आजदेखि आमरण अनसन सुरु गर्दैछन् । सद्भावना पार्टीले विगत १८ दिनदेखि जारी गरेको आन्दोलनप्रति सरकारले बेवास्ता गरेको भन्दै अध्यक्ष र महासचिव पनि आमरण अनसनमा बस्न बाध्य भएको पार्टी स्रोतले जनाएको छ ।
बच्चालाई बे्रनट्यूमर भएपछि सहयोगको आग्रह
चन्द्रकान्त खनाल, रुपन्देही, ५ जेष्ठ । भगवानले पनि किन यसो गर्दछन् होला ! दिनभरि काम गरेर बालबच्चा पाल्ने, काम नगरि खाननपुग्ने, केहि गर्नेपरे आफनौ पसिना बेच्नु पर्नै, त्यो अवस्थामा रहेका गरिबलाई झन् चोटमाथि चोट किन दिन्छन् होला ।
रेडियो रुबरु एफएम पाँचौ वर्षमा
दिनेश ठाकुर, नेपालगञ्ज, ५ जेष्ठ । नेपालगञ्जमा संचालित रेडियो रुबरु एफएम पाँचौ वर्षमा प्रवेश गरेको छ । रुबरु सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो रुबरु एफएमले
थारु विद्यार्थीद्वारा उम्मेदवारी दर्ता
दिनेश ठाकुर, नेपालगञ्ज, ५ जेष्ठ । यहि जेष्ठमा हुने स्ववियू निर्वाचनमा थारु विद्यार्थी परिवार महेन्द्र वहुमुखि क्याम्पस नेपालगन्जले आफ्नो तर्फबाट उम्मेदवार उठाउने भएको छ ।
तीन बालिकाको जिवितै उद्धार
विनोद कुमार महतो, जनकपुरधाम, ५ जेष्ठ । धनुषाको सिमानामै रहेको महोत्तरी जिल्लाको किसाननगर गाविसस्थित बड़हरी खोलामा अचानक आएको बाढीले बगाएको तीन जना बालिकालाई शनिबार जिवितै उद्धार गरिएको छ ।
मोटरसाइकलबाट खसेर वृद्धाको मृत्यु
रौतहट, ५ जेष्ठ । मोटरसाइकलको पछाडि बसी यात्रा गरिरहदा अचानक खस्दा वृद्धाको मउत्यु भएको छ । बसन्तपट्टी–२ बस्ने २५ वर्षीय सुनिल पटेलले हाँकेको ग.४ प ३०८२ नम्वरको मोटरसाइकको पछाडी बसी यात्रा
ट्रकको ठक्करबाट दुईको मृत्यु
विराटनगर, ५ जेष्ठ । मिनि ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
हिमपहिरोमा पुरिएर सातजना बेपत्ता
धनगढी, ४ जेष्ठ । यार्सागुम्बा टिप्न गएका सातजना हिउँपहिरोमा पुुरिएर बेपत्ता भएको जनाइएको छ ।
सद्भावना अध्यक्ष महतो पनि आमरण अनसनमा बस्ने
नेपालगञ्ज ४ जेठ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सद्भावना पार्टीले उठाएका १० सूत्रीय मागप्रति सरकार गम्भीर नभएको भन्दै आफू पनि भोली(आइतबार)देखि काठमाडौंमै आमरण अनसनमा बस्ने घोषणा गरेका छन् ।
संविधानसभाको चुनाव अति आवश्यक : निधि
चन्द्रनिगाहपुर, ४ जेष्ठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले संविधानसभा निर्वाचनका लागि सबै मिलेर जानुपर्ने बताएका छन् ।
बाँकेमा पत्रकार कल्याण कोष स्थापना हुने
दिनेश ठाकुर, नेपालगञ्ज, ४ जेष्ठ । नेपाल पत्रकार महासंघ बाँकेले जिल्लामा पत्रकार कल्याण कोष स्थापना गर्ने भएको छ । शाखा अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा शुक्रबार बसेको मासिक बैठकले पत्रकारहरुको हकहित, उपचार लगायतका लागि पत्रकार कल्याण कोष स्थापना




