एनसेलले ल्यायो सार्वजनिक यातायातको सेवालाई सहज बनाउने एप ‘लेट्जगो’

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहज रुपमा पूर्व जानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्ने भएका छन् ।

एनसेल प्राईभेट लिमिटेडले रामलक्ष्मण ईनोभेसन्स् प्राईभेट लिमिटेडसँग सहकार्य गर्दै ‘लेट्जगो’ नामक सार्वजनिक यातायात सम्बन्धि मोबाइल एप ल्याएको छ, जस मार्फत प्रयोगकर्ताले अब सहजै विभिन्न रुटमा चल्ने बसहरु हालकहाँ छन् र आफुले चढ्न चाहेको बस कति समयको अन्तरालमाआफुलाई पायक पर्ने बिसौनीमा आईपुग्छ भन्ने जानकारी प्राप्त गर्दछन् ।

लेट्जगो एपयहिशुक्रबार (भाद्र ८)बाट संचालनमाआउँदै छ र एनसेलको सिम प्रयोगकर्ताले शुक्रबारबाटै उक्त एपको सेवालिंदै बस स्ट्यान्डमा लामो प्रतिक्षा गर्नु पर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।

एपले प्रयोगकर्तालाई विद्यमान समयमा संचालनमा रहेका सार्वजनिक बसको बारेमा जानकारी दिन्छ र सोहीअनुसार प्रयोगकर्ताले आफुलाई पायक पर्ने बस बिसौनीमागई बस चढ्न सक्छन् ।

लेट्जगो एपप्रयोग गर्नका लागि प्रयोगकर्ताले एनसेलको सिमकार्ड प्रयोग गरी सर्वप्रथम एप सुचारु गर्नु पर्छ । एप सुचारु गरे पश्चात भने कुनै पनि डाटा नेटवर्कमा रही यसको प्रयोग गर्न सकिनेछ । एप गुगलप्ले स्टोरबाट सजिलै डाउनलोड गरी यसको लाभलिन सकिनेछ ।

शुरुवाती चरणमा यो एपले काठमाडौं उपत्यकाको १०८ वटा रुटहरुमा संचालनमा रहेका ६०० भन्दा बढि सार्वजनिक सवारी साधनहरुको बारेमा जानकारी प्रदानगर्नेछ । सवारी साधनको जानकारी सम्बन्धित सवारी साधनमा जडान गरीएको जिपिएस ट्राकिङ् प्रणालीका आधारमा प्राप्त हुन्छन् ।

ग्राहकको सुविधाकालागि र डिजिटल प्रविधिमाआधारित यस नविन सेवालाई प्रवर्धन गर्नका लागिएनसेलले यो एपलाई ‘जिरो रेटेड’ गरेको छ । अर्थात यस एपको प्रयोग गर्दा खपत हुने डाटामा कुनै शुल्कलाग्ने छैन । एप स्टोरबाट एप डाउनलोड गर्दा भने विद्यमान डाटा शुल्कलाग्नेछ ।

रामलक्ष्मण ईनोभेसन्स्सँगको सहकार्यमा आफ्ना ग्राहककालागि सार्वजनिक यातायात सेवालाई सहजतथाग्राहक मैत्रीबनाउन लेट्जगो एपल्याउनपाएको कम्पनीनिकै हर्षित भएको एनसेलले जनाएको छ । यस एपले सरकारको डिजिटल नेपालको अवधारणालाई साकार पार्न योगदान पुर्याउदै स्मार्ट सिटीको विकासमा मद्दत पुप्याउने विश्वास कम्पनीले लिएको छ ।

एपप्रयोगकर्ताले आफुलाई पायक पर्ने बस बिसौनीमाआफु सवार हुने रुटको बस नजिकआउँदा अलर्ट प्राप्तगर्ने सुविधापनिआफैं राख्न सक्छन् । यस्तो बेलामा बस र प्रयोगकर्ताको दुरी कति छ र बस भएको स्थानमापुग्नलाग्ने समय पनिएपले जानकारी दिनेछ, जसले प्रयोगकर्तालाई आफ्नो यात्राप्लानगर्न सहजबनाउने छ ।

“सार्वजनिक यातायातलाई यात्रु मैत्रीबनाउने उद्देश्य लिई लेट्जगो एपल्याउनपाएकोमा हामीगौरवान्वित छौं । यातायातव्यवस्थाविभाग, ट्राफिक प्रहरी, सार्वजनिक सवारी साधनका संचालकहरु, दैनिक रुपमा सवारी प्रयोग गर्ने यात्रु अनिआमनागरिक लगायतका सम्बन्धित सरोकारवालाहरुसँग वृहत छलफल गरेर हामीले यो एपको विकास गरेका हौं ।

यसले सार्वजनिक यातायातप्रयोगकर्ताको दैनिकी सहजबनाउने विश्वास छ,” रामलक्ष्मण ईनोभेसन्स्का प्रविधि अनुसन्धानकर्ता राम प्रसाद रिमालले भने । “हामीसँग सहकार्य गर्दै एपलाई सार्वजनिक गरेकोमा हामीएनसेल प्रतिआभारी छौं । एपलाई अझउपयोगीबनाई प्रयोगकर्तालाई अझ परिस्कृत अनुभवप्रदानगर्न हामीयसमाअझै धेरै विशेषताहरु थप्दै जाने छौं ।”

लेट्जगो एपमा लोकेसन शेयर, ट्याक्सीबुकिङ् र आन्तरिक उडानका समय तालिकालगायतअन्यविशेषताहरु पनि रहेका छन् ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com