गोविन्दा आउँदै

काठमाडौं, २८ भाद्र । एलजी सिनेमा सर्कल अवार्ड २०७५ मा अतिथिका रूपमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा सपरिवार काठमाडौँ आउँदै छन् । उनी भदौ ३० गते काठमाडौं आईपुग्ने सिनेमा सर्कलका अध्यक्ष दिनेश डीसीले बताए । छोरा यश, पत्नी सुनिता र छोरी टिना एक दिन अघि नै नेपाल आइपुग्ने छन् । उनको परिवार तीन दिन नेपाल रहनेछ । भदौ ३१ गते अवार्ड समारोह सकिएपछि उनी पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम तय छ । गोविन्दाको परिवार होटल याक एन्ड यतीमा बस्ने बताइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com