फर्किए सत्रुघ्न सिन्हा

काठमाडौं, २८ भाद्र । चर्चित बलिउड अभिनेता सत्रुघ्न सिन्हा निजी भ्रमणका सिलसिलामा नेपाल आएर फर्केका छन् । नेपाली व्यवसायी चौधरी ग्रुपका सदस्य बरूण चौधरीका छोराको पास्नीमा सहभागी हुन उनी नेपाल आएका थिए ।

सिन्हा आइतबारै काठमाडौं उत्रेका थिए । होटल सोल्टीमा बसेका उनी चौधरीको पारिवारिक कार्यक्रममा सहभागी हुँदै केही सीमित कलाकारलाई पनि भेटेका थिए ।

यस्तै, उनी सिम्रिक एयरको हेलिकोप्टरमार्फत नवलपरासीस्थित चौधरी ग्रुपले निर्माण गरेको साश्वत धाम पुगेका थिए । दुई वर्षअघि एलजी सिनेमा सर्कल अवार्डमा सहभागी हुन नेपाल आएका सिन्हा पुनः नेपाल आएका हुन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com