मधेशमा दलित र गैरदलितबीच सद्भाव बढ्दै

सिरहा, २९ भाद्र । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकामा दलित र गैरदलित बीचको सद्भाव बढ्न थालेको छ । यी दुई समूदायबीचको सद्भाव तीज पर्वमा समेत देखिएको छ ।

दलित र गैरदलित समुदाय अलगअलग पूरोहितबाट पुजापाठ गराउने चलन छ । गैरदलितका पूरोहितले दलितको पुजापाठमा आफ्नो सहभागिता जनाउँदैनथ्यो । त्यहीं दलितका पूरोहितबाट गैरदलितले पुजापाठ गराउ नमान्दैनथे ।

यी परम्परा तोड्दै सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमराहामा दलितका पूरोहितबाट गैरदलितले पनि मन्त्र पढ्न लगाउँदै तीज व्रतको पुजा गराएका हुन् । मानवअधिकार पैरवी संजालकी उपसंयोजक भगवती पौडेलले सिमराहाका ५० जना महिलाहरुले दलितका पूरोहित टुनाई पासवानबाट पुजा सम्पन्न गराएको जानकारी दिइन् ।

पौडेलले भनिन्, ‘साझा आवाज परियोजनामार्फत संचालित मानवअधिकार सम्बन्धी तालिम लिएको कारण पुजापाठको विषयमा रहेको परम्पराहरु परिवर्तन गर्न सकिएको हो । दलितका पूरोहितले पनि त्यही वेद र मन्त्र पढेकोले पुजापाठमा कुनै समस्या आएन ।’ सिमराहा गाउँमा पहाडबाट बसाई सरेका समूदाय एवं पासवान, धानुक जातिको बसोबास छ ।

मानवअधिकार पैरवी संजाल गठन भएदेखि नै विभेद र छुवाछुतविरुद्ध आवाज उठाउन थालिएको संयोजक सत्यनारायण ठाकुरले बताए । संजालले महेशवारी गाउँको खाजा पसलहरुमा दलित समूदायको सहज पहुँचका लागि चेतनामूलक कार्यक्रम गर्ने लक्ष्य लिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com