विदेशमा श्रम बेचेर होइन, आफ्नै मुलुकमा परिश्रम गरेपछि समृद्धि हुन्छ : मन्त्री यादव

राजविराज, ३० भाद्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्ने कार्यमा सरकार प्रतिबद्ध भएर लागेको बताएका छन् ।

सप्तरीको राजविराजमा प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विदेशमा श्रम बेचेर हुँदैन बरु आफ्नै देशमा मेहनत र मजदुरी गरे आर्थिक विकास हुन्छ भने । उद्योग सञ्चालन गरे बिजुली, पानी र बाटोको सुविधा सरकारले उपलब्ध गराउने नयाँ सोच ल्याएको बताउँदै उहाँले आफ्नै देशमा लगानी र रोजगारी गर्ने आग्रह गरे ।

कृषि उत्पादनमा वृद्धि ल्याउन सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको बताउँदै मन्त्री यादवले कृषिमा आधुनिकीकरण गर्न सकिएमा खाद्यान्नमा आत्मनिर्भर हुन सकिन्छ भने ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com