जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेको कर घटाउने

जनकपुरधाम, ३१ भाद्र । जनकपुरधाम उपमहानगरपालिकाले नयाँ शीर्षकमा बढाएको कर घटाउने भएको छ । जनकपुरधाम उपमहानगरमा प्रमुख र उपप्रमुख राजपा नेपालका प्रतिनिधिहरुहरु छन् । राजपाले कुनै किसिमको नयाँ कर नलिन निर्देशन दिएको थियो ।

कर वृद्धिको विरुद्धमा नेपाली कांग्रेस नगर समितिले आन्दोलनसमेत गर्दै आएको थियो । उपमहानगरले वृद्धि गरेका कर घटाउने सहमति भएको छ । नेपाली कांग्रेस नगर समिति, उद्योग वाणिज्य संघ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट सो सहमति भएको हो ।

उपमहानगरपालिका र नेपाली कांग्रेस नगर समितिबीच भएको सहमतिअनुसार वृद्धि गरिएका करको अध्ययन गरी संशोधनको प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

नगर समितिका सभापति मनोज साहले उपमहानगरपालिकाको आर्थिक ऐन, २०७५ ले निर्धारण गरेका कर, गैरकर तथा सेवा शुल्कका दरमा संशोधन प्रयोजनका लागि यथाशीघ्र कार्य प्रक्रिया अघि बढाई कार्यान्वयन गर्ने दुवै पक्षबीच सहमति भएको बताए ।

छलफलमा नगरप्रमुख लालकिशोर साह, उपप्रमुख रीताकुमारी मिश्र, नेपाली काङ्गे्रसका पदाधिकारी र उद्योग वाणिज्य सङ्घका महासचिव जितेन्द्रकुमार महासेठको सहभागिता रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com