रक्सौल काठमाडौं रेलको प्रोटोकलमा केही दिनमा सहमति : प्रधानमन्त्री

काठमाडौं, ३१ भाद्र । प्रधानमन्त्री केपीशर्मा ओलीले रक्सौल काठमाडौं रेल बारेमा प्रटोकल सहमति गर्ने तयारी गरिएको बताएका छन् । काठमाडौंमा कारोबार दैनिकले गरेको कार्यक्रमा प्रधानमन्त्री ओली यस विषयमा केही दिनमै दुई सरकार बीच प्रटोकल हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले चीन र भारत दुबैदेशसँग मिलेर नेपालले आर्थिक विकासको दिशमा अघि बढ्न खोजेको बताए । कार्यक्रममा भारतीय जनता पार्टीका नेता गोपाल कृष्ण अग्रवालले भारतले आर्थिक विकासका लागि गरेको प्रयास र तत्कालीन समस्याहरुका बारेमा जानकारी दिँदै भारतले आर्थिक विकासका लागि गरेको प्रयासबाट नेपालले लाभ लिनु पर्ने बताए ।

उनले लगानीका लागि निजी क्षेत्रलाई खुला राख्न र विदेशी लगानी आकर्षित गर्न सक्दा नेपालले छिटो आर्थिक विकास गर्न सक्ने बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com