दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन

राकेश यादव, रौतहट, ३१ भाद्र । रौतहटका चन्द्रनिगाहपुरमा दुई जना बालिका माथि गरिएको तेजाब प्रहारको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै सदरमुकाम गौरमा प्रदर्शन गरिएको छ । विभिन्न क्षेत्रमा आवद्ध युवाहरु, महिला तथा संचारकर्मीहरुले दोषीलाई कारबाही गर भन्दै प्रदर्शन गरेका छन् ।

घरमा सूतिरहेको अवस्थामा गत २६ गतेका रातिको समयमा अज्ञात समूहले समझना र सिर्जना दासमाथि एसिड प्रहार गरेका थिए । तेजाबबाट गंभीर घाइते भएकी दुवै दीदी बहिनीलाई उपचारको लागि चन्दा संकलन गर्ने कार्य समेत जारी रहेको छ । आजसम्म रौतहटमा न भएको तेजाब घटनाले बालबालिकाहरु त्रसित बनेका छन् ।

विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा त्रासका वातावरण सिर्जना भएको अवस्थामा स्थानीय प्रशासनले घटना भएको १ हप्ता बित्न लाग्दा पनि दोषीलाई पत्ता लगाउन सकेको छैन ।

रौतहटमा नयाँ प्रहरी प्रमुखको रुपमा केदार प्रसाद ढकाल आएपछि सुरक्षाको थ्रेटिंग बढेको छ । चोरी, बलात्कारको साथसाथै तेजावको घटना हुनुले महिला तथा बाल बालिकाहरुलाई असुरक्षाको अनुभूति भैरहेको महिला अधिकारकर्मीहरुको कथन रहेको छ ।

शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउने ठोकूवा गरेका प्रहरी उपरीक्षक ढकालले एउटा अपराधी पता लगाउन नसकेको तीव्र आलोचना समेत भैरहेको छ । ढकालको आगमन पछि जिल्ला प्रहरी कार्यलयबाट सुचना दिने कार्यमा पनि अवरोध भएको छ ।

पहिला घटना हुँदा प्रहरी कार्यालयबाट संचारकर्मीहरुलाई सन्देश पठाउने चलन थियो तर अहिले विगत १५ दिन देखि सुचना दिने कार्यको निरन्तरता तोडिएको छ । घटनाको सम्वन्धमा फोन गर्दा सवैलाइ ईमेल पठाउन आदेश दिएको प्रहरी उपरीक्षक ढकालले भन्दै आए पनि व्यव्हारमा लागु गरिएको छैन ।

एसिड घटनामा संलग्न भएकोलाइ तदरूकताका साथ खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com