मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनका लागि १७ करोड बिनियोजन

चन्द्रकान्त खनाल, रुपन्देही, १ असोज । प्रदेश नं ५ सरकारले अघि सारेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनका लागि कार्यक्रम सञ्चालन निर्देशिका पारित पारित छ ।

प्रदेश सरकारको आज मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले कार्यक्रम सञ्चालन निर्देशिका पारित गरेको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेशका अति पिछडिएका र मानव सूचकाङ्कमा पछाडि परेका १२ जिल्लाका ३४ गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको सरकारका प्रवक्ता एवं भौतिक योजना तथा विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

उनका अनुसार सरकारले सार्वजनिक गरेको आव २०७५/७६ को बजेटमा समेत कार्यक्रम सञ्चालन गर्ने गरी रु १७ करोड बजेट विनियोजन गरेको छ । यसका लागि समन्यायिक र समावेशी विकासका लागि प्रदेशका विकासका काम गरिबी निवारण प्रति परिलक्षित हुने उल्लेख गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन निर्देशिका प्रदेश सरकारले दुई तहको संरचना तय गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com