युनियनमा पुनः भण्डारी

कपिलवस्तु, १ असोज । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको छैठौ जिल्ला अधिवेशनले पुनः गोपाल भण्डारीको अध्यक्षतामा नयां कार्य समिति चयन गरेको छ ।

उपाध्यक्षमा खग प्रसाद चपाई, समावेशी उपाध्यक्षमा किरणमान बज्रचार्य, सचिवमा मणि प्रसाद गैेह्रे, सहसचिवमा कृष्ण गैर र कोषाध्यक्षमा गुरुदेव पौडेल चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस स्वतन्त्रता र अधिनायकवाद लाद्न खोजेको सरकार विरुद्ध जनता र पत्रकारले खबरदारी गर्ने बताए ।

डर त्रासमा नरही पत्रकारहरुले कलम चलाउनु पर्ने र लोकतन्त्र र स्वतन्त्रताका लागि सधै खबरदारी गर्नु पर्ने बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com