फोरमको केन्द्र र प्रदेशमा मत बाझियो : प्रदेशले कालो दिवस मनाउने, केन्द्र मौन बस्ने

काठमाडौं, १ असोज । संविधान दिवस मनाउने सन्दर्भमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको केन्द्र र प्रदेशको मत बाझिएको छ ।

फोरमको मधेश प्रदेश समितिले संविधान दिवसको विरोधमा कालो दिवस मनाउने निर्णय गरेको छ भने केन्द्रले त्यस्ता कुनै पनि कार्यक्रममा सहभागी नहुन आदेश दिएको छ ।

मधेश प्रदेश समितिका अध्यक्ष रेणु कुमारी यादवले आइतबार संविधान दिवसको विरोधमा विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेकी थिइन् । उनले हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानहरुमा कालो झण्डा झुण्ड्याउने र ब्ल्याक आउट गर्नेसम्मका कार्यक्रमहरु सार्वजनिक गरेकी छन् ।

यसैगरी, केन्द्रले वर्तमान अवस्थामा कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुने जनाइएको छ । फोरमले यस सम्बन्धमा अन्य कुनै भ्रममा नरह्न आग्रह गरेको छ ।

फोरमको केन्द्र र प्रदेशले यसरी दुईथरिका निर्णयहरु गर्दा फोरमकै आम कार्यकर्ताहरु अन्योलमा छन् । फोरमका ती नेता कार्यकर्ताहरुले अब प्रदेशको निर्णय मान्ने कि केन्द्रको ? द्विविधामा छन् फोरमहरु ।

फोरमका एक नेताले मधेशवाणीसँग कुराकानी गर्दै भने, ‘हामी अब के गर्ने ? कालो दिवस मनाउने कि मौन बस्ने ? हामी त दोधारमा पर्यौं ।’

नाम नखुलाउने शर्तमा ती नेताले मधेशलाई भने, ‘फोरम अहिले सत्तालोलुप्त भएको आम गुनासोलाई मेटाउन सकेको छैन । फोरमको यस्ता दुईखाले निर्णयले जनता र कार्यकर्ता सबैलाई अन्योलमा राखेको छ ।’


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com