भूगोलका कारण नेपाल भारतबाट टाढा हुन सक्दैन : भारतीय सेना प्रमुख

काठमाडौं, १ असोज । भारतीय सेना प्रमुख विपिन रावतले ‘भौगोलिक बाध्यता’ कारण नेपाल र भुटानले चाहेर पनि भारतबाट टाढा जान नसक्ने दाबी गरेका छन् । भारतीय सेनाप्रमुख रावतले भूगोलकै कारण यी दुई मुलुकले चीनतर्फ ढल्किन नसक्ने पनि दाबी समेत गरे ।

भारतको पुनेमा भएको बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास ‘माइलेक्स–१८’ को समापन समारोह पछि आयोजित पत्रकारहरुसँगको अन्तक्रियामा उनले नेपाल र भुटान भारतबाट टाढा जान नसक्ने उल्लेख गरे ।

नेपाल र भुटानजस्ता मुलुकहरुले भूगोलका कारण स्वाभाविक रुपमा भारतर्फ झुकाव राख्नुपर्छ र भूगोलका कारण नै चीनतर्फ भन्दा भारततर्फ झुकाव राख्न अनुकूल हुने उनको तर्क छ ।

सेना प्रमुख रावतले भारतीय नेतृत्वले पनि छिमेकी पहिले र पूर्व हेर नीति लिएको चर्चा गर्दैै बिमस्टेक पनि त्यही नीति अन्तर्गत रहेको र आफूहरु छिमेकीसँगको सम्बन्ध सुदृढ पार्न प्रयासरत रहेको उल्लेख गरे ।

ठूलो मुलुक भएकाले आफूहरुले लिएको अग्रसरतालाई त्यसलाई अन्य मुलुकले अनुसरण गर्नु पर्ने उनको भनाइ छ ।

तर सोही कार्यक्रममा भारतीय रक्षा राज्यमन्त्री सुभाष भाम्रेले भने नेपालमा सैन्य नेतृत्व भर्खरै परिवर्तन भएको हुँदा सैन्य भाग नलिने निर्णयलाई अन्य कोणबाट हेर्न नहुने स्पष्ट पारे ।

साताव्यापी उक्त सैन्य अभ्यासमा नेपाल र थाइल्याण्ड औपचारिक रुपमा सहभागी भएका छैनन् । दुवै मुलुकले पर्यवेक्षकका रुपमा मात्र सहभागिता जनाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यास नेपालले अन्तिम समयमा भाग नलिने निर्णय गरेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com