Interview

मधेशी दलहरूले कम्युनिष्टको फेरो समातेका छन् : जितेन्द्र नारायण देव

हाम्रो सन्दर्भमा संविधान संशोधनको आवश्यक्ता र औचित्य त्यतिबेला नै थियो, जतिबेला हामीले संविधानमा हस्ताक्षर गरेनौं । संविधान संशोधन नचाहने, मधेशी जनतालाई अधिकार दिन नचाहने, पहिचान विरोधी, संघीयतालाई कमजोर बनाउन चाहनेहरू राजनीतिक पार्र्टी र नेताहरूको भनाई हो औचित्य र आवश्यकक्ताको आधारमा संविधान संशोधन हुन्छ । यो त एउटा षड्यन्त्रकारी भाषा हो ।

गुणस्तरमा “कम्प्रोमाइज” छैन : ब्रजेश कुमार झा

हामीले ल्याएका वस्तु विश्वासका साथ प्रयोग गर्ने उपभोक्तलाई धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि गुणस्तरीय सामानहरू नै खरिद गरौं र स्वस्थ रहौं भन्न चाहन्छु ।

जनतालाई विकासको अनुभूति भएको छ : दीपनारायण प्रसाद रौनियार

सिंहदरबार गाउँ गाउँमा भन्ने नाराभन्दा कामहरूबाट जनताले महसुस गरेका छन् । तर, जुन किसिमले हामी जनतालाई सुख सुविधा दिनुपर्ने हो, त्यो दिन सकिरहेका छैनौं ।

हामीले कुनै नयाँ कर लगाएका छैनौं : श्रवण कुमार यादव

हामीले कुनै किसिमको नयाँ वा जनतालाई भार पर्ने कर लगाएका छैनौं । जतिबेला मिर्चैया नगरपालिका घोषणा भयो, त्यो बेला करको जुन दायरा थियो त्यसैअनुसार अहिले पनि चलिरहेको छ । तर, यहाँ जनतालाई भ्रममा पार्न विभिन्न किसिमका कुरा गरिँदैछ ।

ईपीजीको प्रतिवेदनले सम्बन्धलाई थप मजबुत बनाउँछ : डा. भेषबहादुर थापा

नेपाल—भारतको सम्बन्ध जति प्रगाढ छ, त्यसलाई अझ सुमधुर बनाउने हाम्रो प्रयास हो । विगतमा भएका सन्धी–सम्झौता, व्यापार, जलविद्युत्लगायत अन्य विभिन्न विषयहरू यो प्रतिवेदनमा समावेश गरिएको छ ।

शहीद परिवारलाई ५० लाख दिइनेछ : सत्यनारायण मण्डल

मधेशमा अहिले तीनवटा पक्ष देखिएका छन् । एउटा पक्ष छ, जो तराई मधेशलाई अलग राष्ट्र बनाउन लागेको छ । दोस्रो पक्ष फोरम नेपाल हो जो सरकारमै सम्मिलित छ । उसले सत्तापक्षको धर्म निर्वाह गर्दै आएको छ । तर, तेस्रो पक्ष राजपा नेपाल हो जो संघीय संसदमा तेस्रो ठूलो पार्टीको रूपमा स्थापित छ । त्यसैले राजपाले मधेशभरिका सबै शहीद परिवारहरू र घाइतेहरूको एउटा अभिलेख बनाएर नेपाल सरकारलाई बुझाएको छ ।

करभन्दा विकास बढी प्राथमिकतामा : हरिप्रसाद मण्डल मेयर

समस्या र चुनौती त छँदैछ । किनभने ग्रामीण भेगलाई एकैचोटि कहीं नगरपालिका र गाउँपालिका बनाइयो । विगतका चार–पाँच वटा गाउँ विकास समितिहरूलाई जोडेर नगरपालिका बनाइएको हो ।

कांग्रेसबाट बाहिरिन सक्छौं : भारतेन्दु मल्लिक

हाम्रो वैकिल्पक बाटो दुईटा हुन सक्छ । कुनै पार्टीमा प्रवेश गर्ने अथवा नयाँ दल दर्ता गरेर राजनीतिक यात्रा सुरू गर्ने । हामी साथीहरूसँग छलफल गरिरहेका छौं । जिल्ला–जिल्लामा पनि हाम्रा पार्टीका नेताहरूसँग सरसल्लाह भइरहेको छ ।

जितेन्द्र सोनलको भूमिका दुःखलाग्दो छ : मनिष सुमन

राजपा नेपालको प्रदेश नम्बर २ को संसदीय दलको भूमिका त्यो दिन निकै दुःखदायी रह्यो । संसदीय दलका वर्तमान अध्यक्ष तथा प्रदेशमन्त्री जितेन्द्र प्रसाद सोनलको भूमिका पनि दुःखलाग्दो रह्यो । समयमा ठोस निर्णय लिन नसक्नेलाई कसरी नेता भन्ने ?

विकासमा कांग्रेसको अवरोध छ : अभय कुमार सिंह मेयर

कांग्रेसका सांसद डा. अमरेश सिंहको डरले कर्मचारी त्यहाँ बस्दैन । उहाँका भाई भतिजाहरूले यति धेरै धाक धम्की दिन्छन् कि कर्मचारी खेप्नै सक्दैनन् ।

संशोधनका लागि फोरमले ठोस र मूर्त विषय ल्याएको छैन : देवप्रसाद गुरूङ

अहिलेसम्म के विषयमा संशोधन गर्ने भन्ने विषय नै सहमति जुटिसकेको छैन । सैद्धान्तिकरूपले संविधान संशोधन गर्न सकिन्छ । संविधान भनेको अपरिवर्तनीय दस्तावेज होइन । त्यसकारणले यो जुनसुकै समयमा संशोधन हुनसक्छ । तर, संशोधन गर्न कतिखेर कुन विषयमा, कुन समयमा के विषयमा संशोधन गर्ने भन्ने कुरामा सहमति हुनुप¥यो नि । भनेपछि निष्कर्षमा भन्नुपर्दा के विषयमा सहमति गर्ने एजेन्डा त प्रष्टरूपमा आउनुप¥यो ।

आन्दोलनलाई बदनाम गराउन थमन विकको हत्या गरियो : अभिराम शर्मा

राज्यको नियत ठिक भइदिएन । राज्यले मधेश आन्दोलनलाई कमजोर बनाउन खोज्यो । म त्यतिबेलाको तराई–मधेश लोकतान्त्रिक पार्टीको जिल्ला अध्यक्ष थिएँ । मेरो नेतृत्वमा आन्दोलन भइरहेको थियो । निर्दोष जनताको टाउको, छातिमा गोली चलाइएको थियो ।

बजेट खर्च पारदर्शी छ : भरत साह

नेपाल भरतको सीमासँग जोडिएको मेरो वड़ा रहेको छ । दलित समुदाय, मुस्लिम समुदायको साथै विभिन्न जातजाति, वर्ग, लिंग धर्मको व्यक्तिको बसोबास भएको वडामा पूर्वाधार सडक, नालाको बढी समस्या रहेको छ ।

मधेश र नेपालबीच दूरी बढाउने राष्ट्रघाती षड्यन्त्र हुँदैछ : वृषेश चन्द्र लाल

राज्यले मधेशीलाई कुनै ठाउँमा सुरक्षा फौजसँग लडाउन खोजिरहेको छ, कुनै ठाउँमा अदालतसँग पनि लडाउन खोजिरहेको छ । यो सबै षड्यन्त्र हो, मधेश र नेपालसँग दूरी पैदा गर्ने । यो राष्ट्रघात हो ।

मधेशको माग पूरा गराउने यो नै उपयुक्त समय हो : हरिनारायण प्रसाद रौनियार

केही बोल्नुभन्दा गरेर देखाउनु राम्रो हो । राजपाले बाहिरबाट बोलिरहेको छ तर हामी भित्रबाट गरिरहेका छौं । अब हामी बोल्ने अवस्थामा छैनौं किनकि हामी सरकारमा छौं, हामीले गर्नुपर्छ । हाम्रो पार्टीका अध्यक्ष नै उपप्रधानमन्त्रीजस्तो गरिमामय पदमा बस्नुभएको छ, उहाँले प्रतिपक्षजस्तो भाषण गर्न मिल्दैन ।

डोम र मुसहरका लागि विशेष योजना ल्याउँदैछौं : सलमा खातुन

तराई–मधेशमा देखिएका कुरितिका विरूद्धमा हामी लागेका छौं । जस्तै, बालिका शिक्षालाई हामीले जोड दिएका छौं । बीमाका कार्यक्रम ल्याएका छौं, जसअन्तर्गत शैक्षिक बीमा रहेको छ ।

कांग्रेस र राजपाबीच सहकार्य हुने सम्भावना छ : रमेश लेखक

कांग्रेससँग अहिले संविधान संशोधन गर्ने हैसियत छैन, त्यसकारण राजपा कांग्रेससँग मिल्दा त मधेशका मुद्दाहरू सम्बोधन हुँदैन । खालि आन्दोलन गरेर सम्बोधन गराउने मात्र हामीसँग एउटा बाटो रहन्छ । तर, सत्तामा रहेका दलहरूले सम्बोधन गर्न चाह्यो भने हप्ता दश दिनमा गर्न सक्छन् । तर, उसले गर्छन् कि गर्दैनन् त्यो हेर्नुपर्ने महत्वपूर्ण कुरा छ । यदि यो सरकारले मधेशको मुद्दा सम्बोधन गर्दैन भने त्यसपछि कांग्रेससँग सहकार्य हुन्छ ।

मधेशको राजनीति र मुद्दा विसर्जनवादीले खाइसके : सर्वदेव ओझा

मधेशका लागि अहिले बडो चिन्ताजनक र दुःखदायी बाटो छ । किनभने मधेशको माग पूरा गराउने मौका नेताहरूले गुमाइसकेका छन् । अहिले नेतृत्वबाट मधेशको भविष्य देखा परेको छैन ।

मधेशी दलका नेताहरू स्वार्थमा लिप्त भए : अभिषेक प्रताप शाह

मैले त्यतिबेला दिएको वक्तव्य आजको राजनीतिको सन्दर्भमा तुलना गर्नुहुँदैन । त्यतिखेरको राजनीतिक अवस्था अर्कै किसिमको थियो र अहिले फरक खालको माहौल छ । त्यसैले, त्यतिबेला मैले के लेखेँ, के बोलें त्यसमा बढी बहस गर्नुपर्ने जरूरी छैन ।

मधेशीले नेपाली शासनमा पहिचान खोज्नु कल्पना मात्र : कैलाश महतो

मधेशकेन्द्रित दलको कुरा सर्प र छुचुन्द्रोको खेल जस्तो देखिएको छ । आन्तरिकरूपमा उनीहरूको कस्तो योजना छ भने डा. सीके राउतकै मुद्दा ठिक छ, स्वतन्त्र मधेश हामीलाई चाहिन्छ । राज्यसँग उनीहरूको यस्तो सम्बन्ध छ कि त्यो सम्बन्धलाई तोडेर स्वतन्त्र मधेशका लागि खुलेर लाग्न एकदमै अप्ठ्यारो छ ।

नेपाल–भारत सीमामा परिचयपत्रको कुनै औचित्य छैन : डा. श्वेता दीप्ति

खुला सिमानालाई बन्द गर्नुप¥यो भने मात्र परिचयपत्रले काम गर्छ । सीमा खुला छ भने परिचयपत्रको कुनै पनि औचित्य छैन । कहाँ–कहाँ तपाइँ परिचयपत्र दिनुहुन्छ ?

सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्छ : महेन्द्र राय यादव

हामीले सरकारलाई हाम्रो उपयोगिताबारे जानकारी पठाइसकेका छौं, सरकारले हामीलाई बोलाउँछ अनि फेरि हामी आफ्ना कुरा राख्छौं । सरकारको के प्रतिक्रिया आउँछ त्यसपछि हामीले हाम्रो समर्थनबारे तय गर्छौं ।

असोजसम्म संशोधन हुन्छ : राजेन्द्र श्रेष्ठ

मधेशभित्र नारायणी वारी र पारी गरी दुई प्रदेशको कुरा गरेका हौं । त्यसको औचित्य भनेको पहिचान हो । पहिचानसहितको संघीयताको मान्यता भएपछि यता मधेशी बाहुल्य क्षेत्रमा मधेश प्रदेश र थारू बाहुल्य क्षेत्रमा थरूहट प्रदेश बनाउने हो । यो नै अहिले हाम्रो सीमांकनको एजेन्डा हो ।

नेपालगञ्जलाई नमूना शहर बनाउँछौं : डा. धवलशम्शेर राणा

संविधानले दिएको अधिकार पनि मन्त्रालयले निर्देशिकाअनुसार कटौती गर्ने क्रम बढ्दैछ । जबसम्म भित्री मनले हामी विकेन्द्रीकरणको सिद्धान्त स्वीकार गर्दैनौं तबसम्म यो राष्ट्रमा सिंहदरबार गाउँ–गाउँमा जाने जस्ता कुरा नाराकै रूपमा सीमित रहन्छ ।

समग्र थारूले संविधानलाई स्वीकार गरेका छन् : नारदमुनी राना थारू

सरकारलाई आफ्नो ट्रयाकमा हिंड्नका लागि जुन प्राविधिक समस्याहरू छन्, त्यो पूरा नगरीकन हामी जनताको चाहना अनुरूप अगाडि बढ्न सक्दैनौं । त्यसैले मंसिर ३ गतेसम्म संविधानले निर्देशित गरेको मौलिक हक अन्तर्गतका सबै कानुनको निर्माण गरेर यो मुलुकलाई सुशासन र समृद्धिको दिशातर्फ अगाडि बढाउँछौं ।

२० वर्षदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायलाई ट्रयाकमा ल्याउन गाह्रो छ : रिताकुमारी मिश्र

यस्तै, कुनै ठाउँमा काम गुणस्तहीन भएको गुनासो आउने बित्तिकै हाम्रो मेयरसाहेब आफै गएर निरीक्षण गर्दै आउनुभएको छ । त्यसैले गर्दा जनकपुरधाम उपमहानगरलाई नेपालकै नमूना उपमहानगर बनाउने हाम्रो लक्ष्य छ ।

मधेशको स्वार्थ पूरा गर्न फोरम सरकारमा गएको हो : विमल प्रसाद श्रीवास्तव

प्रधानमन्त्री केपी ओलीलाई हामीले नराम्रो भने पनि उहाँ अहिले दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहनु भएको छ । उहाँले हामीसँग भएको सम्झौता अनुरूप काम गरिदिनुभयो भने मधेशप्रतिको सोचाईमा परिवर्तन आएको रहेछ भनेर बुझ्न सकिन्छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com