Interview

मधेशमा एमाले कमजोर हुनु स्वाभाविक : सुरेन्द्र महतो

एमाले परिवर्तनको विपक्षमा उभिएको पार्टी हो । मधेशीहरूलाई अनावश्यक गालीगलौज गर्ने, संविधान संशोधनको विपक्षमा भोट हालेर उ झन मधेश विरोधी पार्टीको छवि बनाएको छ । विभेदकारी नीति, एक जातीय राष्ट्रवादलाई प्रश्रय दिँदै एमाले अगाडि बढेको छ र परिणामस्वरूप एमाले मधेशमा कमजोर भएको छ र यसो हुनु अस्वाभाविक होइन ।

राजपाले राम्रो स्थान ल्याउँछ : रानी शर्मा तिवारी

स्थानीय चुनाव तयारीको एउटा सुरूवात नै हो । स्थानीय तहको चुनाव सकिएको अवस्था छ र अब हुने चुनावमा पनि राजपाले तयारी गर्नेछ । कम समयअवधि भित्रै स्थानीय स्तरको चुनावमा सहभागि भयौँ भने अबको चुनावमा राम्रोसँग नै तयारी गरेर राजपाले राम्रो स्थान हासिल गर्नेछ ।

यो स्थानीय निर्वाचन एक प्रकारको जनमत संग्रह हो : सन्तोष मेहता

संसदले त्यसलाई अल्पमतले पारित गर्यो अनि हामीले त्यसलाई स्वीकार गर्यौँ । संसदले संविधानको संशोधन गर्नुपर्दछ भन्ने ऐजेण्डाका साथ संविधानलाई स्वीकार गर्यो अनि हामी निर्वाचनमा सहभागी हुन भयौँ ।

शहीदको सपना पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ : विष्णुदेव साह

जनकपुरको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । म माकुरोको जालो जस्तो रहेको भ्रष्टाचारलाई समाप्त पार्ने छु । जनकपुरमा अन्तर्राष्ट्रियस्तरको विकानस्थल निर्माणमा सक्रिय रहनेछु । जनकपुरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्रिय रहनेछु ।

राजपा नेपालको जीत नै मधेशको जीत हो : रम्भा मिश्रा

प्रमुख दलसँग राज्यको पैसा रहेको छ भने हामीसँग मधेशवादको आर्शिवाद रहेको छ । हामीहरूको सिद्धान्तले गर्दा हामीसँग जनता जुडेको अवस्था रहेको छ । त्यसैले हामीलाई कुनै अप्ठयारो छैन ।

एमालेले राष्ट्र विखण्डन गर्न खोजेको चर्चा छ : महेन्द्रकुमार मिश्र

उम्मेदवारी दर्ताकै दिन जनकपुरधाममा टिकट नपाएपछि मोहन उपाध्यायले एमालेको झण्डा सडकमै फालेर आगो लगाइदिए । प्रदेश नं. २ को अधिकांश ठाउँमा यस्ता घटनाहरू भएका छन् । संविधान संशोधन विधेयक असफल गराउनुका साथै एमालेले मधेशलाई खुलेरै गाली गरेको छ । यसको प्रत्यक्ष असर यो निर्वाचनमा एमालेलाई पर्छ ।

मधेशमा एमालेको जनाधारमा ह्रास आएको छ : कासिन्द्र यादव

मधेश प्रतिको एमालेको जुन धारणा थियो त्यो मधेशी जनताले मूल्याङ्कनका साथ नियालीरहेका छन् । संविधान संशोधन हुन नदिनका लागि दोषी पार्टीको रूपमा एमालेलाई नै मधेशी जनताले मानेका छन् । त्यसैले एमालेको अवस्था दुई नम्बर प्रदेशमा

चुनावमा जाने राजपाको निर्णय सही छ : डा. सुरेन्द्र लाभ

राजपाको पनि आफ्नो दृष्टिकोण छ । त्यसैले को गलत, को सही भन्ने कुरा भनिहाल्ने अवस्था छैन । एक हदसम्म राजपाको भनाइ ठिक छ । राजपाका मागहरू सरकारले स्वीकार गरेको छ । यसकारण यो कदम ठिक जस्तो हो । अरू दललाई पनि संविधान संशोधनको पक्षमा ल्याउन राजपा सफल भयो । यसलाई राजपाको राजनीतिक जित पनि भन्न मिल्छ ।

विश्वासघात गरेकाहरूसँग जनताले निर्वाचनमा बदला लिनेछ – हरिचरण साह

राजतन्त्रलाई जसरी लोकतन्त्रको बाढीले बगाएर लग्यो त्यसरी नै अबको आन्दोलनले यी पार्टीहरूलाई बगाएर लानेछ । मधेशी जनतालाई मार्ने ती शासकहरूको विरूद्धमा जनताहरू जानेछन् र हाम्रो पार्टीको पक्षमा आउँछन् भन्ने मेरो विश्वास छ ।

यो भ्रमणले नेपाल–भारतको सम्बन्ध थप प्रगाढ हुनेछ – डा. भेषबहादुर थापा

भारतले धेरै प्रकारका आशाहरू देखाएको छ । जसमध्ये धेरै पुरा भइसकेको छ भने केही सुरू भएर सम्पन्न हुने अवस्थामा छ । यी कुराहरूलाई नै प्रधानमन्त्री देउवाले उठाउने विषयहरू हुन् । यसपाली कुनै नयाँ सन्धि र सम्झौता प्रधानमन्त्री ज्यूलाई नगर्न आग्रह पनि गरेका छन् । त्यसैले विगतका कुराहरूलाई नै मुख्य मानेर नेपाल भारत सम्बन्धलाई थप प्रगाढ बनाउनको लागि दुबै पक्षबाट काम हुने हो ।

सरकारले दीर्घकालीन समाधान दिनुपर्यो, होइन भने मधेश छोडेर जानुपर्यो : डा.सीके राउत (भिडियोसहित)

राज्यले औपनिवेशिक शासन लादेको ठाउँमा सकेसम्म त्यहाँका मान्छेहरू मरून्, पीडित होस् भन्ने चाहन्छन् । त्यही कुरा मधेशमा भइरहेको छ । यसको रोकथाम गर्ने काम त नेपाल सरकारको हुनुपर्ने हो । दीर्घकालीन रणनीति ल्याउनुपर्ने हो । तर, त्यो कतै पनि देखिदैन ।

संशोधन विधेयकमाथिको मतदानले मधेशका शत्रु पहिचान भयो – राजिव झा

संविधान संशोधन प्रस्तावमा मतदान हुने दिनसम्म पनि हामीले पारित हुनुपर्छ नै भनेका थियौं । विधेयक पारित हुनका लागि गरिनु पर्छ भन्ने हाम्रो अडान कामयै थियो । जसमा नेपाली कांग्रेसले पनि धोका दिएको छ । उसका केही सांसद् अनुपस्थित रहे । एमाले त पहिलेदेखि नै मधेशी जनताको विपक्षमा थियो । त्यस्तै, आफैंले ल्याएको प्रस्ताव कमल थापाहरूले पनि अस्वीकार गरेका छन् ।

प्राकृतिक विपदाहरू नियन्त्रणका लागि दूरगामी योजना आवश्यक छ : रामेश्वर राय यादव

हाम्रो यहाँ विपद आएको बेला मागी खाने भाडो बनाउने मानसिकताले यी समस्याहरू आएको हो । हामीले विपती र यी संकटहरूको नाममा मागी खाने भाडो बनाउने होइन की यसको सुधार गर्नुपर्छ । यसलाई सरकारले अन्तर्राष्टिय स्तरबाट पनि सहयोग मागेर यसबाट नागरिकहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ, यी कामहरूलाई अगाडि बढाएर दीर्घकालीन समाधान दिनुपर्ने आवश्यकता रहेको छ ।

वर्षा अत्यधिक हुने कुरा जागरूकताको कमिका कारण जनस्तरसम्म पुग्न सकेन – डा.कृष्णचन्द्र साह

बाढीका बेला नदीका ढोका खोल्दा दुवै पक्षले हिसाबकिताब गरेर निष्कर्षमा पुगेर निर्णय गर्छन् । उनीहरूले के गर्दा कमभन्दा कम क्षति हुन्छ भन्ने कुरा संयुक्त रूपमा निर्णय लिन्छन् । यो देशमा बढी र यो देशमा कम क्षतिभन्दा पनि समग्रमा कम क्षतितर्फ ध्यान दिइन्छ । त्यही बमोजिम उनीहरूले गरिरहेका छन् । थाहा नपाउनेहरू यो र त्यो भनिरहेका छन् । वास्तवमा त्यस्तो होइन ।

राजपाको विधानअनुसार पार्टीका अन्य पदाधिकारीको कामै छैन – मनोहर साह

अध्यक्ष मण्डललाई जतिखेर मन लाग्यो, उतिखेर आफ्नो किसिमले हिंड्ने बाटो बनाइदिएको छ । जुन निरंकुश व्यवस्था हो । यसलाई प्रजातान्त्रिक मान्न सकिँदैन । तर, यो विधान विस्तृत र पूर्ण नभएकोले अहिले राखिएको व्यवस्थालाई हेर्दा लोकतान्त्रिक भन्न सकिँदैन । पछि भने यसमा सुधार हुन सक्छ । यो विधानअनुसार पार्टीका अन्य पदाधिकारीको कामै छैन, जस्तो देखिन्छ ।

राजपाको अन्तरिम विधान निरंकुश जस्तो देखिन्छ : सुनिलकुमार पटेल

अहिले यो विधान निरंकुश देखिए पनि अन्तिम विधान आएपछि मात्र यस विषयमा केही भन्नु उचित हुन्छ । अब जुनसुकै पार्टी एकीकरण हुँदा अथवा विलय हुँदा त्यसको संरचना केही भद्रगोल नै हुन्छ । माओवादीपछि सबभन्दा बढी भद्रगोल संरचना भएको पार्टी अहिले राजपा हो । त्यसकारण अध्यक्ष मण्डलले असीमित अधिकार लिएको देखिन्छ । अलि निरंकुश जस्तो देखिन्छ ।

संरक्षण एउटा पोलिटिकल ड्रामा हो – पुर्णेन्दु झा, निर्देशक

पब्लिकलाई पोलिटिसिएन्स, प्रेस र पुलिसले कसरी म्यानुृप्लेट गरिरहेको हुन्छ त्यो सबै कुरा संरक्षणमा हामीले एउटा स्टोरी मार्फत देखाउन खोजेका हौँ ।

संशोधन नभएसम्म चुनाव हुन दिन्नौं : सत्यनारायण मण्डल

संविधान संशोधन विधेयक पास भएन, मन्त्री परिषदबाट पुरा गर्न सकिने मागहरू पुरा गरेन भने जुन प्रकारले हामीले पहिलो र दोस्रो चरणको निर्वाचनमा भाग लिएनौँ र बहिष्कार गरेका थियौं त्यसरी नै तेस्रो चरणको निर्वाचन पनि बहिष्कार गर्छौं । कुनै पनि हालतमा हामी तेस्रो चरणको चुनावमा भाग लिदैँनौँ । एउटा अर्को कुरा के खुलासा गर्न चाहन्छौँ कि चुनावको मात्रै बहिष्कार गर्दैनौँ हामीले संसदबाट पनि सारा सांसदहरू राजिनामा दिएर आन्दोलनको आँधीबेहरी ल्याउँछौं ।

माओवादीहरू एक ठाउँमा आउनुपर्छ : उमेशकुमार यादव

परिवर्तनकारी शक्ति त माओवादी नै हो । नयाँ शक्ति भनेको कुनै नयाँ शक्ति होइन, नयाँ विचार होइन । नेपालमा मात्र होइन विश्वकै राजनीतिक घटनाक्रम हेर्ने हो भने सबैभन्दा पछिल्लो चरणमा वैज्ञानिक विचारवाद भएको माओवाद नै हो । यो हिसाबले नयाँ विचार भनेको माओवाद नै हो । यसअर्थमा माओवादी रहुन्जेलसम्म माओवादीले माओवादलाई नछोडेसम्म जनताले हामीलाई पत्याइरहन्छ ।

नयाँ शक्तिसँगको एकता प्रक्रिया भंग भएको छैन : हेमराज राई

जुन राजनीतिक शक्तिले देशको समस्या समाधान गर्न सक्दैन, अब नयाँ वैकल्पिक शक्ति निर्माण नगरी हुँदैन भन्ने निष्कर्षका साथ माओवादीका एउटा समूह पार्टी छोडेर नयाँशक्ति निर्माण ग¥यो र अहिले आएर फेरि त्यहीं पार्टीमा समाहित हुन्छ भन्ने मलाई लाग्दैन । हरेक राजनीतिक दलहरूभित्र विभिन्न विचारधारा र पृष्ठभूमि बोकेका नेताहरू हुन्छन् । त्यसैले विभिन्न किसिमका चर्चाहरू चल्ने गरेको हुन्छ ।

फोरम नेपालसँगको एकीकरण प्रक्रिया स्थगन भएको छ : रामकुमार शर्मा

हामीले कसैसँग मिसिने कुरा गरेका छैनौं । हामी विचार, राजनीति, नीति, सिद्धान्त मिल्नेहरूसँग एकता गर्ने र परिवर्तनकारी शक्तिहरूसँग मोर्चाबन्दी गरेर जाने सोचमा छौं । त्यसकारण फोरमसँग हामीले एकताका कुरा ग¥यौं । हामीबीच धेरै कुरा मिलिसकेका छन् । तर, केही प्राविधिक विषयले एकीकरणको कुरा अड्किएको मात्र हो । तत्काललाई एकीकरण प्रक्रिया स्थगित भएको हो ।

जनताका लागि काम गर्न एमालेमा गएकी हुँ : अनिता यादव

मधेशवादी भएर हुँदैन । मुख्य कुरा मधेशी जनताको अधिकार र विकासका लागि को चिन्तित छन्, त्यो महत्वपूर्ण कुरा छ । कुनै पनि पार्टीमा गएर मधेशका लागि काम गर्न सकिन्छ ।

माग पूरा नभएसम्म हामी आन्दोलनमै रहन्छौं : केशव झा

मुलुकलाई निकास दिनका लागि नै हामीले यो बाटो अपनाएका हौँ । मुलुकलाई बर्बाद भएको हामी देख्न सक्दैनौं । मुलुकलाई हरेक समस्याबाट जोगाउनलाई हामी निरन्तर सडकबाट खबरदारी गर्दै संघर्ष गर्दै अहिलेसम्म अगाडी बढिरहेका छौं ।

संशोधनको विपक्षमा उभिनेलाई कारबाही हुन्छ – सुशीलकुमार श्रेष्ठ

मधेशवादी दलहरूले देखाएको असन्तुष्टिलाई राज्यले सम्बोधन गर्नुपर्छ । राज्यले उहाँहरूले उठाएका एजेण्डालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ । मधेशकेन्द्रित दललाई पनि राष्ट्रिय मूलधारमा ल्याएर देश विकासको बाटोमा हिड्नुपर्छ ।

नेपालमा शान्ति र समृद्धि नै भारतको चाहना – चन्दा चौधरी

महिलाहरूको आय–आर्जनको स्रोत पत्ता लगाई उनीहरूलाई समक्ष बनाउने काम हाम्रो संस्थाले गर्दै आएको छ । अहिले भक्तपुरमा १ सय जना महिलाहरूलाई हाम्रो संस्थाबाट प्रदान गरिएको तालिम लिएर आफ्नो काममा सक्षम हुनुभएको छ । जसमध्ये ५० जनाले व्यूटिशियन र ५० जनलाई सिलाई कटाई गर्न सक्षम हुनुभएको छ । उनीहरूलाई प्रमाणपत्र दिने तयारी गरिरहेका छौँ । यस्तै प्रकारका तालिमहरू सर्लाहीमा पनि सुरू भइसकेको छ ।

जनताका लागि राजनीति गर्ने नेताको अभाव छ : युगलकिशोर लाल

जहाँसम्म मधेश आन्दोलनको कुरा छ, मधेश आन्दोलनका क्रममा टाउको र छातीमा गोली हान्ने काम गरियो, जतिखेर सुशील कोइराला प्रधानमन्त्री थिए । तर, के भयो ? फेरि मधेशी नेताहरूले सुशील कोइराला नै भोट दिन गए । नेपालका नागरिक सबै बराबर छन्, बराबर रहनुपर्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । मुख्य लडाईंको बिन्दु यो हो । सुशील कोइरालालाई त्यति मधेशीलाई मार्ने अधिकार कसले दियो ?

मधेशीको सहादत मेयर, उपमेयर वा मुखिया पदका लागि होइन : रम्भा मिश्रा

निर्वाचनमा भाग लिएर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले बाटो बिराएको छ । फोरमले आफ्नो नैतिकता बिर्सेको कारणले गर्दा नै आज मधेशमा आक्रोश देखिएको छ ।

चुनावमा भाग लिएर कुनै गल्ती गरेका छैनौं : सुनिता साह

‘भाई फुटे गवार लुटे’ भन्ने उखानजस्तै कांग्रेस र एमालेलाई फाइदा भएको हो । हामी आन्दोलन गर्ने बेलामा सँगै थियो । तर, जनताको अधिकारसँग जोडिएको स्थानीय निर्वाचनका बेला हाम्रा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीप्रति जुन आक्षेप लगाइयो त्यसले गर्दा हामीले अपेक्षा गरेअनुसारका परिणाम प्राप्त गर्न सकेनौं ।

नेपाल–भारतसम्बन्ध अझै बलियो पार्नुपर्छ : राजकुमार सिन्धी

हामीले विकासलाई मूल एजेण्डा बनाएर अघि बढ्नुपर्छ । भारतसँग सहकार्य गर्दै नेपालमा विकासको पथमा अगाडि बढ्नु आवश्यक छ । हामीले भारतबाट कति लाभ लिन सक्छौं, त्यसतर्फ ध्यान दिनुपर्छ । त्यस्तै, धार्मिक पर्यटन क्षेत्रमा पनि हामीले ध्यान दिनुपर्छ । किन भने नेपालका लागि धार्मिक पर्यटनको ठूलो बजार भारत हो । हामीले भारतीय पर्यटकलाई बढीभन्दा बढी नेपाल भित्र्याउन सक्यौं भने पनि नेपालको कायापलट हुनुसक्छ । यसका लागि सरकारले वातावरण बनाइदिनुपर्छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com