Interview

उपेन्द्र यादवको मौनता आरोपको पुष्टि हो : मनिष सुमन

जेठ ७ गते रामा होटलमा गोप्य रूपमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नु भयो । प्रधानमन्त्रीसँग भेटेर निस्कदा सधैँ सन्चारकर्मीसँग साक्षात्कार गर्न लालायित रहने उपेन्द्र यादव सो दिन कुनै प्रतिक्रिया नदिइ जानुभयो । त्यसको भोलीपल्ट उहाँका भनाइहरू एकाएक परिवर्तन भयो । हिजोसम्म चुनाव वहिष्कार गर भनेर जनतालाई प्रशिक्षित गर्ने उहाँ रातारात निर्वाचनको पक्षमा जानुभयो । जनतालाई छाता र रेनकोट ओढेर भएपनि मतदान गर्न जानू भनेर किन भन्नुभयो ?

राज्यबाट अलग हुने कुरा हामीले अहिलेसम्म गरेका छैनौं : लक्ष्मणलाल कर्ण, नेता, राष्ट्रिय जनता पार्टी नेपाल

हामीले यो राज्यबाट अलग हुने कुरा अहिलेसम्म गरेका छौँं । मान्छेहरूले भन्छ तपाईहरू संसद किन छोडनु हुन्न ? हामीले भन्ने गरेका छौं कि हामीले यहि सरकारबाट आफ्नो माग सम्बोधन गराउनु छ, त्यसैले राज्यबाट सम्बन्ध विच्छेद गरेका छैनौँ ।

मधेश मुद्दा झन् स्थापित भएको छ : डा. भोगेन्द्र झा (राजनीतिक विश्लेषक)

केही मधेशी दल चुनावमा जानुलाई राज्यले आफ्नो सफलता मानेको छ भने त्यसलाई दुर्भाग्य भन्नुपर्छ । कुनै बेला माओवादीले पनि तत्कालीन सरकारसमक्ष माग प्रस्तुत गरेको थियो । तर, तत्कालीन बेलाको शेरबहादुर नेतृत्वको सरकारले माग पूरा गरेन । त्यसकै परिणाम स्वरूप १० वर्षसम्म जनयुद्ध भयो । त्यसकारण मधेशका मागप्रति राज्य संवेदनशील बनेन भने अर्को द्वन्दको श्रृजना हुन्छ ।

चुनावपछि राजपाको मागमा छलफल गरौं – सुवास नेम्वाङ

नयाँ संविधानबाट मधेशकेन्द्रित दलले धेरै ठूला उपलब्धि हासिल गरेका छन् । केही कुरामा विमति छन् । छुट्टै दल भइसकेपछि विमत्ति हुनु अचम्मको कुरो होइन । विमत्ति नहुने हो भने हामी सबै एउटै दल भइहाल्थ्यौं नि । हाम्रो विमत्ति छ । किन भने हामी फरक–फरक दल छौं । त्यसकारण कुनै पनि कुरामा फरक दृष्टिकोण हुनु अचम्मको कुरा होइन ।

नेता दलाल हुँदैमा मधेश मुद्दा ओझेलमा पर्दैन – राजकिशोर यादव

मधेश अब कुनै एउटा नेताको मुख हेरेर बस्ने होइन । नेता अबको समयमा हराएर जान्छ समाप्त भएर जान्छ तर मधेशको माटोमा यति ठूलो शक्ति छ कि त्यो हजारौँ हजार नेताहरूको जन्म दिन सक्छ । मधेशका जनताहरू छातिमा गोली खान तयार रहेको अवस्थामा एकदुई जना नेता दलाल हुँदैमा मधेश मुद्दा ओझेलमा पर्दैन ।

यिनीहरू अवसरका लागि मधेशवादी भएका छन् : खुशीलाल मण्डल

त्यही फोरम नेपालले भन्थ्यो कि स्थानीय निकाय प्रदेशको मार्फत जानु पर्छ । अहिले भन्छ मुद्दा त हामीले छोडेका छौनौँ तर संविधान कार्यान्वयनका लागि सहयोग गरिरहेका छौँ । संवैधानिक व्यस्थालाई स्वीकार गरिसकेका छन् । यसको परिणाम मधेशमा परेको छ । मधेशीको आत्मबललाई डगमगाएको छ ।

मधेशकेन्द्रित दलले फेस सेभिङका लागि समझदारी गर्दै आएका छन् : जयप्रकाशप्रसाद गुप्ता

समझदारीको कागजले अनुहार छोपेर अघि बढ्दा राज्यले टेर्छ त ? यस्तो अवस्थामा राज्यले तपाईंको शक्तिलाई कसरी सम्मान दिन्छ ? तपाईंको शक्तिलाई राज्यले कसरी अनुमोदन गर्छ ? अहिले विकराल अवस्था भोग्दैछौं । एकातर्फ राज्यले हाम्रा मागहरूलाई एक–दुई–तीन गरेर अस्वीकार गरिसकेको छ । मधेशकेन्द्रित दलहरू पनि ती मागहरूलाई छाडेर तपसिलका विषयहरूलाई समातेर अघि बढेको देखिन्छ ।

यदि राजपा चुनावमा नजाने हो भने संसद्मा पनि किन बस्ने ? : उपेन्द्र यादव

मधेशको मुद्दा सम्बोधन गराउनका लागि स्थानीय निकायमा मधेशका शक्तिहरू बलियो हुनु आवश्यक छ । जसले थप शक्ति प्राप्त गर्छ । जुन शक्तिलाई प्रयोग गरेर मधेशको मुद्दालाई सम्बोधन गराउन सकिन्छ । त्यसकारणले यो लाइन भनेको अहिलेको नेपालको लागि उपयुक्त लाइन हो । यदि चुनावमा नजाने हो भने संसदमा पनि किन बस्ने हो र ? अनि राजपाले आन्दोलनको कुरा पनि गरिरहेको छ, अर्कोतिर सरकार बनाउनेतिर पनि लागिरहेको छ ।

कोठा बाहिर छाप लगाएर मधेशी एकता देखाउनुपर्छ : डा.सीके राउत

कोठा बाहिरको मत गणनापछि चुनाव बहिष्कार गर्ने जनताको प्रतिशत आउँछ । शासकहरूले ९० प्रतिशत जनताले बनाएको संविधान भनिरहेका छन् । तर, हामीले मतपत्रको बाहिर छाप लगाएर मधेशी जनताले बहुमतमा यो कुरालाई अस्वीकार गरेको प्रमाणित गर्ने छौ । मानौं हामीले ५१ प्रतिशत तबदर ग¥यौं भने निर्वाचन नै फेल हुन्छ ।

नेपाल–भारतको पौराणिक सम्बन्धमाथि राजनीति हाबी हुनुहुँदैन – शेखर गिरी

हाम्रा नेताहरूले भारतलाई फरक फरक चश्माबाट हेर्ने गर्छन् । यो नै गलत हो । यो देशको वृहत्तर आर्थिक समृद्धि र प्रगतिका लागि रोजगारीको श्रृजना गर्नुपर्छ । विभिन्न किसिमका प्राकृतिक जल तथा सम्पदालाई उपयोग गरेर भारतको साथ लिएर प्रगतिको बाटोमा हिड्नुपर्छ ।

हाम्रो सामु अब आन्दोलनबाहेक कुनै विकल्प रहेन : महन्थ ठाकुर

आन्दोलनमा मारिएका मानिसहरु जनता थिएनन् ? मधेशमा लाखौं मानिसहरु सडकमा उपस्थित भएका थिए, उनीहरु जनता होइनन् ? को हो उनीहरु ? यदि नेपालका जनता हुन् भने किन उनीहरुको आवाज सुनिरहेका छैनन् ? यहाँ निर्वाचनको कुरा कहाँबाट आयो ? अधिकारको कुरा छ यहाँ । अधिकार नपाइकन् निर्वाचनमा गएर केही हुँदैन ।

पहाडमा एमालेले पाएको सफलताले मधेशप्रति गरिने शंकालाई स्थापित गरेको छ : श्रीकृष्ण अनिरूद्ध गौतम

अब पहिलो चरणको चुनावमा एमालले अत्यधिक सिट हासिल ग¥यो भने अबका दिनमा उसले मधेशलाई रिझाउने काम पनि गर्न सक्छ । मधेशलाई रिझाउने लाइनमा पनि एमाले जान सक्छ । नेकपा एमालेको मधेशप्रतिको दृष्टिकोण र अडानमा बदलाब पनि आउन सक्छ । किन भने दललाई भोट चाहिन्छ । नेकपा एमालेलाई मधेशबाट पनि भोट चाहिएको छ । त्यसैले विजयी प्राप्त गर्न त मधेशलाई रिझाउनुपर्ने हुन्छ । यसका लागि नेकपा एमाले केही नरमपना पनि दखाउन सक्छ ।

बिना संशोधन निर्वाचनमा जानु धोका हो : राजेन्द्र महतो

मधेशी जनताले अधिकार नपाउन्जेल कुनै पनि निर्वाचनमा हामी जानु हुँदैन भन्ने गरेका थियौं । जनताले निर्वाचनमा जानका लागि सहादत, बलिदान र रगत बगाएको होइन । निर्वाचनका लागि हजारौँ मान्छे घाइते भएको होइन र ६–६ महिना बन्द हडताल, चक्कजाम निर्वाचनमा जानका लागि गरेको होइन । तिनीहरू अधिकार प्राप्तिको लागि गरेको हो ।

गठबन्धनको संयोजक परिवर्तनमा दुवै पक्षको कमजोरी छ : डा. ओम गुरूङ, प्रवक्ता, संघीय गठबन्धन

उपेन्द्रजीले जे प्रतिबद्धता जनाउनुभएको थियो, त्यो प्रतिबद्धता तोड्नुभयो । आम मधेशी, आदिवासी, जनजातिलगायत उत्पीडितका मुद्दालाई तिलाञ्जली दिएर उहाँ चुनावमा जानुभयो । त्यो उहाँको तर्फबाट गल्ती भयो । उहाँले कुनै सहमति पनि गर्नुभएन । सरसल्लाह पनि गर्नुभएन । यो–यो कारणले चुनावमा जानुपर्ने भन्ने कुरा उहाँले संयोजकको हैसियतमा भन्नुपर्ने थियो । यो चाहीं उहाँको कमी कमजोरी हो । अर्कोतर्फ राष्ट्रिय जनता पार्टीसहितका साथीहरूले हतारिए कारबाहीको प्रक्रिया चलाए । त्यसमा त्रुटि रह्न गयो ।

सबै मधेशवादी शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्छ : रामेश्वर राय यादव, वरिष्ठ उपाध्यक्ष (नेपाल लोकतान्त्रिक फोरम पार्टी)

सद्भावना पुनर्गठनभन्दा पनि सम्पूर्ण मधेशका नेताहरू, सम्पूर्ण अधिकारकर्मीहरू र मधेशी जनजातीका सबै आन्दोलनकारीहरू सबै एक भएर अगाडी बढ्ने बेला आएको छ । किनभने यस्तो फराकिलो वातावरणमा एक भएर अगाडी बढ्न सकिएन भने पछि झन् गाह्रो अवस्था आउँछ । इतिहासमा हामी चुकेको कुरालाई फेरि इतिहासले हामीलाई माफ गर्दैन । त्यसैले अब सद्भावनाको जुन स्प्रिट थियो त्यसलाई इमानदारीपूर्वक पुरा गर्ने हो भने सम्पूर्ण मधेशवादी दलहरू एक भएर अगाडी बढ्नु पर्छ ।

संविधान संशोधन हुनेमा हामी ढुक्क छौं, त्यसैले चुनावमा गएका हौं : डा. शिवजी यादव, उपाध्यक्ष (संघीय समाजवादी फोरम नेपाल)

दोश्रो चरणको चुनावअघि संविधान संशोधन हुन्छ । चुनाव पनि हुन्छ । हामीलाई जनतालाई पठाएका छन् । र, हामी जनताका लागि अधिकतम् उपलब्धि हासिल गरेर गर्छौं । लोमा समयदेखि हुन नसकेको स्थानीय चुनावको सुनिश्चितताका लागि पनि हामी चुनावमा गएका हौं ।

परिमार्जनसहित संशोधन भए मात्र हामी चुनावमा जान्छौं – शरत्सिंह भण्डारी, अध्यक्षमण्डलका सदस्य, राष्ट्रिय जनता पार्टी, नेपाल

पहिला त सबैलाई अधिकार सम्पन्न बनाउनुपर्छ । त्यसपछि चुनाव गर्नुपर्छ । पहिलो मधेश आन्दोलनका बेला पनि सरकारले चुनावको घोषणा गरेको थियो । तर, त्यसबेला तत्कालीन मधेशी जनअधिकार फोरमलाई सहभागी गराउन संविधानसभाको चुनाव सार्नुपरेको थियो । सबैको सहभागितामा निर्वाचन गराउनु राज्यको दायित्य हुन्छ । निर्वाचन मात्र गराउने सोच राख्नु हुँदैन । स्थानीय चुनावले मात्र संविधानलाई पूर्णता दिँदैन ।

संशोधन पारित गराउन हामी एकदमै लचक भएका छौं : अनिल कुमार झा, अध्यक्षमण्डलका सदस्य, राष्ट्रिय जनता पार्टी, नेपाल

संविधान संशोधन हुने ग्यारेण्टी छैन । न त हामीसँग त्यति बल न त सरकारसँग त्यो बल छ । यदि सरकारले बल गरिरहेको छ, प्रयास गरिरहेको छ त्यसमा हामीले प्रयास नगर पनि भन्नु उचित हुँदैन । जनताले आफ्ना नेताहरूको र एजेण्डाको कमजोरी र औचित्यता बुझिदिनु प¥यो । यो औचित्यपूर्ण छ ।

राष्ट्रपतिको भ्रमणले भारतसँगको सम्बन्ध थप मजबुत भएको छ : विपिन देव, नेपाल–भारत सम्बन्धका जानकार

नेपालको आर्थिक वृद्धिदर बढ्दा भारतको प्रतिष्ठा नै बढ्छ । यसका साथै भारत र चीनको सामिप्यता छ, त्यसकारण नेपाललाई छेउ लगाएर अगाढि बढ्न पनि भारतलाई मिल्दैन । हाम्रो मुख्य कमजोरी के छ भने हामी विकासका मुद्दालाई थाँती राखेका छौं । नचाहिने कुरामा बढी चासो दिन्छौं । त्यसकारण जबसम्म मुख्य मुद्दा विकास बन्दैन तबसम्म लोकतन्त्र स्थिर रहन सक्दैन । आजभन्दा ४० वर्षअघिको भारत र अहिलेको भारतमा धेरै फरक छ ।

हुलाकी सडक निर्माणले तीव्रता पाएको छ : बलराम मिश्र , निर्देशक, हुलाकी सडक आयोजना

अहिले तराईमा १८०० किलोमिटर मध्ये ८०० किलोमिटर सडकको काम अगाडि बढेको छ । त्यसमा भारत सरकारको लगानीमा पहिले ७० किलोमिटर बनेको थियो भने अहिले ३०० किलोमिटर बन्दैछ । त्यसमध्ये अहिले १० वटा सडकको काम अगाडि बढेको छ ।

मलेठ घटनामा तीनै पक्ष दोषी : मो. मोख्तार अहमद, संयोजक, सामाजिक न्याय तथा मानवअधिकार उपसमिति

हामीले अध्ययन गरेर आफ्नो प्रतिवेदन बुझाइसक्यौं । त्यसमाथि छलफल सुरू भएको छ । समितिले गृहमन्त्री, गृहसचिव र सुरक्षा अंगका प्रमुखहरूलाई बोलाएर यो विषयमा स्पष्टीकरण लिन्छ । त्यसपछि समितिले निष्कर्ष निकालेर सरकारलाई निर्देशन दिनेछ ।

सीमाङ्कन थाँती राखेर अघि बढ्ने कुनै सहमति भएको छैन : लक्ष्मणलाल कर्ण, सहअध्यक्ष, सद्भावना पार्टी

निर्वाचनको विषयमा पनि छलफल भएको छ । हामीले के भनेका छौं भने अहिले सरकारले घोषणा गरेको निर्वाचन मधेशी मोर्चाले स्वीकार गरेको छैन । स्थानीय निकायको निर्वाचन प्रान्तले गर्नु पर्ने हाम्रो माग छ । अहिले निर्वाचन संघले गर्न लागेको छ । अर्को कुरा स्थानीय तह पुनर्संरचना आयोगले फेरि मधेशीको भावनासँग खेलबाड गरेको छ ।

संविधान संशोधन नभए चुनावमा सहभागी हुँदैनौं : अरविन्द्र साह, सह–संयोजक, प्रदेश नम्बर दुई नयाँ शक्ति पार्टी नेपाल

जबसम्म यो संविधान परिमार्जनसहित संशोधन हुँदैन र दलीय चुनाव चिन्ह प्राप्त हुँदैन तबसम्म देशमा चुनाव नै हुँदैन, हामी कसरी सहभागी हुन्छौं ।

नेपाल–भारतबीचको सम्बन्ध थप मजबुत हुन्छ : प्रा.डा. लोकराज बराल, पूर्वराजदूत

नेपाल र भारतको सम्बन्धलाई व्यावहारिक भएर बुझ्नुपर्छ । त्यसैले अब नयाँ किसिमबाट चल्नुपर्छ । सकारात्मक सोच राखेर अगाडि बढ्यो भने अहिलेको शंका उपशंका कम हुन्छ । आशा गरौं अहिलेको राजदूतले यी कुराहरूलाई ध्यानमा राखेर नेपाल र भारतबीचको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ ।

स्थानीय तह सीमाङ्कनमा सरकारले मधेशलाई ठग्यो : सुनिलरञ्जन सिंह

केही अपवाद बाहेक नेपालका अरू ठाउँहरूमा जिल्ला–जिल्लामा पुगेर सहमति जुटाएर काम गरियो । तर, दुई नम्बर प्रदेशमा यो काम हुन सकेन । त्यसपछि नेताहरूलाई काठमाडौं झिकाउने काम गरियो । जसले गर्दा यो समस्या देखियो । अर्को कुरा, जुन पनि सुविधा मेरै गाउँमा हुनुपर्ने चाहना प्रत्येक मानिसमा हुन्छ । गाउँपालिका वा नगरपालिकाको नाम मेरै गाउँबाट राखिनुपर्छ भन्ने मावनको स्वभाव हो । तर, यो नयाँ प्रक्रियामा सबै सम्भव छैन ।

अहिलेको आवश्यकता समर्थन फिर्ता होइन, संसदबाट राजीनामा हो : विकास तिवारी

मधेशमा विभिन्न समस्याहरू उत्पन्न हुनु र ती समस्याहरूको समाधान नहुनुको प्रमुख कारण मधेशी मोर्चा हो । संविधान जलाउँछ फेरि सत्ता प्राप्त हुने लक्षण देख्ने बित्तिकै भोट हाल्न पुग्छ । सरकारलाई दिएको समर्थन फिर्ता गर्छ, संसदबाट राजीनामा गर्दैन । यसरी त अधिकारको लागि भनेर गरिएको आन्दोलन नै बदनाम हुन्छ । मधेशको राजनीतिमा त्याग र समर्पण देखिएन । मधेशी मोर्चाको काठमाडौं केन्द्रित गतिविधिले समस्याको समाधान दिएन ।

आन्दोलनको अग्रपंक्तिमा शीर्ष नेता आउनु आवश्यक छ : विजय महासेठ, राजनीतिक विश्लेषक

राज्यको निरंकुशता, बेइमानी र चलाखी हो । हालै प्रधानमन्त्रीले मधेशी मोर्चालाई फेरि ललिपप देखाएको छ । सीमाङ्कन बाहेक सबै माग संविधान संशोधन गराएर पूरा गर्न तयार रहेको प्रधानमन्त्रीको प्रस्ताव आयो । यदि यी कुरा सम्बोधन गर्न लायक कुरा हुन् भने मोर्चासँग बार्गेनिङ गर्नुपर्ने आवश्यकता नै थिएन । खासमा प्रधानमन्त्रीले चलाखी गरिरहेका छन् । झिनामसिना कुरामा बार्गेनिङ गर्ने र मुख्य मुद्दामा नआउने सोच देखियो ।

अबको आन्दोलन अन्तिम हुनेछ : मोहम्मद लालबाबु राउत गद्दी, उपाध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

एमाले जस्तो मुलुकको दोस्रो ठूलो जिम्मेवार पार्टीले नश्लीय चिन्तन बोकेर अगाडि बढेको छ । मधेशी, दलित, मुस्लिमलाई अधिकार दिने बित्तिकै मुलुक टुक्रिन्छ भन्ने किसिमको सोच एमालेमा छ यसले मधेशी र पहाडीको बिचमा झन् ठूलो खाडलको निर्माण हुँदैन । कांग्रेस र एमाओवादी जस्तो पार्टीले संशोधन प्रस्ताव ल्याएपछि संविधान त्रृटिपूर्ण छ र सबैको मनोभावनालाई समेट्न सकेको छैन भन्ने प्रमाणित हुँदै गइरहेको छ नि । मधेश आन्दोलनले नै हो यस किसिमको जागरण ल्याएको ।

सप्तरी घटनाको मुख्य दोषी एमाले हो : महेन्द्र राय यादव, अध्यक्ष, तराई मधेश सद्भावना पार्टी

ठूला दलहरूले मधेशी जनतालाई अधिकार दिन चाहेका छैनन् । चुनावमा मधेशबाट अत्यधिक मत पाउने भनेर घमण्ड देखाउनेहरूले आन्दोलनमा मधेशी जनता उत्रेको किन देख्दैनन् । ठूला दलहरूले मधेशीसँग भएका सम्झौतालाई धोका दिने काम गरेको छ । ठूला दलका अनुसार मधेशका जनता त कांग्रेस, एमाले र माओवादीका हुन् । किन भने उनीहरूले मधेशबाट बढी सिट पाएका थिए । अहिले तिनै दलका मतदाताहरूले विरोध जनाएका हुन् । यस्तो अवस्थामा एमाले मधेशमा जानुहुँदैन । यो घटना हुनुमा प्रधानमन्त्री र गृहमन्त्री एकअर्कामाथि आरोप लगाइरहेका छन् ।

विरोध प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाइहाल्नुपर्ने अवस्था थिएन – एम के माझी, सप्तरी घटनाका प्रत्यक्षदर्शी तथा पत्रकार

मर्यादित रूपमा नै कालो झण्डा प्रदर्शन गरी नाराबाजी गरिरहेको अवस्था थियो । त्यसरी गोली चलाईहाल्नु पर्ने अवस्था थिएन । कार्यक्रमको दिन सप्तरीमा सुरक्षाकर्मी झण्डै दश हजारको हाराहारीमा थिए होला भने प्रदर्शनकारीहरूको पनि संख्या लगभग २० हजार पुगिसकेको थियो । एकातिर कार्यक्रम स्थलमा झडप भइरहेको थियो भने चोकचोकमा जुलुस, नाराबाजी र विरोध सभा गर्ने कार्यक्रम पनि चलिरहेको थियो । जब एमालेको कार्यक्रमस्थलमा गोली चल्यो भन्ने खबर सबैतिर फैलियो त्यसपछि सबैजना आफ्नो कार्यक्रम स्थगित गरेर त्यही स्थानमा पुगे, त्यतिबेलासम्म एमालेले आफ्नो कार्यक्रम टुङ्ग्याइसकेको थियो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com