Interview

संविधान संशोधन नभई चुनाव हुँदैन : पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक

काठमाडौंको धेरै ठूलो समुदाय आज पनि तराईलाई भारतकै भाग भनेर हेर्छन् । तराईमा बस्ने मान्छेहरूलाई उनीहरूले भारतकै अंगको रूपमा हेर्छन् । काठमाडौं बाहिर पनि नेपाल छ भन्ने यहाँका रैथानेहरूले भुलिसकेका छन् । उनीहरूले नै मधेशको मागहरूलार्ई राष्ट्रघाती भन्ने गर्छन् । मधेशको उत्पादन, त्यहाँको स्रोत र साधन प्रयोग गरिरहने तर त्यो भुगोल र त्यहाँ बस्ने मानिससँग काठमाडौंले छुवाछुतको व्यवहार हिजो जर्बजस्ती गथ्र्यो, मधेश आन्दोलन पछि केही कम भएको छ ।

हामी आफ्नै परीक्षा गर्न मेची–महाकाली अभियान चलाउँदैछौं : ऋषिकेश पोखरेल, नेता तथा सांसद्, नेकपा एमाले

भाषण गर्नेहरूले त्यही गाउँमा कति एमाले रहेछन् भन्ने कुरा राजमार्गमा उभिएर हेरे हुन्छ । त्यो गाउँमा र तराईमा एमाले कति रहेछन् भन्ने कुरा थाहा भइहाल्छ नि । तराईमा एमाले छ कि छैन भन्ने कुराको परीक्षा एमाले गर्न पाउनुपर्छ । हामीले अरूको परीक्षा गरेको होइन, हामीले हाम्रो परीक्षा गर्न लागेका हौं ।

अधिकार प्राप्ति नभएसम्म आन्दोलन अन्त्य हुँदैन : राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी

परिमार्जन सहितको संशोधन गरेर मधेश, आदिवासी, जनजाति, मुस्लिम, थारूहरूको जुन माग छ त्यो सम्बोधन नभएसम्म, जनसंख्याको आधारमा गाउँपालिकाको रचना नभएसम्म कुनै प्रकारको निर्वाचन हुन सक्दैन । त्यो निर्वाचनमा मधेशी मोर्चा सहभागी हुँदैन र निर्वाचन हुन नदिने मधेशी मोर्चाको निर्णय भएको छ ।

नेपाल र भारतबीच घनिष्ट सम्बन्ध छ : कृष्णकुमार गुप्ता, नेता, नयाँ शक्ति पार्टी नेपाल

केही नेताहरूको भारतलाई हेर्ने गलत दृष्टिकोणका कारण समस्या हुने गरेको छ । जेमा पनि भारतप्रति शंका गर्ने प्रवृत्ति नेपालमा देखिन्छ । यस्तो प्रवृत्तिका कारण बेलाबेला दुई देशबीचको सम्बन्धमा चिसोपना आउने गरेको छ ।

संशोधन र निर्वाचन प्रक्रिया सँगसँगै अगाडि बढाउनुपर्छ : लीलामणि पोखरेल, नेता, नेकपा माओवादी केन्द्र

मधेशी मोर्चाले चुनावमा सहभागी नहुने भनेर निष्कर्ष निकाल्नु पनि उपयुक्त नहोला । अहिले आन्दोलनभन्दा संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउनेतर्फ ध्यान दिनुपर्छ ।

मधेशी मोर्चाको आलोचना भनेको मधेशी जनताको आलोचना होइन : शंकर पोखरेल, नेता, नेकपा एमाले

मधेशी मोर्चाको आलोचना गर्नु भनेको मधेशी जनताको आलोचना गर्नु होईन । मैले मधेशी मोर्चाको पक्षमा उभिएर कालो दिवस मनाउनु हुँदैन भनेको हुँ तर त्यो विचारलाई बुझाउन नसक्नु मेरो कमजोर पक्ष हो । मधेशी मोर्चाका मित्रहरूले गलत ढंगबाट व्याख्या गरिदिनुभयो त्यसपछि भ्रम सिर्जना भयो । जुन विषयले भ्रम सिर्जना गर्छ त्यसलाई राखिराख्न ठिक लागेन त्यसैले मैले हटाईदिए । मेरो मधेशी जनताप्रति सम्मान भाव छ र म सधैं मधेशी जनतालाई सम्मान गर्छु ।

क्रियाशील सदस्यहरूलाई पाखा लगाइयो : ज्ञानेन्द्रकुमार यादव, अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल, धनुषा (असन्तुष्ट पक्ष)

विवाद मिलाउन तत्कालीन जिल्ला अध्यक्ष शेषनारायण यादव र मलाई केन्द्रबाट जिम्मा दिइएको थियो । तर, कन्जरभेटिभ सोचका कारण त्यो विवाद मिल्न सकेन । त्यसकारण स्वाभिमानको राजनीति, अधिकारको राजनीति र आफूलाई समाजवाद भन्ने व्यक्तिले आफैंभित्र त्यो कुरा अवलम्वन गर्न सकेनन् भने राजनीतिको अर्थ नै भएन । त्यसकारण हामीले अधिवेशन गर्नुप¥यो । हामीलाई माइन्युट पनि हेर्न दिइएन । त्यसपछि विवाद श्रृजना भयो । त्यसपछि हामीले ढल्केबाट आएर धनुषा साइन्स क्याम्पसमा अधिवेशन ग¥यौं ।

संविधान संशोधनपछि मात्र चुनाव गराउनुपर्छ : मणि थापा, नेता, नेकपा माओवादी केन्द्र

संविधान संशोधन गर्नुपर्ने कुरामा सरकार र नेकपा माओवादी केन्द्र प्रष्ट छ । संशोधनपछि मात्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने कुरामा पनि हामी प्रष्ट छौं । तर, यो सरकारमा नेपालको ठूलो दल नेपाली कांग्रेस पनि छ । मलाई लाग्छ, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचमा केही तालमेल मिलिरहेको छैन ।

राजनीतिक नेतृत्वहरूमा स्वच्छ चरित्रको अभाव छ : श्रीहरि अर्याल , अध्यक्ष, ट्रान्सपरेसी इन्टनेशनल नेपाल

सबैभन्दा ठूलो भ्रष्टाचार भनेको नीतिगत भ्रष्टाचार हो । त्यसलाई निराकरण गर्न पनि गाह्रो हुन्छ । राजनीतिक नेतृत्वहरूमा स्वच्छ चरित्र नभएको कारणले नै नेपालमा भ्रष्टाचार नियन्त्रण गर्नु एउटा जटिल समस्या भएको छ ।

एमालेको विरूद्धमा सशक्त आन्दोलन गर्नुपर्छ : अमनलाल मोदी , नेता, नेकपा (माओवादी केन्द्र)

नेकपा एमालेको विरूद्धमा तराईमा सशक्त आन्दोलन गर्नुपर्छ । किनकी एमाले नश्लवादी पार्टी हो । संविधान संशोधन सहितको चुनावको घोषणा गर्नु अहिलेको समस्याको एक मात्र समाधान हो । पछिल्लो समयमा खोक्रो राष्ट्रवादको नारा दिएर नेकपा एमालेले छिमेकी मुलुकहरूसँग सम्बन्ध बिगार्ने काम गरिरहेको छ । राष्ट्रवादको नाममा त्यसले भविष्यमा धेरै असर गर्नेवाला छ ।

शिक्षा ऐन परिमार्जनको विकल्प छैन : सुदीपप्रसाद जोशी , वरिष्ठ उपाध्यक्ष, अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समिति

२०६३ पुष १४ को संशोधनले सम्पूर्ण अस्थायी शिक्षकलाई पहिला प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने त्यसपछि अनुत्तिर्ण भएकालाई मात्रै सुविधा पाउने भन्ने व्यवस्था गरिएको थियो । तर, अहिलेको संशोधनले अस्थायी शिक्षकलाई विज्ञापन लड्नुपर्ने कि सुविधा रोज्नुपर्ने व्यवस्था गरेको छ । यदि विज्ञापनमा भाग लिएर असफल भएमा जतिसुकै वर्ष सेवा गरे पनि सुविधा नपाउने गरी संशोधन गरिएको छ । हो, यस्तो व्यवस्थाप्रति हाम्रो आपत्ति छ ।

नेपाल र भारतबीचको सम्बन्ध अनुपम छ : राधा कायस्थ, उपाध्यक्ष (नेपाल–भारत महिला मैत्री समाज)

नेपाल र भारतबीच विश्वकै अनुपम सम्बन्ध छ । नेपाल र भारतबीच रगतको नाता छ । खुला सिमाना हामी नेपाली र भारतीयका लागि पनि राम्रो हो । यो सम्बन्धलाई कायम राख्नुपर्छ । दुवै देशका एकअर्काका आफन्तहरू छन् । गाउँघरतिर नुन र चिनी किन्न पनि भारतमै जाने एक किसिमको परम्परा नै छ ।

मधेशी आयोग संवैधानिक आयोग हुनेछ : सुशील कुमार श्रेष्ठ, सभापति, सामाजिक न्याय तथा मानव अधिकार समिति

यो आयोगलाई शक्तिशाली आयोग बनाउनुपर्दछ र कुनै मधेशी माथि कुनै किसिमको अन्याय प¥यो, उसको मानव अधिकार उल्लंघन भयो भनेदेखि सिधै मधेशी आयोगले त्यसमा हस्तक्षेप गरेर छानबिन गरेर सरकारलाई सिफारिस गर्नुपर्ने र अर्को मधेशी आयोगमा मधेशी मूलकै व्यक्ति बस्नुपर्छ भन्ने सुझावहरू हामीले पाएका छौं ।

मधेशीहरूको बलिदानी खेर गएको छैन : राजलाल यादव – अध्यक्ष , शहीद रमेशकुमार महतो स्मृति प्रतिष्ठान

५३ जनाले शहादत दिएका थिए, तर ४१ जनालाई मात्र शहीद घोषणा गरिएको छ । १२ जनालाई अझै शहीद घोषणा गरिएको छैन । १२ जनालाई शहीद घोषणा गराउन मैले धेरै प्रयास गरे पनि हुन सकेको छैन । त्यतिबेला गृहमन्त्री विजय गच्छदार हुनुहुन्थ्यो । शहीद घोषणका लागि उहाँलाई मैले पटक–पटक आग्रह गरे । तर, उहाँले कुनै सुनुवाइ गर्नुभएन । उहाँले १२ जनालाई शहीद घोषणा गर्नका लागि प्रस्तावसमेत पेश गर्नुभएन ।

कागजमा होइन चरित्रमा संशोधन आवश्यक छ : सुरेन्द्र महतो, वरिष्ठ अधिवक्ता

विभेद हुने नै यसरी हो । पुराना पुराना जमानामा कानुनमा लेखेर विभेद गरिन्थ्यो । आधुनिक जमानामा कानुनमा समानता देखाउने तर व्यवहारमा समानताको अनुभूति हुन नदिने । कानुनमा त स्पष्ट रूपमा समावेशी, समानुपातिक भनिसकेपछि पनि संविधानको कार्यान्वयन गर्न त यहीबाट सुरूवात गर्नुपर्ने हो नि ।

मधेशमा दुई प्रदेश मान्न तयार नहुनेहरू राष्ट्रघाती हुन् : डा.सुबोध कुमार पोखरेल, सांसद्, मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)

मधेशमा दुई प्रदेश मान्न तयार नहुने दलहरू राष्ट्रघाती हुन् । किनकी उनीहरूले यो देशलाई आफ्नै पेवा मात्र भन्न ठानेका छन् । म त एकदम दुई प्रदेशको पक्षमा छु । तर सम्झौता गर्नुपर्ने अवस्थामा शक्ति सन्तुलनको हिसाबले हामी मधेशमा कमजोर छौं । त्यसैले तीन प्रदेशसम्ममा सहमत हन सकिन्छ ।

हरेक समुदायको प्रधिनिधित्व र पहुँचका लागि प्रयास गर्छौं : सुवास खतिवडा – अध्यक्ष, सामुदायिक रेडियो प्रशारक संघ

समुदायको सहभागिता, प्रतिनिधित्व, पहुँच, भाषाभाषीका कुरा, स्थानीय विषयवस्तुको कार्यक्रम प्रशारण गर्नेलगायत कुरा अधिकत्वम रूपमा हामी उठाउँछौं । रेडियो समुदायसँग कत्ति जोडिएको छ, समुदायको प्रतिनिधित्व गर्छ कि गर्दैनलगायत पक्ष पनि यसमा हेरिन्छ ।

दलहरू मधेशको हितमा अगाडि बढ्नुपर्छ : सर्वेन्द्रनाथ शुक्ल - उपाध्यक्ष, तराई–मधेश लोकतान्त्रिक पार्टी

हामी आशा गर्छौं उहाँहरू राष्ट्रिय हित अनुसार राष्ट्रिय चरित्र देखाएर एउटा न्युनतम विन्दुलाई स्वीकार गर्नुहुन्छ । त्यति हामीले एमालेबाट आशा राख्न सक्छौं । किनकी एमालेले पनि मधेशमा भोलि चुनाव लड्नुपर्छ । त्यसैले मधेशको हित विपरीत मधेशको संवेदनशीलता विपरीत एमाले जाँदैन भन्ने लाग्छ ।

मधेशी मोर्चा मुद्दा विसर्जनको बाटोमा छ : मो. रिजवान अन्सारी - अध्यक्ष, नेपाल संघीय समाजवादी पार्टी

मधेशी मोर्चासँग दुई वटा बाटो थियो । एउटा मुद्दा विजर्सन गर्ने बाटो थियो । त्यो भनेको संसद्भित्र जाने, संविधान मान्ने र अगाडि बढ्ने । र, अर्को भनेको आन्दोलनलाई जारी राख्नुपर्ने थियो । बरू आन्दोलनका स्वरूप परिवर्तन गर्न सकिन्थ्यो । संसद् छाडेर जनताको बीचमा आउनुपर्छ भनेर मैले भन्दै आएको छु । यिनीहरू जानेर यो बाटोमा गएका हुन् । सत्ता प्राप्तिका लागि पहिला पनि मधेशी जनतालाई यिनीहरूले धोका दिएकै हुन् ।

अहिलेको संशोधन प्रस्ताव मधेश विरोधी : रामेश्वर फुयाल, सांसद, नेकपा एमाले

हामी अहिले पेश भएको संविधान संशोधनको प्रस्तावलाई पारित हुन दिँदैनौं । संविधान भित्र यी विषयहरू छलफल हुने गरी आउन सक्दैन । किनकी प्रदेश सभा नै बनेको छैन । संविधान संशोधन अहिलेको घोर रूपान्तरित संसदले प्रदेश सभा पनि बनेर गर्नुपर्र्नेे अवस्था छ । सर्वोच्च अदालतमा यो विषय विचाराधीन छ । यो जे संशोधनको प्रस्ताव छ यो वास्तविक मधेश विरोधी छ ।

नेपाल र भारतको जनता–जनताबीचको सम्बन्ध छ : सूर्यकिरण यादव संस्थापक अध्यक्ष, नेप्लिज स्टुडेन्ट एशोसिएसन, दिल्ली विश्वविद्यालय

नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध छ । प्राकृतिक, पारिवारिक, सांस्कृतिक, भाषिकलगायत अनेक किसिमले नेपाल र भारतबीच सम्बन्ध स्थापित गरेको छ । यो कृत्रिम सम्बन्ध होइन ।

हामी जनताको उजुरी पर्खिरहेका छौं – गिरीशचन्द्र लाल – अध्यक्ष, उच्चस्तरीय जाँचबुझ आयोग

गृहमन्त्रालय, मानवअधिकार आयोग तथा अन्य अधिकारवादी संघसंस्थाहरूले पनि प्रतिवेदन तयार गरेको छ । तर हामी के चाहन्छौं भने गृह मन्त्रालय वा अन्य मानवअधिकारवादी संस्थाहरूले गरेको प्रतिवेदनबाट हाम्रो सोचाई सुरू नहोस् । हाम्रो सोचाई पीडित पक्षबाट आएको निवेदनबाट वा जानकारीबाट नै होस् भनेर हामीले जनताको उजुरी पर्खिरहेका छौं ।

ठूला दलले नै संशोधन चाहेका छैनन् – महेन्द्रप्रसाद यादव (अध्यक्ष, तराई मधेश सद्भावना पार्टी)

हामीले के देख्यौं भने नेकपा एमालेले यो मुलुकलाई नै संकटमा पार्न लागेको थियो । एमाले अहिलेसम्म सरकारमा रहेको भए देशमा द्वन्द्व श्रृजना भइसक्थ्यो । त्यसैले अन्धराष्ट्रवादी एमालेलाई हटाउनका लागि कांग्रेस र माओवादीलाई समर्थन गरेका हौं । त्यसैले यो सरकारले हाम्रा मागलाई कार्यान्वयन गराउँछ भन्ने कुरामा धेरै त होइन थोरै आशावादी भयौं । अहिले आएर शंका झन् बढेर गयो । यो सरकारले पनि केही गर्दैन ।

मधेशीहरूलाई गुमाइसकेका छौं, मधेश पनि गुम्न सक्छ : महन्थ ठाकुर– अध्यक्ष, तराई–मधेश लोकतान्त्रिक पार्टी

मधेशीहरूलाई गुमाइसक्नुभएको छ । यदि वर्तमानको अवस्था रहिरह्यो भने कुनै दिन मधेश पनि गुम्नेछ । यदी समस्या समाधान गरिएन भने असन्तुष्टि रहन्छ । त्यो चुनावको समयमा पनि विस्फोट हुनसक्छ, त्यसबेला के गर्ने ?

एमालेको राष्ट्रवादले मुलुकमा विभाजन ल्याउन सक्छ – विजयकान्त कर्ण, पूर्वराजदूत तथा राजनीतिक विश्लेषक

मधेशीले यो देशबाट हामी अलगै हुन पाउँ भन्ने भनेको होइन । मधेशी जनताले पनि बराबरीको अधिकार मागेको हो । रूपन्देहीमा भइरहेको आन्दोलनलाई एमालेले राष्ट्रवादी आन्दोलन भनेको छ तर म यसलाई राष्ट्रघाती आन्दोलन हो भनेको छु । यो राष्ट्र विभाजन गर्ने खेल हो । नेपाली–नेपालीको बीचमा जातीय आधारमा विभाजन ल्याउने आन्दोलनको हो ।

कहीं नभएको जात्रा अहिले एमालेको नेतृत्वमा मञ्चन हुँदैछ – योगेन्द्रराय यादव, केन्द्रीय सदस्य, सद्भावना पार्टी

जनताको मागलाई सम्बोधन नगर भनेर कहीं पनि आन्दोलन भएको इतिहास संसारमा छैन । नेकपा एमाले उत्पीडित समुदायका माग सम्बोधन हुन दिँदैनौं भन्ने सोचका साथ आन्दोलन गरिरहेको छ ।

एमालेले संविधान संशोधनको औचित्य खोज्नु गैरराजनीति : फरमुल्लाह मन्सूर (सांसद्, नेपाली कांग्रेस)

साक्षी एमालेका केपी ओलीजी र माओवादी केन्द्रका प्रचण्ड बस्नुभएको थियो । आज संशोधनको विषय उठ्दाखेरि यो नेपाली जनताको माग नै होइन भनेपछि हामी संविधानसभामा नेपाली जनताको प्रतिनिधिको हैसियतले उपस्थित थियौं कि अमेरिका, युरोप वा अन्य देशका प्रतिनिधि थियौं ? त्यसकारण यो एउटा गैरजिम्मेवार अभिव्यक्ति हो ।

औचित्यका आधारमा संविधान संशोधनमा हामी सकारात्मक छौं – डा. वंशीधर मिश्र संसद्, नेकपा एमाले

मैले स्थानीय जनतासँग बुझ्दा वास्तवमा मधेशमा कत्ति प्रदेश हुने कुरा आम जनताको विषय नै रहेनछ । यस विषयमा आम जनताले कुनै सरोकार राखेका छैनन् । नेताहरूबाहेक कसैलाई पनि यस विषयमा कुनै सरोकार छैन । मधेशीहरू नागरिकता, अधिकारलगायत कुरामा भने संवदनशील छन् । तर, मधेशमा दुई प्रदेश हुनै पर्ने कुरामा आम मधेशीलाई मतलब छैन ।

चार विषयको संशोधनले २६ बुँदेलाई सम्बोधन गर्न सक्दैन : अशोक राई (वरिष्ठ नेता, संघीय समाजवादी फोरम नेपाल)

वास्तवमा भन्ने हो भने प्रधानमन्त्रीले भने जस्तो संशोधन प्रस्ताव लेख्ने काम नै भएको छैन । उहाँले प्रमुख प्रतिपक्षीको सहमति लिन खोज्नुभएको छ । तर, उहाँले कुन कुन विषयमा सहमति लिन खोज्नुभएको छ भन्ने कुरा अहिलेसम्म बताइएको छैन । हुनुपर्ने के थियो भने सहमतिमा हस्ताक्षर गर्ने तीन पक्षबीच सहमतिको बिन्दु खोज्नुपर्ने हो । तर, त्यसो भएको छैन । सत्ता पक्षको रणनीति के हो,

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com