Editorial

आगलागीपीडितप्रति उदासीनता किन ?

आगलागीका कारण पीडित परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति र दीर्घकालीन आवासको व्यवस्था गरी राज्यविहीनताको अवस्थालाई हटाउनु पहिलो प्राथमिकता हो ।

मधेश समस्यालाई सम्बोधन गर

मधेशबाट सबभन्दा बढी मत ल्याएका कांग्रेस, एमाले र माओवादीले मधेशको सवालमा मौन बस्ने प्रवृत्तिका कारण मधेशी र राज्यबीचको दूरी बढ्न थालेको छ । मधेशको भावना प्रतिनिधित्व मधेशी मोर्चाले गर्दैछ भने मधेशको जनाधारको प्रतिनिधित्व ठूला दलहरूले गरिरहेको प्रष्टै देखिन्छ ।

रंगभेदमुक्त ‘नेपाल’ बनाऊ

समानतामा आधारित मुलुकको संरचना, सम्मानसहितको प्रतिनिधित्व, सहकार्यतासहित विकास र अपनत्वसहितको साझा नेपाल निर्माण गर्नुको विकल्प छैन ।

{विशेष सम्पादकीय} प्रेस काउन्सिलले निगरानी बढाओस्

मधेशीलाई अपमानित गर्दा मौन र विभेदका विरूद्ध बोल्दा पहाडेलाई लक्षित गरी बोल्यो भनी आक्रामक हुन जरूरी छैन । काउन्सिलको भूमिका, साझापना र स्वीकार्यताका विषयमा गम्भीर हुन र निगरानीमा समानता राख्न जरूरी छ ।

दायित्वको आन्दोलन गरौं

नेपालको एउटा भागमा अशान्ति, हत्या, घृणा र रंगभेद कायम राखेर संविधानको सर्वस्वीकारोक्ति गणतन्त्रको सफलता वा विकासको परिकल्पना गर्नु मुर्खता मात्र हो ।

जातीय हिंसा बन्द गर

मधेशमा मानव अधिकारको चरम उल्लंघन हुँदा पहाडे मानव अधिकारकर्मीहरू मौन बसिरहेका छन् । एउटा सामान्य विज्ञप्ति जारी गरी आफ्नो दायित्व पूरा गरेको मात्र हुन् । जसरी सप्तरीमा नरसंहार गरियो यसबारे खासै चाँसो विषय बन्न सकेको छैन । आन्दोलनको अगुवाई गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको धारसमेत प्रष्ट देखिँदैन । मोर्चा पक्ष हो कि आन्दोलक भन्ने प्रष्टिएको छैन । सरकारलाई समर्थन गरेर पनि आफू मागहरू अहिलेसम्म सम्बोधन हुन नसक्नु र पुनः सत्तापक्षकै भूमिका निर्वाह गर्ने व्यवहारले मोर्चामाथि मधेशमा अविश्वास बढदै गरएको छ ।

आत्मसमर्पणको जिम्मा मधेशीलाई मात्रै ?

मधेशीहरू राजनीतिक रूपमा चेतनशील भइसकेको कुरालाई राज्यले आत्मसात गर्न आवश्यक छ । अबका मधेशी युवापीढिले आत्मसमर्पण गर्दैन र विद्रोह गर्छन्, जुन पछिल्ला विद्रोहभन्दा भयानक हुनेछ ।

सरकारको जिम्मेवारी र बुद्धिजीबीको खबरदारी होस्

मधेशी मोर्चा स्वेच्छाचारी वा चुनाव विरोधी पटक्कै होइन । स–सम्मान चुनावमा भाग लिन मात्र खोजेका हुन् । आफ्ना मधेशी जनतासँग गरेका वाचा र भविष्यप्रति सचेत रहेका कारण संशोधन खोज्या हुन् । संशोधन बिना निर्वाचनमा गइयो भने मुलुक चीर कालसम्म साम्प्रदायिक हिंसाको चपेटामा पर्न सक्ने पूर्वाभासका कारण मोर्चाले संशोधन खोज्या छ ।

प्रेस काउन्सिललाई बदनाम नगराऊ

प्रेस काउन्सिलको संरचना, कार्यशैली, परिणाम र असर मधेश विरोधी तथा नश्लीय रहेको कुरा मधेशी मोर्चाले प्रेस विज्ञप्तिमार्फत् नै सार्वजनिक गरी सक्दा पनि सुधार नहुनुले पनि काउन्सिल साम्प्रदायिक सोच भएका विखण्डनकारीहरूको कब्जामा छ भन्ने कुरातर्फ संकेत गर्छ ।

संशोधन गर, निर्वाचनमा जाऊ

संविधान कानूनी दस्तावेज मात्रै नभएर सामाजिक स्वीकार्यताको विषय पनि हो । नागरिकले अपनत्व बोध नगरेको दस्तावेज कानूनीरूपमा जतिसुकै राम्रो भएपनि दीर्घजीबी हुनसक्दैन । संशोधनमा खोजिएका कुराहरूले मुलुकको अखण्डता, राष्ट्रियता र एकतामा असर पु¥याउँदैन भन्ने कुरा सबैलाई ज्ञात नै छ ।

मधेशमा भयको राजनीति

रंगभेद र अखण्डता सँगसँगै अघि बढ्दैन भन्ने कुरा राज्य सञ्चालकहरू किन बुझ्न चाहिरहेका छैनन् ? जनता मारेर समस्याको समाधान हुँदैन । समुदायको आधारमा सोच बनाउने र समुदायकै आधारमा सम्मानका दण्ड दिने काम अनुचित हो ।

मित्रराष्ट्र भारतलाई शुभकामना

चीनको उदयपछि विश्वमा उदीयमान अर्थशक्तिको रूपमा भारतलाई प्रक्षेपण गरिएको छ । चीनको अर्थतन्त्रमा देखिएको आर्थिक बृद्धिको सुस्तताले विश्वजमातलाई चिन्तित तुल्याइरहेको बेला भारतको उदाउँदो अर्थतन्त्रप्रति विश्वास बढ्दै गएको छ ।

न्यायिक निकायमा बदनियत रोक्ने उपाय खोजौं

सरकार आफैले बनाएको कानुनको पालना गर्दैन र अरूबाट पालना हुनुपर्ने सोच्छ भने २१औं शताब्दीमा लोकतन्त्र गणतन्त्रमा हुर्किदै आएका जनता त्यस अनुरूप गर्छ भन्नु यथार्थ बोध नगरेको ठहर्छ ।

संशोधन गर, निर्वाचनमा जाऊ

यसर्थ संशोधन प्रस्ताव राष्ट्रघाती भयो भनेर भन्नु भन्दा आमजनतालाई संविधानमा अपनत्व र गौरवको बोध गराउन उदारता देखाउन जरूरी छ । यसले देशभक्ति सबैमा पैदा गराउँछ ।

सर्वोच्चको मानमर्दन नगर

संविधानलाई सहमतिमा कार्यान्वयन गराउनका लागि सर्वोच्चले दिएको आदेश सबै मान्नुपर्छ । मुलुकलाई दिन दिन संविधान संशोधन आवश्यक रहेको आशय सर्वोच्चको पनि रहेकोले नेकपा एमालेले आफ्नो हठ त्यागी मुलुकलाई निकास दिनुपर्छ ।

सहमतिको राजनीतिक भाषा बुझ

भाषाको परिभाषा एकले अर्कोलाई बुझाउने संकेतहरूको समुच्च्य हो भन्दा फरक नपर्ला जस्तो छ । आखिर अक्षरहरू संकेत न हुन । हरेक भाषामा संकेतहरूको प्रयोग हुन्छ ।

शासकीय अहंकार हटाऊ

एमालेको राष्ट्रवादको हावा अरूले ती दल भित्रकै नेताहरूले खुस्काइ दिएका छन् । एमालेका नेताहरू योगेश भट्टराई, घनश्याम भुसाल र नारायण ढकाललगायतले राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध नामक शीर्षकको पुस्तिका निकालेका थिए ।

शीतलहरको कहरबाट जोगाऊ

जीउधनको सुरक्षाको जिम्मेवारी लिएको सरकार र तिनका निकायको बेवास्ताले हुने अकाल मृत्यु वास्तवमा मृत्यु हुँदैन त्यो हत्या हुन्छ । यसलाई सरकारले बेवास्ता गरेकै कारण तराई मधेशमा सयौं मधेशीले हत्या वरण गर्न बाध्य छन् ।

संशोधनको पक्षमा सक्रिय होऊ

सबै कुरा पाउन खोज्दा केही पनि नपाइएला भन्ने सामान्य ज्ञान राखेर नेतृत्व अघि बढ्न जरूरी छ । अहिलेको अवस्थामा मधेशको सवालमा एमालेले गर्दै आएको घातलाई जनताको माझमा लाने र मधेशबाट प्रतिनिधित्व गर्ने एमालेका नेताहरूलाई मधेशको सवालमा प्रष्ट्याउने काम पनि सँगसँगै थालिनुपर्दछ ।

रंगभेदमुक्त नेपाल निर्माण गर

मधेश चाहिने तर मधेशी नचाहिने विचारलाई अन्तरमनमा राखेर सांकेतिक वा अर्थहीन उपस्थिति राख्दै साझापनको नारा लगाउनेहरू मूलरूपमा देशद्रोहीहरू हुन् । रंगभेद र अखण्डता सँगसँगै जान सक्दैन भन्ने कुराको जानकारी राखेर भएपनि आफ्नो संगठन, सरकार, सञ्चारमाध्यम, बौद्धिक समूह र नागरिक समाज लगायत जस्ता अधिकारवादी मञ्चहरूलाई एकल नश्लीय वर्चस्वमा संचालन गरिराख्नु पीडाको विषय हो ।

संविधान कार्यान्वयनका चुनौती [सम्पादकीय]

संक्रमणकालमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई एउटा बिन्दूमा टेकाएर अगाडि बढाउनु पर्ने आवश्यकता आम मानिसको बुझाइ हो । देशभित्रका आफ्ना भीर पाखा र खेतबारी बाँझो राखेर अरूको खेतबारी हरियो बनाउन रोजगारी अवसरको खोजीमा दैनिक हजारौं विदेशिने क्रम रोकिएको छैन ।

छठको भाखा होइन सबैको संविधान बनाऔं

छठको भाखा कटाउनु भन्दा पनि संशोधन सुनिश्चित गरी देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता सत्तामा साझेदारी गर्ने दल र प्रतिपक्ष दुबैको बोध जरूरी छ ।

अवसरको सदुपयोग गरौं

भारत उदीयमान शक्तिको लहरमा अग्रगतिमा बढिरहेकोले नेपालका लागि उसको सहयोग महत्वपूर्ण हुन्छ । त्यसैले नेतृत्वको ध्यान यसमा जानु आजको कार्यभार हो ।

मुद्दाकेन्द्रित होऊ

अहिले लोकमान प्रकरणले गर्दा संशोधन प्रक्रिया ओझेलमा पर्दै गइरहेकोले मधेशकेन्द्रित दलहरू त्यसप्रति गम्भीर हुनुपर्ने आवश्यकता देखिएको छ । मधेशकेन्द्रित दलका लागि लोकमान प्रकरण चासोको विषय होइन । त्यसैले, यस विषयमा अनावश्यक टिकाटिप्पणी गरिरहनु मधेशको हितमा छैन ।

धैर्य गुम्न नदिऊँ

मधेशीहरू नेपालमा बस्न चाहन्छन् । मंसुरको अभिव्यक्तिले आम मधेशीहरूको धैर्यको सीमा समाप्त हुने विन्दुतिर गइरहेको छ ।

शक्ति–समृद्धि–बुद्धिदायिनी देवीले सुबुद्धि दिऊन्

यो दशैंको विदामा नेताहरूले आग्रह पूर्वाग्रह छाडेर समस्याको समाधान गर्न मधेशीहरूलाई वास्तविक नेपाली राष्ट्रियताको मूलधारमा समावेशी समानुपातिक सिद्धान्तका आधारमा समावेश गर्ने जुक्ति झिक्नुपर्छ ।

देशलाई निकास देऊ

सत्तापक्ष र प्रतिपक्ष दुबैको सहयोगबाट संविधान संशोधन सम्भव छ । यो सत्तामा मधेशी आदिवासी जनजातिलगायतका पहिचानहीनहरूको अधिकारलाई सुनिश्चित गराउँछ । यो एक अवसर हो ।

संविधान संशोधन गर

पृथकतावादी आन्दोलन मधेशमा चर्किएर गएमा सरकारलाई मधेशी भुट्न बाटो खोल्न सजिलो हुने र सारा मधेशमा सेनाको व्यारेक खडा गरे दीर्घकालीन दोहन गरी विदेशमा स्वर्ग खडा गरेपछि नेपाललाई ध्वस्त बनाउने गन्तव्य तर्फ धकेलिरहेका एमालेका नेताहरूको कुत्सित बुझाइ सबैले समयमा बुझ्नु जरूरी छ ।

पात्रहरूका निमित्त

मधेशी मोर्चाको द्वैध चरित्र र वर्तमान संविधानबाट समानता र समन्यायको अनुभूति दिलाउन नसकेका पात्रहरूका निमित्त...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com