जनकपुरधाम उपमहानगरका दुईजना कर्मचारीलाई कोरोना संक्रमण

समाचार

       

जनकपुरधाम, २१ साउन । जनकपुरधाम उप–महानगरपालिकाका २ जना कर्मचारी कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा आएपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पीसीआर परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उपमहानगरका जनस्वास्थ्य अधिकृत उमेश रायले बताए । संक्रमित उपमहानगरको पर्यटन शाखा र प्रशासन शाखामा कार्यरत रहेका छन् ।

उपमहानगरका दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक दुई दिनभित्र सबै कर्मचारीको स्वाब संकलन गरी पीसीआर परिक्षण हुने रायले जानकारी दिए ।

तपाईको प्रतिक्रिया