रामसँग नेपालको सम्बन्ध जोडिएको छ : भारतीय प्रम मोदी

समाचार

       

काठमाडौं, २१ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर शिलान्यासको क्रममा नेपालको प्रसंग पनि जोडेका छन् ।

मन्दिर शिलान्यासको क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मादीले रामसँग नेपालको सम्बन्ध जोडिएको बताए । उनले भने, ‘जानकी माता (सिता)को माध्यमबाट राम नेपालसँग जोडिएका हुन् ।’

मोदीले पौराणिक पात्र भगवान् रामसँग नेपालको आत्मीय सम्बन्ध जोडिएको उल्लेख गरे । उनले भने, ‘श्रीलंकामा रामायणको कथा जानकी हरणको नामले सुनिने गरेको छ । नेपालको त रामसँग आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको छ ।’

उनले विश्वका कैयौं देशको आस्थामा कुनै न कुनै रुपमा भगवान् राम बसेको जिकिर गरे ।

‘दुनियाँका कैयौं देश छन् जहाँको आस्थामा या अतितमा राम कुनै न कुनै रुपमा रचेर बसेका छन्,’ प्रधानमन्त्री मोदीले भने । मोलीले अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजन तथा शिलान्यास गरेका हुन् ।

तपाईको प्रतिक्रिया