पर्सामा १ सय १६ र बाराका १७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार

       

वीरगञ्ज, २१ साउन । पर्सा र बारामा गरी थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ११६ र बाराका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन कुमार उपाध्यायले जनाकारी दिए ।

१ सय ३३ जनामध्ये कोरोनाले मृत्यु भएकी पर्साकी युवती पनि रहेकी छिन् । संक्रमितहरुमा ५ वर्षको बालकदेखि ७४ वर्षका वृद्धसम्म रहेका छन् ।

संक्रमण देखिनेहरुमा वीरगन्ज महानगरका कर्मचारी, कारागार, नेपाल प्रहरी, सशस्त्र प्रहरीका ३ जना जवान, नेपाली सेनाका ३ जना, वीरगन्जका विभिन्न टोलका स्थानीयहरु लगायत रहेको छन् । बारामा संक्रमितको सम्पर्कमा आएका १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो समय पर्सामा देखिएकोमध्ये यो सबैभन्दा बढी संख्यामा देखिएको कोरोना संक्रमण हो । संक्रमण बढ्दै गएपछि पर्सा जिल्लाभरिमा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ ।

तपाईको प्रतिक्रिया