राजा जनकको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका महन्थ अयोध्यामा

समाचार

       

जनकपुर, २१ साउन । भारतको अयोध्यामा राम मन्दिरको भूमि पूजनमा सहभागी हुन जानकी मन्दिरका महन्थ अयोध्या गएका छन् ।

आयोध्यावाट जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ राम तपेश्वर दासलाई निमन्त्रणा आएपछि राजा जनकको प्रतिनिधित्व गर्दै अयोध्या गएका हुन् ।

जनकपुरधामबाट पाँच वटा चाँदीको इँटा र जनकपुरको माटोसहित जानकी मन्दिरका महन्थ मंगलबार अयोध्या प्रस्थान गरेका हुन् ।

उनले एक किलोका दरले पाँचवटा चाँदीको इटा त्यसमा जय श्रीराम लेखिएको र जनकपुरधामको माटासहित भारतीय प्रधानमन्त्री मोदी र उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका लागि सम्मानपत्र लिएर गएका छन् ।

भारतको उत्तर प्रदेश राज्यमा सरायू नदीको किनारामा रहेको बहुप्रतिक्षित श्री राम मन्दिर निर्माणको लागि भूमि पूजनका लागि जनकपुरबाट समेत माटो पठाउन अयोध्याबाट पत्र (निवेदन) आएपछि जानकी मन्दिरका महन्थ दास माटो र ईटा लिएर अयोध्याको लागि प्रस्थान गरेका हुन् ।

विश्व हिन्दू परिषदले समेत जानकी मन्दिरका महन्थलाई अयोध्याको राम मन्दिर भूमि पूजनमा सहभागी हुन आमन्त्रण गरेपछि महन्थ दास आफ्ना पाँच जनाको टोली सहित अयोध्या प्रस्थान गरेका छन् ।

तपाईको प्रतिक्रिया