रौतहट जिल्ला २४ गतेदेखि निषेधाज्ञा हुने

समाचार

रुपेन्द्र पटेल

       

रौतहट, २१ साउन । रौतहटमा पनि निषेधाज्ञा हुने भएको छ । रौतहटमा पनि समुदायमा संक्रमण फैलिने त्रास भएकाले जिल्लालाई नै निषेधाज्ञा गर्ने निर्णय गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार रौतहट जिल्ला २४ गतेदेखि ३२ गतेसम्म पूर्णरूपमा सटडाउन गरिने भएको छ ।

पछिल्लो समयमा रौतहटमा पनि समुदायमा संक्रमण देखिरहेको अवस्था छ उनले भने, मानिसहरूको आवतजावत हुनाले संक्रमण हुने जोखिम बढेकाले यो निर्णय गरिएको हो ।

हाललाई ३२ गतेसम्ममा सटडाउन गरिने निर्णय भएपनि त्यसपछि के गर्नेभन्ने बारे त्यसपछि निर्णय गरिने उहाँले बताए । यो सटडाउन अवधिमा जिल्लाका सरकारी कार्यालय, पसल, बजार, यातायात लगायत सम्पूर्ण पूर्णरूपमा बन्द रहने उनले बताए ।

तपाईको प्रतिक्रिया