प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई पनि कोरोना

समाचार

       

जनकपुरधाम, २२ साउन । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।

मन्त्री यादवले पनि पीसीआर टेष्ट गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको मन्त्रीनिकट स्रोतले जनाएको छ । मन्त्री यादव दिनरात कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा खट्दै आएका थिए ।

मन्त्री यादवको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । प्रदेश २ मा कोरोना भाइरस समुदायस्तरमा तीव्रगतिमा फैलिरहेको छ ।

मन्त्री यादवको कन्ट्याक्ट हिज्ट्रीसमेत पत्ता लागेको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, आफ्नो पार्टी जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु लगायत सुरक्षा निकायका प्रमुखहरुसँग पनि भेटघाट गरेको खुलेको छ ।

तपाईको प्रतिक्रिया