प्रसिद्ध भारतीय गायक एसपी बालासुब्रमण्यमको निधन

विश्व

       

मुम्बई । कोरोना भाइरससँग जुधिरहेका भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा निधन भएको छ । कोरोनासँग लामो समय जुधिरहेका उनले अन्त्यमा योसँग हारेका छन् ।

कोरोनासँग लामो समय जुधिरहेका उनलाई चेन्नईको एक निजी अस्पतालमा भर्ना गरिएको थियो । ५ अगस्टमा उनको कोरोना पोजिटिभ आए पनि १३ सेप्टेम्बरमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर पछि लाइफ सपोर्टमा राखिएसँगै उनको देहान्त भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बालाले बलिउडमा सलमान खानका धेरै फिल्ममा गीतहरु गाएका छन् । करिब एक दशकसम्म उनले सलमान खानका एकसे एक गीत गाए। ‘मैने प्यार किया’को ‘दिल दीवाना’को लागि उनलाई फिल्मफेयर बेस्ट मेल प्लेब्याक सिंगरको अवार्ड दिइएको थियो ।

त्यस्तै हम आपके है कौनमा लता मंगेशकरसँग ‘दिदी तेरा देवर दीवाना’ गीत गाएर उनी सबैको मनमा बस्न सफल भएका थिए । बाला बालासुब्रमण्यमको जन्म सन् १९४६, जुन ४ मा नेल्लौर, आन्ध्रप्रदेशमा भएको थियो ।

१५ डिसेम्बर सन् १९६६ मा उनले प्लेब्याक सिंगरका रुपमा तेलुगु फिल्म ‘श्री श्री श्री मर्यादा रामन्ना’बाट गायनमा डेब्यू गरेका थिए ।

तपाईको प्रतिक्रिया