पाकिस्तानमा शिखमाथिको अत्याचारको विरोधमा दिल्लीमा प्रदर्शन

विश्व

       

नयाँदिल्ली । शिरोमणि अकाली दल (एसएडी) ले पाकिस्तानमा अल्पसंख्यक शिख समुदायका सदस्यहरूमाथि भएको अत्याचारविरुद्ध भारतको राजधानी नयाँ दिल्लीको किशोर मुर्ति क्षेत्रमा बृहत विरोध प्रदर्शन गरेको छ ।

पाकिस्तानविरुद्ध नारा लेखिएका प्लाकार्ड सहित उनीहरुले नाराबाजी गरेका थिए ।

आन्दोलनकारीहरूले बोकेका प्लेकार्डमा लेखिएको छ, “पाकिस्तानमा शिख छोरीबहिनीहरूको सुरक्षा सुनिश्चित गर्ने र पाकिस्तानमा उत्पीडन रोक्नुहोस् ।’

अर्का महिला प्रदर्शनकारीले शुक्रवार सबैले पाकिस्तानी अत्याचारको विरोधमा सडकमा उत्रिनु भनेको विश्वकार शिख समुदायमा पाकिस्तानविरुद्धको एकताको प्रतीक हो ।

यसअघि सोमबार दिल्लीमा शिख समुदायका सदस्यहरूले पाकिस्तानमा पञ्जाबबाट एक किशोरीको अपहरण र उनको जबरजस्ती इस्लाम धर्म परिवर्तन गरेकोमा पाकिस्तान हाईकमान्ड बाहिर प्रदर्शन गरिएको थियो ।

प्रदर्शनकारीहरूले पाकमा अपहरण पारेकी छोरीहरुलाई न्यायको माग गर्दै पाकिस्तानमा शिखहरूको धार्मिक उत्पीडन रोक्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया