भारत र जापानका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

विश्व

       

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे सुगाबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो ।

सो विज्ञप्तिका अनुसार उनीहरुबीच शुक्रबार फोनवार्ता भएको थियो । त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई बधाई दिएका थिए ।

सुगा जापानको प्रधानमन्त्रीमा हालैमात्र निर्वाचित भएका थिए। प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई कार्यकालको सफलताको कामना गरेर बधाई ज्ञापन गरेको सो विज्ञिप्तमा जनाइएको छ ।

साथै भारत र जापानबीचको विगत लामो समयदेखिको सम्बन्ध उनको कार्यकालमा थप सुदृढ हुने धारणा प्रधानमन्त्री मोदीले राखेको पनि सो विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री सुगाको कार्यकालमा आगामी दिनमा भारत र जापान आर्थिक तथा अरु पनि धेरै क्षेत्रमा साझेदारी गरेर अघि बढ्ने विषयमा सो फोनमा कुराकानी भएको थियो ।

त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई अहिलेको कोभिड १९ को महामारी कम भएपछि भारतको भ्रमणका लागि आमन्त्रण पनि गरेको बताइएको छ ।

त्यस फोनवार्तामा उहाँहरुबीच कोभिड १९ ले पारेको असरका बारेमा छलफल गर्दै यसको नियन्त्रण र रोकथामका लागि गरिएका कार्यहरुका बारेमा पनि आपसी अनुभव आदानप्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया