भारतले पहिले गोली चलाउँछ भन्ने चीनलाई त्रास

विश्व

       

काठमाडौं । भारत र चीनबीच सीमा विवाद कम गर्ने विषयमा सैन्य र कूटनीतिक स्तरमा विभिन्न प्रयास भइरहेका छन् ।

तर दुई देशका संचारमाध्यमले भने तनावपूर्ण खबरहरु सार्वजनिक गरिरहेका छन् । यसबीचमा चिनियाँ सरकारको मुखपत्रको रुपमा रहेको सरकारी पत्रिका ग्लोबल टाइम्सले एक रिपोर्ट सार्वजनिक गर्दै सीमानामा भारतीय पक्षले पहिले गोली चलाउनसक्ने बताएको छ ।

भारतीय पक्षले गोली चलाए त्यसले असहनीय परिणामहरु निम्त्याउनसक्ने पत्रिकामा बताइएको छ ।

भारतीय संचारमाध्यममा हालै भारतीय पक्षले सीमामा सेनाहरु बढाएर तैनाथ गरेको खबरहरु सार्वजनिक गरेका थिए । चिनियाँ सेनाले सीमामा उत्तेजित गतिविधि संचालन गरे भारतीय सेनाले गोलीबाट जवाफ फर्काउन आदेश पाइसकेको समाचारहरुमा बताइएको थियो ।

भारतीय सेनालाई गोली चलाउन अनुमति दिनाले तनाव झनै बढ्ने र भारतका लागि यसले खतरनाक परिणाम निम्त्याउने ग्लोबल टाइम्समा बताइएको छ ।

ग्लोबल टाइम्समा लेखिएको छ,‘दुवै देशबीच सैन्य कमाण्डरस्तरीय वार्ताहरु भइरहेका छन् । दुवै सेनाले विवादित क्षेत्रमा थप सेना नबढाउने सम्झौता गरेका छन् । तर भारत आफ्नो वादा र इमानदारीता पछ्याइरहेको छैन जसले तनाव झनै बढाउँदै गएको छ ।’

उक्त पत्रिकामा चीनले भारतको रणनीतिलाई बुझेर सतर्क हुनुपर्ने र आगामी दिनमा हुनसक्ने सम्भावित टकरावको लागि तयार हुनुपर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया