चीनले हजारौँ मानिसहरुलाई दियो अप्रमाणित खोप

विश्व

       

काठमाडौं । कोरोना भाइरसविरुद्ध अहिलेसम्म सुरक्षित र प्रभावकारी खोप पत्ता लागेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिले ४० भन्दा बढी सम्भावित खोपहरु मानवीय परीक्षणको विभिन्न चरणमा छन् ।

खोप बनाउने होडमा विश्वभरका वैज्ञानिक तथा सरकारहरु लागि परेका छन् । विश्वलाई नै ठप्प प्रायः बनाएको कोरोना भाइरस महामारीको एक मात्र अचुक उपायका रुपमा खोपलाई लिइएको छ र वैज्ञानिकहरु सामान्य भन्दा अति तीव्र गतिमा खोप विकासको प्रयासमा छन् ।

यहिबीचमा चीनले अप्रमाणित अर्थात विकासको क्रममै रहेको कोरोना भाइरसविरुद्धको खोप हजारौँ मानिसलाई दिइरहेको खुलेको छ ।

द न्यूर्योक टाइम्समा प्रकाशित भएको खबर अनुसार चीनले अप्रमाणित खोप सरकारको स्वामित्वमा रहेको कम्पनीका कामदार, सरकारी अधिकारी, खोप कम्पनीका कर्मचारीसहितलाई लगाइ सकेको छ ।

यस्तै शिक्षक, सुपरमार्केटका कामदार तथा जोखिमयुक्त क्षेत्रको यात्रामा निस्कनेहरुलाई प्रमाणित नभईसकेको अर्थात विकासको क्रममा रहेको खोप दिने तयारी गरेको छ ।

विश्वले प्रमाणित खोप पाएको छैन, तर यसले चीन सरकारलाई रोकेको छैन। उसले निर्माणको चरणमा रहेको खोप दशौँ हजार मानिसलाई दिइएको छ, जो परम्परागत परीक्षणको प्रक्रिया भन्दा बाहिरका हुन् ।

तपाईको प्रतिक्रिया