पर्सा जिल्लाको स्वास्थ्य अवस्थाप्रति जीपी कोइराला फाउण्डेशनको ध्यानाकर्षण

समाचार

       

वीरगंज, १२ असोज । पर्सा जिल्लाको हाल स्वास्थ्य अवस्था देखेर सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ । पर्सामा अहिले उपचार नपाएर अस्पताल भौतारिनु परेकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जिल्ला प्रशासन कार्यालय पर्साको ध्यानाकर्षण गराएको छ ।

कोरोना महामारीका कारण पर्सामा हजारौं सकंक्रमित छन भने कयांैले ज्यान गुमाएका छन् । साथै पर्सामै ८ जनाभन्दा बढी व्यतिm उपचार नपाएर अस्पतालको गेटमा मृत्यु भएको सर्वविदितै छ ।

उपचार नपाएर मृत्यु भएको कारणले पर्साको स्वास्थ्य अवस्था नराम्रो भएकोले गिरिजा प्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा सचिव धिरज प्रसाद गुप्ताले पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङलाई ज्ञापन पत्र बुझाएका छन् ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा ज्ञापन पत्र बुझाउन गएको समूहले पर्साको कोरोना महामारी तथा पर्सा जिल्लाको स्वास्थ्य क्षेत्रको यथास्थितिबारे पर्साका प्रमुख जिल्ला अधिकारीसँग सल्लाह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साका सहसचिव मिन्टु देवी सिंह, कोषाध्यक्ष मनोहर साह, सदस्य प्रिति सिंह, जंगबहादुर पटेल, सनतोष कुमार गुप्ता, शेख नेजामुदिन, दिनानाथ प्रसाद गुप्ता, पप्पु सिंह, संदिप कुमार केवट, जितेन्द्र ठाकुर, मनजेश कर्ण, पप्पु बैठा, संजय पटेल, सफु शर्मा, अशोक बैठा, कर्ण पटेल, लालबाबु साह लगायतका कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया