बाँकेका एक स्वास्थ्यकर्मीसहित दुई कोरोना संक्रमितको मृत्यु

समाचार

       

नेपालगन्ज, १३ असोज । बाँके जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित दुई जनाको मृतयु भएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको जनाइएको छ ।

कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको पुष्टि गरे । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो ।

तपाईको प्रतिक्रिया