सुनचाँदी व्यवसायी महासंघको प्रदेश २ अध्यक्षमा सर्राफ

समाचार

       

वीरगञ्ज, १३ असोज । सुनचाँदी व्यवसायी महासंघ प्रदेश २ को निर्वाचनबाट अध्यक्षमा शिव कुमार सर्राफ सर्वसम्मतले निर्वाचित भएका छन् । सोमवार सम्पन्न महासंघको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत अधिवक्ता विनय सिंहले शिवकुमार सर्राफलाई प्रदेश नं २ को अध्यक्षमा निर्वाचित भएको जानकारी गराएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ प्रदेश २ को उपसभापतिद्वयमा प्रवेशकुमार सर्राफ, वसन्तकुमार साह, सचिवमा विनोदकुमार भण्डारी, सहसचिवमा अमित गुप्ता, कोषाध्यक्षमा कमलेश साह, सहकोषाध्यक्ष्ँमा भगवान साह, सदस्यहरुमा धनिलाल सोनार, दीपक ठाकुर, भोलाकुमार साह सोनार रहेका छन् ।

तपाईको प्रतिक्रिया