सर्लाहीमा कोरोनाबाट थप एकको मृत्यु

समाचार

       

सर्लाही, १३ असोज । सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । नारायणी क्षेत्रीय अस्पताल वीरगन्जमा उपचाररत बरहथवा नगरपालिका–६ का ७० वर्षीया वृद्धाको मंगलबार बिहान मृत्युभएसँगै कोरोनाबाट जिल्लामा ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएको वृद्धामा सोमबार बिहान कोरोना पुष्टि भएको थियो ।

नेसनल मेडिकल कलेजले स्थापना गरेको अस्थायी कोरोना अस्पतालमा उनको मृत्यु भएको हो । मृतकमा मधुमेहको रोग थियो । शवलाई सरकारले बनाएको मापदण्ड अनुसार बागमती नगरपालिका–११ स्थित बागमती खोलामा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

हालसम्म मलंगवामा दुई, लालबन्दी, हरिपूर्वा, हरिपुर, बरहथबा र चक्रघट्टामा एक–एक गरी कोरोनाबाट ७ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया