नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालबाट ९ जना कोरोनामुक्त

समाचार

       

वीरगन्ज, १४ असोज । नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालबाट दोश्रो पटक कोरोना जितेर पर्सा, बारा र रौतहटका ९ जना कोरोनामुक्त भएका छन् ।

कोरोनामुक्त भएका पर्साका बद«ीराम चमार, लालबाबु चौरसिया, आनन्द गिरि, बिरेन्द« शाह, दोरोपती देवी, जिल्ला बाराका लक्ष्मी देवी, शुभनारायण शाह, रौतहटका सुरेश यादव, दिपेन्द« प्रसाद यादव रहेका छन् ।

असोज ५ गते पि.सि.आर चेकबाट कोरोना पोजिटिव देखिएको थियो । नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा ५ गते भर्ना भएका ४२ जनामा मध्ये एक सातापछि असोज १२ गते ९ जनाको कोरोना नेगेटिभ रिपोर्ट आएपछि अस्थायी कोरोना अस्पताले बिदाई गरेको छ ।

कोरोनामुक्त भएपछि दोश्रो पटक यस अस्थायी कोरोना अस्पतालले बिदाई गरेको अस्पतालका निर्देशक डा. प्रमोद सरार्फ चिकित्सक असरफ अन्सारीले बताएका छन् ।

डिस्चार्ज गर्ने क्रममा अस्थायी कोरोना अस्पतालका व्यवस्थापक आबीद अन्सारी र उनका चिकित्सकहरुद्वारा फुल माला लगाई विदाई गरिएको छ ।

प्रदेश नंं. २ कै सबैभन्दा ठूलो अस्पतालको रुपमा सञ्चालन गरीएको अस्पतालको हाल बेड क्षमता १८० देखि सुरु गरिएको छ । जसमध्ये १६ वटा आई.सी.यु सेवा , १० वटा भेन्टीलेटरलगायतका सेवा रहेका छन् ।

यसपछि चरणबद्ध रुपमा संक्रमितहरुको संख्या अनुसार बेड संख्या पनि बढाउने मेडिकल श्रोतले जनाएको छ । यस कोरोना अस्पतालको बेड संख्या ५०० देखी ७०० सम्म्को बनाउने लक्ष्यरहेको पनि मेडिकल को तथ्याङ्कबाट देखिएको छ ।

अस्पतालमा आउने संक्रमितहरुलाई सम्पूर्ण सेवा निःशुल्क दिने भएकोे अस्पतालका प्रबन्धक निर्देशक बसरुद्दिन अन्सारीले बताए ।

तपाईको प्रतिक्रिया